२०७८ कार्त्तिक ४ गते / 21st Oct 2021, Thursday

मुख्य समाचार

उच्चस्तरीय शिक्षा आयोगमा निजीकै बोलवाला उच्चस्तरीय शिक्षा आयोगमा निजीकै बोलवाला

सामुदायिक शिक्षाका पक्षमा कसले बोलिदिने ?   पाँच महिनाको कार्यअवधि पाएको उच्चस्तरीय शिक्षा आयोगले सो अवधिमा आधा पनि काम गर्न सकेको छैन । आयोगअन्तर्गत गठित विज्ञ समूहले पुस ४ गते नै आयोग अध्यक्ष तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई बुझाएको प्रारम्भिक प्रतिवेदन गत बुधबार बसेको आयोगको दोस्रो पूर्ण बैठकमा पेश गरिएको थियो । उच्चस्तरीय शिक्षा आयोगको दोस्रो बैठकमा आयोगले प्राप्त गरेका ताली, गाली र गुनासो साथै, काम गर्दा प्राप्त गरेका प्रतिक्रियाका बारेमा छलफल भएको थियो । बुधबारको बैठकमा मुख्य ऐजे ...

कक्षा ११ को नतिजा विषयगत ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा विषयगत ग्रेडिङ प्रणालीमा

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमिततर्फको नतिजा पहिलोपल्ट विषयगत ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । बोर्डले परीक्षा सम्पन्न भएको सात महिना पछि बल्ल नतिजा सार्वजनिक गरेको हो । बोर्डले कक्षा १० को एसइइ परीक्षाकै जस्तै कक्षा ११ को नतिजा पनि नौ ग्रेडमा विभाजन गरेर सार्वजनिक गरेको छ । तर, एसइइ परीक्षामा समग्र ग्रेड दिने गरिएपनि कक्षा ११ को नतिजा भने हरेक विषयको छुट्टाछुट्टै विषयगत ग्रेड दिइएको छ । विद्यार्थीले कुन विषयमा कुन ग्रेड आयो भन्ने मात्रै थाहा पाउने भएका छन् । ए ...

पन्ध्र महिनामा विद्यालय बनाउन नसके ठेकदारको ठेक्का रद्द पन्ध्र महिनामा विद्यालय बनाउन नसके ठेकदारको ठेक्का रद्द

जिम्मा पाएको १५ महिनाभित्र विद्यालय भवन निर्माण नगर्ने ठेकदारको ठेक्का रद्द हुने भएको छ । केन्द्रीय परियोजना कार्यान्वयन इकाइले निर्माण कार्य शुरु नै नगर्ने तथा निर्धारित समयमा ढिलाइ गर्ने ठेकदार कम्पनीहरुको ठेक्का प्रक्रिया नै रद्द गर्ने प्रक्रिया शुरु गरेको हो । आपत्कालीन योजना भएकाले ठेक्का पाएको १५ महिनाभित्र काम पूरा गर्न नसक्ने ठेकदारको ठेक्का रद्द गर्ने प्रक्रिया शुरु गरिएको केन्द्रीय परियोजना कार्यान्वयन इकाईले जनाएको छ । निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरुलाई इकाईले बोलाएर प ...

‘अस्थायी शिक्षकको परीक्षा नयाँ सरकार गठन पछि मात्रै’ ‘अस्थायी शिक्षकको परीक्षा नयाँ सरकार गठन पछि मात्रै’

अस्थायी शिक्षकका लागि खुलेको विज्ञापनको परीक्षा नयाँ सरकार गठन पछि मात्रै तय गर्न आन्दोलनरत विद्यार्थीले माग गरेका छन् । आन्दोलनरत विद्यार्थीले गत सोमबार शिक्षक सेवा आयोग पुगेर तत्काल परीक्षा मिति तय नगर्न ध्यानाकर्षण पत्र बुझाएका छन् । आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थीले शिक्षक विज्ञापनको प्रक्रिया तत्काल रोक्न र परीक्षा मिति तोक्ने काम अगाडि नबढाउन चेतावनी दिएका हुन् । ‘वर्तमान संघीय र प्रादेशिक चुनाब सम्पन्न भइसकेपछिको यो नयाँ परिस्थिति र राजनीतिक परिवेश विकास भएको अवस्थालाई अबको ...

