२०७८ कार्त्तिक ४ गते / 21st Oct 2021, Thursday

मुख्य समाचार

११ र १२ कक्षाः यता न उता ११ र १२ कक्षाः यता न उता

शिक्षा ऐनको आठौं संशोधन पछि कक्षा ११ र १२ को व्यवस्थापन शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रको मातहत्मा आएको एक वर्ष बित्दा पनि अहिले यी दुई तह वेवारिसेमा परेका छन् । शिक्षा बजेट सोझै स्थानीय तहलाई पठाइएको अवस्थामा कक्षा १ देखि १० सम्मका लागि मात्र छुट्याइयो । स्थानीय तहका लागि शिक्षा बजेटको ६० अर्ब छुट्याइएकोमध्ये करिव ५० अर्ब रुपैयाँ त कक्षा १–१० सम्मका शिक्षक–कर्मचारीका तलब–भत्तामा खर्चिने व्यवस्था गरियो । तर, विद्यालय शिक्षा इसिडिदेखि १२ कक्षासम्म भनिएपनि बजेट र कार्यक्र ...

खाली खुट्टा विद्यालय गएर सधैं प्रथम भएँः कुलमान घिसिङ खाली खुट्टा विद्यालय गएर सधैं प्रथम भएँः कुलमान घिसिङ

लोडसेडिङ हटाएर जनताको प्रशंसा बटुल्नुभएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्यार्थीलाई सम्बोधन गर्दै जीवनमा चुनौती स्वीकार्न सके मात्र परिवर्तन सम्भव छ भन्नुभएको छ । सिन्धुपाल्चोकको उत्तर–पश्चिम क्षेत्रबाट कक्षा ११ र १२ पढ्नका निम्ति छात्रवृत्ति प्रदान गर्दै आएको हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसिप (हेल्प)द्वारा राजधानीमा हालै आयोजित समारोहमा प्रमुख अतिथि बन्नुभएका घिसिङले भन्नुभयो, ‘विद्यार्थी भाई–बहिनीहरु ! चुनौतीबाटै आफू र अरुलाई बदल्न सकिन् ...

आयोगको परीक्षा सार्ने- नसार्ने विषयमा,शिक्षामन्त्री र शिक्षक नेताबीच झोंक्काझोंक्की आयोगको परीक्षा सार्ने- नसार्ने विषयमा,शिक्षामन्त्री र शिक्षक नेताबीच झोंक्काझोंक्की

काठमाडौं– गत बिहीबार शिक्षा मन्त्रालयमा शिक्षक परीक्षाबारे छलफल गर्न शिक्षक महासंघको टोली पुगेको थियो । ९ असारमा बुधबारको बैठक बसी अस्थायी शिक्षकसँग भएको सहमति कार्यान्वयनमा दबाब दिन पुगेको महासंघ टोलीले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग आयोगको परीक्षाबारे जिज्ञासा राखेका थिए । शुरुमै शिक्षामन्त्रीले परीक्षा सार्ने तयारी भइरहेको जानकारी गराएपछि शिक्षक महासंघका प्रतिनिधिहरु निकै रिसाए । शुरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा ‘कसका लागि परीक्षा सार्ने ...

प्राविधिक विद्यालयमा ब्याट्री:भिडियोमार्फत् जापानीले सिकाए,विद्यार्थीले बनाएर देखाइदिए प्राविधिक विद्यालयमा ब्याट्री:भिडियोमार्फत् जापानीले सिकाए,विद्यार्थीले बनाएर देखाइदिए

‘कोन्निचिवा !’ भित्तामा प्रोजेक्टरमार्फत् प्रत्यक्ष भिडियोबाट जापानीहरु भन्न थाल्छन् । कक्षामा उपस्थित विद्यार्थीहरु पनि एकै स्वरमा उसैगरी अभिभावदन फर्काउँछन्– ‘कोन्निचिवा !’ विद्यार्थीहरुका स्वरले पूरा हल नै गुञ्जयमान भयो । कोन्निचिवा अर्थात् नेपालीमा ‘दिवा नमस्कार !’ नेपालीमा अनुवाद हुनेबित्तिकै विद्यार्थीहरुले यो शब्द उच्चारण गरेका थिए । त्यसपछि जापानबाट यताका विद्यार्थीलाई आफूसँग भएको एक–एक प्याकेट सामग्री आफ्ना अगाडि राख्न निर्देशन भयो । जुन ...

