सरकारका एकजना पूर्व अर्थ सचिवले आउँदो बजेटमा संघ, प्रदेश र स्थानीय तीनै तहको गरी शिक्षामा जम्मा १७ प्रतिशत रकम छुट्टिने दाबी गर्नुभएको छ । ‘संघले खर्च गर्नेगरी मात्रै १० प्रतिशत हुने हो, नत्र प्रदेश र स्थानीय सरकारको जोडिँदा आउँदो बजेटमा शिक्षाक्षेत्रले पाउने बजेट कूल १७ प्रतिशत नै हुन आउँछ,’ शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालद्वारा सोमबार आयोजित ‘नीति तथा कार्यक्रमः शिक्षाका व्यवस्था कार्यान्वयन कसरी ?’ विषयक भर्च्युअल संवाद श्रृंखलामा पूर्व अर्थसचिव कृष्णहरि ब ...
सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी कोरोना भाइरसले पुर्याएको शैक्षिक क्षतिबारे सरकारद्वारा २०७७/०७८ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा एक शब्द पनि खर्च गरिएको देखिएन । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सबै सार्वजनिक माध्यमिक विद्यालय तथा क्याम्पसमा सूचना प्रविधि प्रयोगशाला र उच्च गतिको इन्टर्नेट सेवा पुर्याइने उल्लेख गरियो । साथै, विद्युत्तीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षण गर्ने व्यवस्था मिला ...
कर्णाली प्रदेशले केन्द्रीय सरकारबाट अनुमति भएमा अहिलेसम्मको स्थितिमा जेठको अन्तिमसम्म एसइइ परीक्षा दिलाउन सक्ने बताएको छ । शिक्षा पत्रकार समूहद्वारा आज आयोजित अनलाइन प्रेस मिटमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले भन्नुभयो, ‘अहिलेसम्म कर्णाली प्रदेशमा कोभिड १९ को पोजिटिभ भेटिएको छैन । यसमा हामी भाग्यमानी नै सम्झन्छौं । वैशाखको अन्तिमसम्म हेरौं, त्यत्तिञ्जेल अहिलेकै अवस्था रहन सक्यो भने केन्द्रले अनुमति दिएमा हामी जेठमा परीक्षा दिने सक्ने अवस्थामा रहन्छौं ।’ सामाजि ...
बाबुराम थापा, अध्यक्ष, नेपाल शिक्षक महासंघ कोरोना भाइरस (कोभिड–१९) को विश्व महामारीबाट बच्न नेपाल पनि लकडाउनमा छ । लकडाउनका कारण शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द छँदै छन्, स्थगित गरिएका एसइइ र कक्षा ११–१२ का परीक्षा कहिले हुन्छन् भन्ने अन्यौल यथावत् छ । त्यसो त, कक्षा १–९ सम्मका विद्यार्थीको परीक्षा भएर पनि नतिजा आउन बाँकी नै छ । यो विपद्मा नयाँ शैक्षिक शत्र कहिलेबाट शुरु होला ? घरमै बसिरहेका करिव ७५ लाख विद्यार्थीलाई कसरी पठनपाठन गराउन सकिएला ? स्थगित परीक्षा कुन किसिमले गर् ...
रामचन्द्र तिमोथी प्रबन्ध निर्देशक, एकता बुक्स डिष्ट्रिब्युटर तथा पूर्व अध्यक्ष, राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने घोषणा गर्नुभएपछि अहिले किताब आयतकर्ताहरु निराश बनेका छन् । यसले पाठक एवं उपभोक्ता नै मारमा परेको र अन्तर्राष्ट्रिय किताब आयतलाई दुरुत्साहन गर्दै ज्ञानको ढोका बन्द गर्न सरकार उद्यत् देखिएको पुस्तक बितरकहरुको आरोप छ । नेपालमा दशकौंदेखि अन्तर्राष्ट्रिय किताब आयत गर्दै आउनुभएका एकता बुक्स डिष्ट्रिब्युटरका प्रबन् ...