‘शिक्षाविद् र आयोगको प्रतिवेदन’ प्रति प्याब्सन आक्रमक ‘शिक्षाविद् र आयोगको प्रतिवेदन’ प्रति प्याब्सन आक्रमक

विज्ञ समूहलाई ‘कथित शिक्षाविद्’ र प्रतिवेदनलाई  ‘चुट्किला संग्रह’को संज्ञा काठमाडौं–उच्चस्तरीय शिक्षा आयोगमा विज्ञ समूहले तयार पारेको प्रारम्भिक मस्यौदा प्रतिवेदनप्रति निजी विद्यालय सञ्चालकहरु आक्रमक बनेका छन् । उनीहरुले शिक्षाविद्हरुले तयार पारेको उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदन ‘हास्यस्पद’ भन्दै त्यसमाथि कडा टिप्पणीसमेत गरेका छन् ।निजी विद्यालयप्रति प्रतिवेदन अनुदार देखिएपछि आक्रोशित बनेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( ...

स्थानीय शिक्षा ऐन– नियम नमान्ने शिक्षक महासंघको चेतावनी स्थानीय शिक्षा ऐन– नियम नमान्ने शिक्षक महासंघको चेतावनी

स्थानीय सरकारदेखि त्रसित शिक्षक नेतानेपालको संविधानले माध्यमिक तह (प्रारम्भिक बालशिक्षा देखि १२ कक्षा) को शिक्षाको अधिकार स्थानीय सरकारमातहत् रहने व्यवस्था गरेको छ । संविधानतः स्थानीय सरकार गठन भइसकेका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार क्रमशः स्थानीय सरकार मातहत्मा पुग्ने क्रम जारी छ । नवगठित स्थानीय सरकारहरुले पनि आ–आफ्नो तरिकाले शिक्षासम्बन्धी नीति–नियमहरु बनाउन थालेका छन् । तर, नेपाल शिक्षक महासंघले संविधानतः स्थानीय तहले गर्ने शिक्षाको व्यवस्थापन र नीति नियम नमान्ने चेतावनी ...

जनता माध्यमिक पाही ५९ औं वर्षमा जनता माध्यमिक पाही ५९ औं वर्षमा

 जनता माध्यमिक पाही, रांखानीले  विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ५९ औं वार्षिकोत्सव मनाएको छ । तत्कालीन शिक्षाप्रेमीहरु मुखिया मानबहादुर थापा, थानेश्वर उपाध्याय, जि.मु. चन्द्रदत्त उपाध्याय, कृष्णराज उपाध्याय, हरिनारायण उपाध्याय, छविलाल क्षेत्री, गुणाखर उपाध्याय, कृष्णराज उपाध्याय तथा मनिरत्न शर्मालगायतको सक्रियतामा जिल्लाको दक्षिणभेग हाँडीकोट धुरीको काखमा रहेको पाही गाउँमा सो विद्यालयको स्थापना गरिएको थियो । कार्यक्रमको शुरुवातमै शिक्षाको गौरवमय इतिहास रच्ने र शैक्षिक विकासको सुनौलो ...

प्याब्सनका पूर्व अध्यक्ष डा. पोखरेलको निधन प्याब्सनका पूर्व अध्यक्ष डा. पोखरेलको निधन

काठमाडौं – निजी तथा आवाशीय विद्यालय अर्गनाईजेशन प्याब्सनका पूर्व अध्यक्ष एवं पूर्व सांसद डा. बाबुराम पोखरेलको ६३ वर्षको उमेरमा आइतबार बिहान साढे ६ बजे निधन भएको छ ।   घरमै आराम गरिरहेका बेला बिहान श्वास फेर्न असजिलो भएपछि अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको हो । उहाँ लामो समयदेखि मधुमेह र मुटु रोगका बिरामी हुनुहुन्थ्यो । उहाँ केही समय अघि सिंगापुरबाट उपचार गराएर फर्कनुभएको थियो । उहाँ बानेश्वरस्थित भिएस निकेतन स्कूलको संस्थापक प्रिन्सिपलसमेत हुनुहुन्थ्यो ।   स्वर्गीय पोखरेलका ...