रुखको फेदमा बसेर पढ्छन विद्यार्थी रुखको फेदमा बसेर पढ्छन विद्यार्थी

रुकुमको मुसिकोट नगरपालिका २ महाकाली माध्यमिक विद्यालयका बालबालिकाहरु विद्यालय नजिकै रहेको रुखको फेदमा बसेर पढ्न बाध्य छन् । असार लागेदेखि विद्यालयले भवनको उचित व्यवस्था नभए सम्मका लागि खुला चउरमा पठनपाठन शुरु गरेको हो । १ देखि १० कक्षा सम्म पढाई हुँदै आएको यस विद्यालयमा पाँच वटा कक्षा कोठामा मात्र अहिले प्रयोगमा ल्याएको छ । बाँकी सबै भूकम्प र विद्यालयको खेल मैदान निमार्ण गर्दा पर्खाल भत्केर भवनमा क्षती भएपछि प्रयोग वीहिन भएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सिता बिकले बताउनुभयो । अहिले आधार ...

अस्थायी शिक्षक–शिक्षा मन्त्रालय सहमति कार्यान्वयन नहुने अस्थायी शिक्षक–शिक्षा मन्त्रालय सहमति कार्यान्वयन नहुने

शिक्षा मन्त्रालयले वार्ता र सहमति गर्नै नपाउने हो त ? अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचभएको सहमति कार्यान्वयन नहुने सम्भावना बढेर गएको छ । कानूनी रुपमा मन्त्रालय सहमति कार्यान्वयन गर्न बाध्य नहुने देखिएको छ । विभिन्न चारबुँदे माग राखी गत २ असारदेखि आमरण अनशन बसेका अस्थायी शिक्षकसँग शिक्षा मन्त्रालयले ९ गते चारबुँदे सहमति गरेको थियो । अस्थायी शिक्षकहरुलाई परीक्षा पछिको सुविधा दिन शिक्षा ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने, कार्यदल बनाएर परीक्षाको पाठ्यक्रम, प्रश्नपत्र, परीक्षा र ग्रिडमा सुधार ...

जिशिका धनुषामा कुटपिट घटनाको मुख्य कारण भ्रष्टाचार जिशिका धनुषामा कुटपिट घटनाको मुख्य कारण भ्रष्टाचार

    - अवैध निजी विद्यालय अनुगमनमा कडाइ गर्दा नासुले कुटे सहायक जिशिअ- निजी विद्यालयलाई नासुले अवैध कागजात दिलाएको सहायक जिशिअको आरोप- जिशिअबाटै अवैध स्कूलबाट व्यक्तिगत रकम लिइरहेको सहायक जिशिअबाट खुलासा- जिल्लान्तर शिक्षक सरुवामा ३ लाख रुपैयाँसम्म लिएको दाबी-लामो समय एउटै कार्यालयमा रहेका कर्मचारीबीच अवैध काममा मिलिभगत तराईमा अहिले लामो समयदेखि अवैध रुपमा सञ्चालन भइरहेका निजी विद्यालयलाई बन्द गर्ने अभियान शुरु भएको छ । सिरहाबाट शुरु भएको अभियान धनुषालगायतका अन्य जिल ...

शिक्षा मन्त्रालयले थाल्यो स्थानीय तहमा कर्मचारी सरुवा शिक्षा मन्त्रालयले थाल्यो स्थानीय तहमा कर्मचारी सरुवा

 असन्तुष्ट कर्मचारी भन्छन्– अदालत जान्छौं सरकार भन्छ–नटेरे कार्बाही हुन्छ शिक्षा मन्त्रालयले स्थानीय तहमा कर्मचारी पठाउन शुरु गरेको छ । मन्त्रालयले गत बिहीबार र शुक्रबारको निर्णयबाट निर्वाचन सम्पन्न भएका पाँच महानगरपालिकासहित अन्य उपमहानगर, नगरपालिका र गाउँपालिकामा कर्मचारी पठाउन शुरु गरेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख चक्रबहादुर बुढाले जानकारी दिनुभयो । सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न गरेको कर्मचारीहरुको मागबारे निर्णय नहुँदै मन्त्रालयले कर्मचारी स्थानान्तारण ...

आहा ! कति राम्रा अक्षर !! आहा ! कति राम्रा अक्षर !!