हरिप्रसाद अर्याल केन्द्रीय अध्यक्ष नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको काठमाडौंमा आज पुस २८ देखि भोलि २९ गतेसम्मका लागि भइरहेको पाँचौं राष्ट्रिय महाधिवेशनका क्रममा अध्यक्ष हरिप्रसाद अर्याल के भन्नुहुन्छ ? प्रस्तुत छ, उहाँसँग आजको शिक्षाले गरेको कुराकानी । पाँचौं महाधिवेशनका खास ऐजेण्डा के–के छन् ? हामीले महाधिवेशनको पूर्व सन्ध्यामा महासंघका केन्द्रीय कार्यसमितिको तर्फबाट एउटा नारा नै तय गरेका छौं । त्यो हो– ‘सामाजिक रुपान्त ...
राजकुमार मल्ल, अध्यक्ष, राक्सीराङ गाउँपालिका, मकवानपुर राजकुमार मल्ल, मकवानपुर जिल्लास्थित राक्सीराङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । बाल्यकाल यहीको अठारेमा रहेको स्कूलमा कक्षा ७ सम्म पढेपछि हेटौडामा गई अरुको घरमा काम गर्दै उहाँले एसएलसीसम्म अध्ययन पूरा गर्नुभयो । मकवानपुरको दुर्गम ठाउँमा पर्ने यस गाउँपालिकामा चेपाङ समुदायको जनसंख्या ५५ प्रतिशत रहेको छ । त्यस्तै, ४५ प्रतिशत तामाङ र अन्य ५ प्रतिशत रहेका छन् । आफ्नो गाउँपालिका शैक्षिक स्थितिमा निकै पछि परेको महशूस गर्नुभएका अध्यक्ष मल्लसँग सुधारका ...
आदरणीय शिक्षक साथीहरु ! सादर नमस्कार । जीवनको महत्वपूर्ण समय बालबालिकाको भविश्य सुधारमा समर्पण गरेका हामी शिक्षकहरु अन्य राष्ट्र सेवकभन्दा विशिष्ट र संवेदनशील पेशामा कार्यरत छौं । हाम्रो अथक मेहनतले एउटा बालकको भविश्य सुध्रिने मात्र नभई सिङ्गो राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान पुगेको हुन्छ । हामी शिक्षकहरु आफ्ना निजी स्वार्थलाई त्यागेर मैनवत्ति झैं आफू पग्लेर पनि अरुलाई ऊज्यालो दिइरहेका छौं । सामुदायिक विद्यालयमा पढाउने हामी शिक्षकले धेरै मेहनत गरेका छौं र व्यवहारिक ज्ञान भएका असल नागरिक तया ...
बाबुराम थापा, अध्यक्ष, नेपाल शिक्षक महासंघ बाबुराम थापा, हक्की र स्पष्ट व्यक्तित्वका रुपमा चिनिनुुहुन्छ । नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष थापा ललितपुर खोकनास्थित रुद्रायणी माविका प्रधानाध्यापक हुनुहुन्छ । यही २०१८ अक्टुबर ५–२५ मा छिमेकी मित्रराष्ट्र चीनको सांघाईमा आयोजित २० दिने बृहत् शैक्षिक कार्यशालामा भाग लिएर हालै स्वदेश फर्किनुभएका थापाले त्यहाँ के कस्ता अनुभव र सिकाइ हासिल गर्नुभयो ? नेपालको तर्फबाट कसरी प्रस्तुत हुनुभयो भनेर आजको शिक्षाले कुराकानी गरेको छ । प्रस्तुत छ, उहाँस ...
डा.रामहरि लामिछाने, डाइरेक्टर जनरल, कोलम्बो प्लान स्टाफ कलेज, मनिला, फिलिपिन्स प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) र फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)को संयुक्त आयोजनामा भर्खरै सानोठिमी भक्तपुरमा ‘स्ट्राटेजिक प्लान फर म्यानेजमेन्ट एक्सिलेन्स’ तालिम सम्पन्न भएको छ । विशेषगरी, सिटिइभिटिका अधिकारी र यसअन्तर्गतका प्राविधिक स्कूलहरुका प्रिन्सिपलहरुलाई आफ्ना प्राज्ञिक संस्थाहरुको पाँच वर्षे रणनीतिक योजना बनाउन यो तालिम केन्द्रित थियो । सिटिइभिट ...