स्थानीय तहमा शिक्षा : अलमलै अलमल स्थानीय तहमा शिक्षा : अलमलै अलमल

नयाँ संविधानअनुसार माध्यमिक तह (कक्षा १–१२) सम्मको शिक्षाको जिम्मेवारीसहितको अधिकार स्थानीय तहमा आएको भएपनि यो तहको सरकार गठन भएको ५ महिना बित्दासमेत काम हुनसकेको छैन । स्थानीय तहको शिक्षा शाखा कर्मचारी व्यवस्थापन नगरिदिँदा र शिक्षासम्बन्धी स्थानीय सरकारले पाएको अधिकार स्पष्ट नहुँदा शैक्षिक कार्ययोजना बनाउनसमेत अलमल भइरहेको छ । नेपालको संविधान २०७२ ले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भ ...

कमजोर बन्दै बालन्याय प्रक्रिया : कहिले खुल्ला अन्तर्राष्ट्रिय न्यायको ढोका कमजोर बन्दै बालन्याय प्रक्रिया : कहिले खुल्ला अन्तर्राष्ट्रिय न्यायको ढोका

नेपालमा बालबालिकामाथि हुने दुव्र्यवहारमा वृद्धि भइरहेपनि उनीहरुको न्यायको अवस्था भने तुलनात्मक रुपमा कमजोर देखिएको छ । बालबालिका आफ्नै छिमेकी, आफन्तबाट समेत असुरक्षित रहेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले गरेको एक अध्ययनमा बालबालिकामाथि भएको कुल बलात्कारका घटनामध्ये ८७ प्रतिशत छिमेकी, आफन्त र आफ्नै बुवाबाट भएको तथ्य पाइएको छ । यस वर्ष भएका कुल ९६ घटनामध्ये ४५ प्रतिशत (४३ जना) घटना आफ्नै छिमेकीबाट भएको पाइएको छ । त्यस्तै, चिनजानको व्यक्तिबाट २९ प्रतिशत (२८ जना) घटना हुँदा आफ्नै बुवाबाट १३ ...

शिक्षा ऐन संशोधन खारेजीको मुद्दामाथि संवैधानिक इजलाशमा बहस शिक्षा ऐन संशोधन खारेजीको मुद्दामाथि संवैधानिक इजलाशमा बहस

काठमाडौं– शिक्षा ऐन संशोधन खारेजीको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा पुगेको छ । शिक्षा ऐनको आठौं संशोधन सर्वोच्च अदालतको यसअघिको फैसला र सो ऐनको व्यवस्थाविरुद्ध भएको भन्दै खारेजीको माग गर्दै कुमार लामा, कान्तिकुमारी ढुंगेललगायत २० जना अस्थायी शिक्षकहरुले संवैधानिक इजलाशमा मुद्दा दायर गरेका थिए । २०७३ असार १५ मा शिक्षा ऐनको आठौं संशोधन भएलगत्तै त्यसको खारेजीको माग गर्दै २०७३ भदौ १९ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा मुद्दा दायर भएको थियो । सर्वोच्च अदालतको २०७४ मंसिर १२ गतेको ...

महिला उत्थानका लागि वास्तविक शिक्षा महिला उत्थानका लागि वास्तविक शिक्षा

हरेक नारी अन्ततोगत्वा आमा हुन् –श्रृष्टिका मुहानहरु । जीवनको निरन्तरताका अति महत्वपूर्ण कडि । प्रत्येक व्यक्तिले नारीको महत्वबोध गरेको हुन्छ जागरुक होस् वा सुषुप्त मस्तिष्कले । तर त्यो महशूस गराई सामान्यतः सतही नै हुने गर्छ । यही कारणले गर्दा समाजमा नारीहरुको यथोचित सम्मान हुनसकेको छैन । भाषणमा र कसैको आर्थिक अनुदानमा सञ्चालित कार्यक्रमहरुले मौसमी रुपमा आफ्ना खास अभिष्ट प्राप्तिका लागि नारी उत्थानका कुरा औपचारिक किसिमले उठाएतापनि यसले त्यो समाज जहाँ नारीहरुको वास्तवमै अति अवमूल्यन भइरहेको ...