विद्यार्थीको राम्रो अक्षर बनाउने भए नन्दी माविले झैं हस्तलेखन आयोजना किन नगर्ने ?   कक्षा १० का विद्यार्थी उत्सव सेढाइ निकै मिहिनेतका साथ कपिमा केही लेखिरहनुभएको थियो । उहाँ राम्रा अक्षर बनाउने प्रयास गर्दै हुनुहुन्थ्यो । अक्षरलाई कुन तरिकाबाट लेख्ने, कत्रो आकारको बनाउने, कसरी डिका दिने भन्नेमा उहाँ सजग देखिनुहुन्थ्यो । कक्षा ८ कि जश्मिन खड्गीको पनि नेपाली र अंग्रेजी अक्षरलाई कसरी राम्रोसँग लेख्ने भन्नेमै ध्यान थियो । कक्षा पाँच ५ की एलिना ढकाल पनि अक्षर लेख्नैमै व्यस्त । उहाँलाई विशेषज्ञ स ...

बालबालिकाको शिक्षामा के–के गर्न सक्छ स्थानीय सरकारले ? बालबालिकाको शिक्षामा के–के गर्न सक्छ स्थानीय सरकारले ?

  (नेपालको संविधान २०७२ र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश २०७४ को व्यवस्था अनुकूल बनाइएको दस्ताबेज)   आ–आफ्ना क्षेत्रका राजनीतिक दलका घोषणापत्रहरुको विश्लेषण गरी बालबालिकाको शिक्षाबारे के कस्तो व्यवस्था छ भनी पहिल्याउन सक्छः - विश्लेषक टोली बनाएर- आपसी संवाद गरेर- संवैधानिक प्रावधान र घोषणापत्रमा भएका कुराहरुबीचको अन्तर पहिल्याएर भौगोलिक विकटतामा पनि अनिवार्य र निःशुल्क शिक्षा लागू गर्न सक्छ - आवासीय स्कूल बनाएर - घरमै जाने शिक्षकको ...

एक दशक नाघ्दा झण्डै १७ प्रतिशत प्रगति एक दशक नाघ्दा झण्डै १७ प्रतिशत प्रगति

  भर्ना अभियानमार्फत् बालबालिकालाई विद्यालयमा भित्र्याउन राम्रै सफलता     भर्ना अभियान शुरु हुनु अघि २०६१ सालमा विद्यार्थी भर्ना दर ८० प्रतिशतको हाराहारीमा थियो । अभियानको एक दशक नाघ्दा झण्डै १७ प्रतिशत प्रगति भएको छ, अर्थात् २०७३ सालसम्ममा भर्ना दर ९६.९ प्रतिशत पुगेको देखियो । त्यस्तै, प्राथमिक तहमा २०६१ सालमा ६४.८ टिकाऊदर रहेकोमा त्यो २०७३ मा आइपुग्दा बढेर ८७ प्रतिशत पुगेको छ । अब बाँकी रहेका बालबालिकालाई विशेष कार्यक्रमका साथ विद्यालय भित्र्याउनुका साथै भित्रिन नसकेकाहरुकहाँ वि ...

मन्त्रालय, अदालत र अस्थायी शिक्षकलाई नै घुमाइदिने शब्द मन्त्रालय, अदालत र अस्थायी शिक्षकलाई नै घुमाइदिने शब्द

             - शिक्षा ऐनमा (संशोधन २०६३मा) छ पहिलो विज्ञापन । - पहिलो विज्ञापन भन्ने विषयमा अदालतमा १०० बढी मुद्दाहरु परेका छन् । - शिक्षा मन्त्रालयले कहिले यो विज्ञापन भइसकेको त कहिले नभएको भनी अदालतमा जवाफ पठाएको छ । - यो विज्ञापन भएको छैन भनेर हजारौं अस्थायी शिक्षकहरु अवकाश पछि सुविधा पाउनबाट बञ्चित भएका छन् । - यो विज्ञापन भइसक्यो भनेर लियन राख्ने, बस्ने, तालिम र शिक्षक लाइसेन्स नभएका सयौं शिक्षकहरु आयोगको परीक्षामा सहभागी हुनबाट बञ्चित भए । - सर्वोच्च ...