राजेन्द्र अधिकारीप्रधानाध्यापकटंगाल मावि, टंगाल,काठमाडौं समग्र विद्यालयको अवस्थाबारे बताइदिनोस् न ?वि.सं. २०२० सालमा स्थापना भएको यो विद्यालय क्रमिक रुपमा २०२७÷०२८ सालमा निम्न माध्यमिक हुँदै २०४० मा माध्यमिक तह भएको हो । २०६५ सालदेखि कक्षा ११ र १२ अध्ययन अध्यापन गराउन शुरु गरेको हो । यस टंगाल माविले स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा धेरै आरोह र अबरोहहरु झेल्दै आएको छ । तर, आज समाजमा प्रतिष्ठित विद्यालयको रुपमा स्थापित हुन सफल छ । अरु विद्यालयमा भन्दा यहाँ राम्रा अभ्यासहरु के– ...
काठमाडौंको मध्यभाग कालिमाटीमा रहेर पनि कुनैबेला भौतिक पूर्वाधार र विद्यार्थी अभावमा गाभिने अवस्थामा पुगेको विद्यालयमा प्रधानाध्यापकका रुपमा डा. जानुका नेपाललाई पाउनसाथ विद्यालयले बिस्तारै काँचुली फेरेको महशूस गर्न थालिएको छ । गरे सम्भव छ भन्ने आफूलाई उदाहरणीय बनाउनुभएकी प्रअ नेपालकै सक्रियतामा विद्यालय अहिले राजधानीका उत्कृष्ट सामुदायिक विद्यालयमा दह्रिन सफल भयो । सुधारका लागि स्रोतलाई भन्दा सोंचलाई बढी महत्व दिने डा. नेपालसँग आजको शिक्षा साप्ताहिकले गरेको कुराकानीको सारसंक्षेप । डा. जानु ...
विनिता रञ्जितप्रधानाध्यापकपञ्चकन्या आधारभूत विद्यालय, बालुवाटार, काठमाडौं विनिता रञ्जित, गजबकी फुर्तिली व्यक्तित्व । भेटेर बोल्नेबित्तिकै विद्यालयलाई आफूले कसरी परिवर्तन गरेँ भनेर उत्साहसाथ सुनाइहाल्ने । निजी स्कूलको जगजगीबीच काठमाडौं बालुवाटारमा रहेको एक सामुदायिक विद्यालय अहिले उहाँकै नेतृत्वमा साँच्चैको ‘आहा !’ भन्नेखालको बनेको छ । यो कसरी सम्भव भयो त ? प्रस्तुत छ, काठमाडौंमै हुर्कि–बढ्नुभएकी अनि पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक रञ्जितसँग आजको शिक्षाले गरेक ...
मीना कोइरालाप्रधानाध्यापक पद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनीमार्ग, काठमाडौं पद्मोदय विद्यालयका बारेमा बताइदिनुस् न ?यो एउटा ऐतिहासिक विद्यालय हो । यो विद्यालयमा पहिलेदेखि नै नेपालका पूर्वी भेगबाट पढ्न आउने चलन रहेछ । पहिले पब्लिक स्कूल दुईवटा रहेछन् । पश्चिमी भेगहरुबाट जुद्धोदय पब्लिक स्कूलमा र पूर्वी भेगबाट पद्मोदयमा पढ्न आउने चलन । पूर्वतिरका पढेलेखेका पाका व्यक्तित्वहरुलाई सोध्दा उहाँहरुले ‘म पनि पद्मोदयमा पढेको’ भन्नुहुन्छ । देशका जतिपनि प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ, ...
हेरम्बराज कँडेलप्रधानाध्यापकविश्वनिकेतन मावि, त्रिपुरेश्वर, काठमाडौं जहाँनिया राणाकालमै वि.सं. २००३ सालमा स्थापना भएको विश्वनिकेतन माविले निरन्तर आफ्नै ऐतिहासिक र शैक्षिक गुणस्तरको छबिलाई कायम राखिरहेको छ । एसएलसी/एसइइ नतिजामा निरन्तर उत्कृष्ट भइरहनु एउटा प्रमाण हो । कक्षा ११ र १२ सञ्चालित विद्यालयमध्ये यो स्कूललाई गत वर्ष सरकारद्वारा मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय घोषित गर्दै राष्ट्रिय शिक्षा पुरस्कारले सुशोभित गरिएको थियो । प्रस्तुत छ, यस वर्षको एसइइ नतिजा र विद्यालयको समग्र शैक्ष ...