बालक्लबको सक्रियतापछि नियमितता बढ्यो बालक्लबको सक्रियतापछि नियमितता बढ्यो

विद्यार्थी भन्छन्– घरभन्दा स्कूल नै रमाइलो कक्षा ४ का विश्राम सिंजाली सेतो पानामा केही कोरिरहनुभएको थियो । त्यहाँ हरिया पहाड देखिन्थ्यो । मुन्तिर एउटा सुन्दर विद्यालय भवन, छेउमा नदी, दुई पहाडको बीचबाट सूर्य उदाएको आकृति सिंजालीले बनाउनुभयो । त्यसमा पहेलो रंग भर्नुभयो । एउटा सुन्दर विद्यालय तयार भयो प्राकृतिक सुन्दरतासहितको । ‘यो मेरो विद्यालय हो,’ उहाँले भन्नुभयो, ‘म ठूलो भएर कलाकार बन्न चाहन्छु ।’ गिम्दी, नागटार ललितपुरको मनकामना आधारभूत विद्यालयको कक्षा ३ मा पुग् ...

शिक्षक बन्न आयोगको परीक्षा उत्तीर्ण गरेरमात्रै नपुग्ने शिक्षक बन्न आयोगको परीक्षा उत्तीर्ण गरेरमात्रै नपुग्ने

        निजीमा छोराछोरी पढाए सरकारलाई क्षतिपूर्ति तिर्नुपर्ने निजी विद्यालयहरुको शुल्क स्थानीय सरकारले तोक्ने  विदाको बदलामा क्षतिपूर्ति कक्षा  किताब हेरेरै परीक्षा दिन पाइने  शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण हुँदैमा शिक्षक बन्न नपाउने व्यवस्था गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले  आयोगले लिएको लिखित, मौखिक एवं प्रयोगात्मक परीक्षा उत्तीर्ण मात्रै नभई शतप्रतिशत अंक पाउने व्यक्तिहरु मात्रै शिक्षक बन्न योग्य हुने व्यवस्था गर्न सुझाव दिएका हुन् । & ...

अख्तियारमा सबैभन्दा धेरै शिक्षाका उजूरी अख्तियारमा सबैभन्दा धेरै शिक्षाका उजूरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षासँग सम्बन्धित क्षेत्रको उजूरी सबैभन्दा धेरै परेको छ । गएको वर्ष अख्तियारमा शिक्षासम्बन्धी ३ हजार ९७४ उजूरी परेको हो । गत आर्थिक वर्षमा परेका उजूरीमध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रका उजूरी २० दशमलव ३० प्रतिशत रहेको भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको अख्तियारको २७ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । अख्तियारमा नक्कली शैक्षिक प्रमाणपत्र बुझाई सरकारी जागिर खाने, विद्यालयमा जाने अनुदान रकमका हुने हिनामिना, शिक्षाका कर्मचारीले खाने घुसलगायतका उजूर ...

विद्यार्थीले रकेट उडाए, अभिभावक हेरेको हेर्यै विद्यार्थीले रकेट उडाए, अभिभावक हेरेको हेर्यै

काठमाडौं– कक्षा १० का नवराज दाहाल र सुदिप प्रधानले कागज र छ्वालीको बडो सुन्दर घर बनाएका थिए । घरको छतमा लुगा पनि सुकाइएको थियो । त्यहाँ अचानक पाइपबाट कृतिम झरी वर्षाइयो । पानीका थोपा छानामा पर्नसाथ घरभित्र भिन्न आवाज निकाल्दै बत्ति बोल्न थाल्यो । सबैले ताली बजाए । दाहाल र प्रधानले मख्ख हुँदै भन्नुभयो, ‘यसरी नै यो रेन सेन्सर मेसिनले घरभित्र बसेकालाई पानी परेको जानकारी दिन्छ । र, पानीमा रुज्ने समानलाई झरीबाट बचाउन सकिन्छ । यो मेसिनलाई अभिभावकहरुले बडो चासो लिएर हेरेका थिए । उनीहरु सन् ...