अनुमति बिनाका निजी विद्यालयहरु बन्द गराउन शुरु अनुमति बिनाका निजी विद्यालयहरु बन्द गराउन शुरु

सिरहामा वर्षौदेखि नियमविपरीत सञ्चालनमा रहेका निजी विद्यालयहरु धमाधम बन्द गराउन थालिएको छ । पटक–पटक बन्द गर्ने निर्देशन दिएपनि अटेर गर्ने विद्यालयहरुलाई आजदेखि बन्द गराउन थालिएको हो । शिक्षा समितिको बैठकबाट निर्णय गरी दर्ता नभएको निजी विद्यालयहरुलाई बन्द गर्ने अभियान चलाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । आज शिक्षा कार्यालयका विद्यालय निरिक्षक भवानी कट्टेलको नेतृत्वमा खटिएका टोलीले लहान रेन्बो इन्टरनेशनल एकेडमी, प्रिन्सटल स्कुल, वस्तीपुरको मेरी चिल्ड्रे एकेडमीका संचालकलाई विद्यालय बन् ...

एसइइ नतिजा विश्लेषण : ग्रेडिङमा के उठ्यो, के छुट्यो ? एसइइ नतिजा विश्लेषण : ग्रेडिङमा के उठ्यो, के छुट्यो ?

पुरानो पाठ्यक्रम, पुरानै ढंगको शिक्षण सिकाइ, शिक्षक, तीनघण्टे परीक्षा प्रणाली, परम्परागत तरिकाबाट उत्तरपुस्तिका परीक्षण गरेर अन्तिममा अंकको ठाउँमा अक्षर राखेर नतिजा प्रकाशित गर्दैमा अक्षराङ्कन पद्धति नहुने विज्ञहरु बताउँछन् । विगत ८३ वर्षअघि देखि अंकका आधारमा मूल्याङ्कन गरिँदै आएको कक्षा १० को अन्तिम परीक्षा एसइइ (यस अघि एसएलसी भनिन्थ्यो)को नतीजा २०७२ सालदेखि ग्रेड (अक्षराङ्कन)को आधारमा मूल्याङ्कन गर्न शुरु गरियो । गएको सालबाट त यसलाई एसइइ भन्न थालियो । विद्यार्थीको सही मूल्याङ्कन हुने दाबी गर्द ...

सरकार अस्थायी शिक्षक बीच सहमति, अस्थायी शिक्षकहरुले परीक्षामा फेल भएपनि सुविधा पाउने सरकार अस्थायी शिक्षक बीच सहमति, अस्थायी शिक्षकहरुले परीक्षामा फेल भएपनि सुविधा पाउने

काठमाडौं । अस्थायी शिक्षकहरुले परीक्षामा फेल भएपनि सुविधा पाउने भएका छन् । अस्थायी शिक्षक र सरकार बीच परीक्षामा फेल भएकाहरुले शिक्षा ऐनले व्यवस्था गरेको भन्दा बढी स्थायी शिक्षक सरहको औषधी उपचार सुविधा समेत पाउने सहमति भएको छ । शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षकहरु बीच आज भएको वार्तामा ४ बुंदे सहमति भएको हो । सहमति भएसँगै अस्थायी शिक्षकका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको छ । अस्थायी शिक्षकहरुले चारबुंदे माग राख्दै असार २ गतेदेखि भद्रकालीमा आमरण अनशनमा बस्दै आएका थिए ...

अस्थायी शिक्षकका लागि खोलिएको आयोगको परीक्षा मिति सर्यो अस्थायी शिक्षकका लागि खोलिएको आयोगको परीक्षा मिति सर्यो

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि खोलिएको शिक्षक विज्ञापनको परीक्षाको मिति सारेको छ । शिक्षक सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै असार २४ गते निर्धारण गरिएको परीक्षाको मिति आगामी भाद्र ३ गतेका लागि सारेको हो । अस्थायी शिक्षकहरुको निरन्तरको आन्दोलन र सर्वोच्च अदालतको निरन्तरको ताकेतापछि आयोगले परीक्षाको मिति सार्न बाध्य भएको हो । आयोगले भने परीक्षाका लागि फारम भरेका आवेदकहरुको दरखास्त फारामहरु यस रुजु तथा छानवीन हुँदा केही उम्मेदवारहरुको विज्ञापन नम्बर, तह, विषय परिवर्तन भएको ...