राजेन्द्र केसी प्रिन्सिपलसाउथवेस्टर्न कलेज, बसुन्धरा, काठमाडौं साउथवेस्टर्न कलेज कस्तो कलेज हो ?यो आफैंमा पृथक कलेज हो । नेपालकै भूमिमा, नेपालीद्वारा नै सञ्चालित तर फरक ढंगले चलेको छ । शिक्षण सिकाइ प्रक्रिया, सिक्ने सिकाउने कुरा, सिकाइ व्यवहार, सम्झने र सम्झन सक्ने बनाउने विधि फरक छ । संसारमा सबैलाई दिनमा २४ घण्टा नै मिल्छ । सबैलाई बराबर समय भएपनि कोहीले चन्द्रमा चुमिरहेको छ, कोही सजिलोसँग बाच्न नै संघर्ष गरिरहनु परेको छ । यही भूमिमा हाम्रो कलेज छ, पढ्ने र पढाउने दुबै यही भूमिका हुन् । प ...
रामचन्द्र तिमोथिप्रमुख, एकता बुक्स एण्ड डिष्ट्रिब्युटर्स, थापाथली, काठमाडौं सरकारले नयाँ बनाएको पाठ्यक्रम प्रारुपमा पुस्तक व्यवसायीहरुको विमति सुनियो, प्रश्न कहाँनेर हो ?पाठ्यक्रम परिवर्तनमा हाम्रो असहमति होइन । असहमति त निर्माण प्रक्रियामा मात्रै हो । पाठ्यक्रम परिवर्तन हुनै पथ्र्यो । दुई दशकदेखि पाठ्यक्रम परिवर्तन हुन सकेको थिएन । यो त झन् ढिला भएको हो । समयसापेक्ष परिवर्तन गर्नै पर्नेथियो । त्यसैले यो स्वागतयोग्य नै छ । तर, यसको तयारीमा यथेष्ट गृहकार्य नभएको हामीले पायौं । अर्कोतिर विषयविज्ञ ...
सरोजकुमार पाण्डेप्रधानाध्यापकतिलिङ्गाटार माध्यमिक विद्यालयधापासी, काठमाडौं तिलिङ्गाटार माविको बारेमा बताइदिनुस न ? यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि हेर्दा प्युपाहरुले टारमा आएर तारो हान्ने ठाउँको रुपमा यसको नामाकरण भएको हो । वि.सं. २०१७ सालमा पञ्चकन्या विद्यालयको रुपमा अनौपचारिक रुपमा शुरुवात भएको यस विद्यालय २०१९ सालमा नेपाल सरकारबाट यसले पञ्चकन्या प्राविको स्वीकृत पाएको हो । २०२८/०२९ सालतिर तिलिङ्गाटार नामाकरण गरेर तिलिङ्गाटार मावि बन्यो । त्यसपछि २०५०/५१ सालतिर उमावि बनेको हो । विद्या ...
लक्ष्मण शर्मानवनिर्वाचित अध्यक्षनेपाल राष्ट्रिय शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा निर्वाचित हुनुभएको छ, कस्तो लागिरहेको छ ?म केन्द्रीय अध्यक्ष बन्नु ८ दश वर्ष अगाडि राखेको तार्गेट हो । यो पेशामा आएपछि शिक्षक संगठनमा युनियनमा काम गरिसकेपछि देशभरिका साथीहरुसँग भेट भयो, सम्पर्क भयो । उहाँहरुले तपाईँ जस्तो व्यक्ति शिक्षक संगठनको केन्द्रमा बसेर शिक्षक आन्दोलनलाई अगाडि बढाउनु पर्छ भन्नुहुन्थ्यो । अनि त्यसोभन्दा मेरो उमेर, लिडरसिप, अनि मैले गरेको योगदान र लगाता ...
डा. गीता खरेलप्रधानाध्यापकरत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय, मध्यवानेश्वर, काठमाडौं रत्नराज्य मावि आजको रत्नराज्य बन्नुको कारण के हो ?विद्यालय एकै दिनमा राम्रो र नराम्रो हुने होइन । यो एउटा इतिहास बोकेको विद्यालय हो । धेरै अघिदेखिका अग्रजहरुको मिहिनेत, सहयोग र सहकार्यमा ईंट्टामा ईंट्टा थप्दै जाने क्रममा यो अवस्थासम्म आइपुग्यो । सामुदायिक विद्यालय राम्रो बनाउनका लागि समुदायको सहयोग चाहिने रहेछ । त्यसका लागि समुदायको विश्वास जित्ने काम गर्नुपर्दो रहेछ । त्यो भनेको गुणस्तर सुधार गर्नु प&ye ...
‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...