जिल्ला शिक्षाका सबै काम अब स्थानीय तहमा जिल्ला शिक्षाका सबै काम अब स्थानीय तहमा

स्थानीय तहमा शिक्षा हस्तान्तरण अन्तिम चरणमा संविधानतः स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिएअनुसार शिक्षा विभागले त्यसलाई कार्यान्वयन गर्न जिल्ला शिक्षा कार्यालयबाट जिम्मेवारी सारेको छ । स्थानीय तहमा अधिकार हस्तान्तरणमा यसलाई कोशेढुङ्गा ठानिएको छ । यसै वर्षदेखि शिक्षक कर्मचारीको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकलगायतको बजेट स्थानीय तहमा पठाउन शुरु गरेको शिक्षा मन्त्रालयले हाल शिक्षाका कर्मचारीसमेत काजमा खटाउन थालेको छ । भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइसकेको छ । प्रदेशसभा गठन हुनलागेको अवस ...

पूरा होला त बाम गठबन्धनको शैक्षिक प्रतिबद्धता ? पूरा होला त बाम गठबन्धनको शैक्षिक प्रतिबद्धता ?

समाचार–टिप्पणी संघीय तथा प्रादेशिक चुनाब सम्पन्न भइसकेको छ । मतगणनामा देखिएको रुझानले बाम गठबन्धनलाई स्पष्ट बहुमत मिल्ने स्पष्ट भइसकेको छ । अब मुलुकले आगामी पाँच वर्ष बाम गठबन्धनको नेतृत्वमा सरकार पाउनेछ । सरकार चुनाब अघि जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न लागी पर्नेछ । यही मेसोमा हामी बाम गठबन्धनलाई शिक्षा सम्बन्धमा चुनाब अघि व्यक्त गरिएको प्रतिबद्धता स्मरण गराउन सान्दर्भिक ठानिएको छ । किनभने, अबको शिक्षा सुधार्ने र समृद्ध बनाउने जिम्मा अब बन्ने बाम गठबन्धन सरकारकै हुनेछ । २०४८ देखि ०७४ ...

दश वर्षमा प्राथमिक तहमा झण्डै तीनलाख विद्यार्थी घटे दश वर्षमा प्राथमिक तहमा झण्डै तीनलाख विद्यार्थी घटे

गएको दश वर्षमा सामुदायिक विद्यालयमा प्राथमिक तह अध्ययन गर्ने विद्यार्थीको संख्यामा झण्डै तीन लाखले कमी आएको छ । सन् २००७ मा प्राथमिक तहमा ४४ लाख १८ हजार ७१३ विद्यार्थी अध्ययनरत रहेका थिए । तर, २०१६ सम्म आउदा घटेर ४१ लाख ३५ हजार २५३ मा झरेका छन् । उता, राष्ट्रिय जनगणना २०६८ भने विगत १० वर्षमा १.४० प्रतिशतका दरले ३४ लाख ६९ हजार ३८६ जनसंख्या बढेको देखाउँछ । एकातिर जनसंख्या बढिरहेको छ भने अर्कोतर्फ सरकारी विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या घटिरहेको देखिन्छ । सन् २००७ देखि २०१० सम्म विद्यार्थी ...

आफ्नैबाट असुरक्षित बालबालिका आफ्नैबाट असुरक्षित बालबालिका

बालबालिका आफ्नै छिमेकी, आफन्तबाट समेत असुरक्षित रहेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले गरेको एक अध्ययनमा बालबालिकामाथि भएको कुल बलात्कारका घटनामध्ये ८७ प्रतिशत छिमेकी, आफन्त र आफ्नै बुवाबाट भएको तथ्य पाइएको छ । यस वर्ष भएका कुल ९६ घटनामध्ये ४५ प्रतिशत (४३ जना) घटना आफ्नै छिमेकीबाट भएको पाइएको छ । त्यस्तै, चिनजानको व्यक्तिबाट २९ प्रतिशत (२८ जना) घटना हुँदा आफ्नै बुवाबाट १३ प्रतिशत (१२ जना) बलात्कारका घटना भएका छन् । अध्ययनमा आफ्नै शिक्षकबाट ७ प्रतिशत (७ जना) र घरेलु कामदार बालबालिकालाई माल ...

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...