पाँच वर्षको उमेरमै एसइइ ! पाँच वर्षको उमेरमै एसइइ !

आविस्कार पाण्डे भर्खर पाँच वर्षका भए । उनी ‘मैले एसइइमा नेपाल टप गरेँ’ भन्दै थिए । जुन दिन एसइइको नतिजा सार्वजनिक भएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका कोलोनीमा रहेको उनको घर पुग्दा उनी उफ्रिँदै, कहिले घरको सिंढी तलमाथि त कहिले घरभित्रका गल्लीमा दौडिन्थे र भन्थे ‘स्कूलमा साथीले भनेको म त नेपाल फस्ट भएछु आमा ! नेपाल फस्ट !’ निधारमा रातै अबिर दलेका आविस्कारमा अरुले ‘बोर्ड फस्ट’ भन्दै अबिर लगाइदिएपछि उनमा खुशीको सीमा थिएन । आविस्कार अहिले कक्षा एकमा अध्ययनरत ...

‘शिक्षामा अन्तर्राष्ट्रिय प्रतिबद्धता दर्जनौं,कार्यान्वयनचाहिँ कागजमा मात्रै’  ‘शिक्षामा अन्तर्राष्ट्रिय प्रतिबद्धता दर्जनौं,कार्यान्वयनचाहिँ कागजमा मात्रै’

काठमाडौं – सरकारले विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा शिक्षासम्बन्धी धेरै प्रतिबद्धतामा हस्ताक्षर गरेको भएपनि कार्यान्वयनमा ध्यान नदिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । आँखा चिम्लेर प्रतिबद्धतापत्रहरुमा हस्ताक्षर गर्ने तर कार्यान्वयनमा सिन्को नभाँच्दा नेपालको शिक्षा अन्तर्राष्ट्रिय जगतमा बद्नाम बन्दै गएको उनीहरुको आरोप थियो । सार्क शिक्षक महासंघले गत साता राजधानीमा आयोजना गरेको ‘विश्व शिक्षा प्रतिबद्धता, नेपालको तयारी र आगामी कार्यदिशा’ विषय एकदिने कार्यशाला सहभागीहरुले यस्तो आ ...

सिरहामा कक्षा ११ को परीक्षा अर्मादित बन्दै : पाँच बोरा चिट फेला  सिरहामा कक्षा ११ को परीक्षा अर्मादित बन्दै : पाँच बोरा चिट फेला

कक्षा ११ को परीक्षामा लहानस्थित पशुपति उमावि परीक्षा केन्द्रमा व्यापक चिट चारीका घटना भइरहेकोे छ । परीक्षार्थीहरुले डेस्कमै चिट राखेर लेखिरहेको देखिन्छ । त्यति मात्रै नभई ‘फ्ल्याप’मा प्रश्न हल गरी सबै विद्यार्थीहरुको हातमा पु¥याइएको थियो । त्यसैबाट विद्यार्थीले उत्तरपुस्तिकामा लेखेका छन् । सो केन्द्रमा लिटिल स्टार बोर्डिङ्ग स्कूल, एलएमसी कलेज र पोखरभिन्डा माविका विद्यार्थीहरु परीक्षा दिइरहेका छन् । पहिलो दिनको परीक्षामा पनि लहानस्थित ललकु मावि र पशुपति आदर्श माविमा जिल्ला शिक्षा ...

स्थानीय तहलाई शिक्षाको जिम्मेवारी धेरै, बजेट भने कम स्थानीय तहलाई शिक्षाको जिम्मेवारी धेरै, बजेट भने कम

  काठमाडौं । स्थानीय तहलाई शिक्षाको जिम्मेवारी अनुसारको वजेट विनियोजन नगरिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । संविधानले विद्यालय शिक्षा सम्मको सम्पूर्ण जिम्मेवारी स्थानिय तहलाई दिएपनि शिक्षक तलव र छात्रवृत्तिलगायतको बजेट मात्रै पठाइएको प्रति उनीहरुको विमति थियो । शिक्षा पत्रकार समुहले बिहीवार आयोजना गरेको ‘शिक्षा वजेट र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा बोल्ने अधिकाँश वक्ताहरुले स्थानीय तहमैत्री शिक्षा वजेट नभएको आरोप लगाए । स्थानीय तहमा गएको कुल शिक्षा वजेट ६० अर्ब ६६ करोड मध ...

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...