हरियाली सल्लेरी जङ्गल छेऊ सुन्दर पक्की भवन । फूलमालासहितका स्वागतार्थीले झैं यो भवनले नजिकैको दङ्गाल र गजुरेल टोल पुग्ने बाटो छेवैमा गाउँलेहरुलाई सधैं स्वागत गरिरहे जस्तो लाग्छ । ३ माघको चिसो दिन, ढल्किँदो घाममा सिरसिर बतास पनि चलिरहेकै थियो, एउटा चिटिक्क परेको साढे दुईतले भवन परिसरमा गाउँलेहरु झुरुप्प थिए । त्यो झुरुप्प समूहमा एक जोडी चिकित्सक दम्पति, भवन ठड्याउने पौरखी/सहयोगी हातहरु, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख, वडाध्यक्ष, गाउँका प्रौढ भद्र महिला–पुरुषहरु, सामाजिक अभियन्ता अनि ...
भ्रमण डायरीदैलेखमा रिपोर्टिङ गर्ने क्रममा गुराँस गाउँपालिकास्थित नेपाल लक्ष्मी आधारभूत विद्यालय गाइबान्ना पुग्ने मौका पाइयो । जहाँ अर्थपूर्ण दृश्य देखिए । प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा विद्यार्थीलाई सिकाउन यहाँ गरिएका प्रयास उदाहरणीय छन् । यहाँ त्यसको संक्षिप्त वर्णन गर्ने प्रयास गरिएको छः आहा ! टेलिभिजन सफा सिनित्त कार्पेट । पिफर्म राखेर लचकदार भूईँ । चिसोको चिन्तै छैन । गुचुमुच्च भएर विद्यार्थी एकै ठाउँ बसेका । प्रारम्भिक बालविकास (इसिडि) भएपनि कक्षा ३ सम्मकै विद ...
५९ वर्षमा जम्मा एकपल्ट मात्र चुनाव नत्र सधैं सर्वसम्मत अठारौंं कार्यकालसम्म एउटा विद्यालयको व्यवस्थापन समितिमा एकपल्ट मात्र चुनाव भएको थियो भन्दा अनौठो लाग्न सक्छ । हो, यस्तै अनौठोे भएको छ, दैलेख जिल्लाको गुराँस गाउँपालिका–७ स्थित शान्ति मावि लालीकाँडामा । यो स्कूलको १७ औं विव्यसको अवधि भर्खरै सकियो र १८ औं नयाँ समिति गठन प्रक्रिया पनि सर्वसम्मतिमै पूरा भयो । ‘अहिलेसम्म यो विद्यालयमा एकपल्ट मात्र चुनाव भयो, नत्र सबैमा सर्वसम्मतिले समिति गठन हुँदै आएको छ,’ प्रधानाध्यापक खगेन्द्र ...
उहाँ देशकै जेष्ठ नागरिकमध्ये एक हुनुहुन्छ । गत कात्तिक ९ गतेबाट ठ्याक्कै उनान्सय पुगेर सय टेक्नुभयो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोट निवासी ओगनाथ नेपाल ‘काजी नेपाल’का नामले गाउँमा चिनिनुहुन्छ । शताब्दी टेकिएको यो उमेरमा उहाँ निकै नै खुशी देखिनुहुन्छ । नित्य नुहाउँनुहुन्छ, खाना अरूचि पटक्कै छैन । निद्रा मजाले लाग्छ भन्नुहुन्छ । कान थोरै सुनेपनि आँखाले राम्ररी ठम्याउँछ । तर पनि एउटा चिन्ता र रोष उहाँ प्रकट गरिरहनुहुन्छ । त्यो के भने वि.सं. २००६ सालमा खोलिएको गाउँको ...
एक महिनाभन्दा केही बढी नै भयो होला । फेसबुकमा एकजना Ma Dibya भन्ने छोरी मान्छेको रिक्वेस्ट आयो । सर्सर्ती प्रोफाइल हेरेँ र ठीकै लागेर कन्फर्म गरेँ । त्यसपछि मेसेन्जरमा मैले आफ्नो परिचय दिएँ । उहाँले पनि परिचय दिनुभयो । कहिलेकाहीँ छोटो कुराकानी पनि हुन थाल्यो । फोनमा पनि बातचीत भयो । उहाँले सामाजिक सेवा आफ्नो रुचि भएको बताउनुभयो । जडीबुटी भन्ने ठाउँमा उहाँको आफ्नै सङ्गीत विद्यालय भएको पनि थाहा भयो । बेलाबेलामा उहाँका पोस्टहरू पनि हेरियो । त्यहाँ कहिले साहित्यिक कार्यक्रममा सहभागी भएका र कहिल ...
उहाँ हुनुहुन्छ, रामबहादुर पल्ली । गुल्मी जिल्लाको गुल्मीदरबार–१, बलिथुमस्थित थाक्सीपोखरा माविमा कार्यालय सहयोगी (पियन) का रुपमा २२ वर्षदेखि कार्यरत हुनुहुन्छ । विद्यालयमा उहाँको नियुक्ति २०५४ साल कात्तिक १ गते भएको थियो । उहाँभन्दा अर्का कार्यालय सहयोगी अझ पुरानो हुनुहुन्छ । गुल्मीदरबार–२ जुभुङस्थित सूर्याेदय माविमा कार्यरत लोकबहादुर घर्तिले सेवा गर्नुभएको ३३ वर्ष बितेको छ । उहाँलाई विद्यालयले २०४३ साल माघ १६ गते नियुक्ति दिएको थियो । शनिबारबाहेक विद्यालयमा हरेक पिरियडमा घण्टी बजाउनु ...
अब विद्यालयमा ‘फास्ट एड बक्स’ अर्थात् उपचार बक्स राख्नैपर्ने भएको छ । सरकारले विद्यालयमा प्राथमिक उपचार ‘फास्ट एड बक्स’ हुनैपर्ने नियम जारी गरेको हो । अकस्मात् घट्ने घटनालाई रोकथाम गर्न राखिएका विभिन्न औषधीको सामान भएको सानो बक्सलाई फास्ट एड बक्स भनिन्छ । जुन बिरामी भएको बेलामा वा चोटपटक लागेको समयमा तत्काललै उपयोग गर्ने सकिने एउटा सजिलो उपचार पद्धति पनि हो । यस्तो बक्समा विद्यालयमा प्राथमिक उपचारका लागि चाहिने आवश्यक सामग्रीहरु जस्तै, सिटामोल, बेन्डेज, कैंची, जीवनजल, भिट ...
‘रेखा मुखिया, बासमति मुखिया र जानकीदेवी आज खोई त ?’एकजना शिक्षकले प्रधानाध्यापक मञ्जु कट्टेलतिर फर्केर प्रश्न गर्नुभयो । ‘विद्यालयमा बोलाउन आज उहाँहरुलाई चाँडै जानकारी भएन, खेतमा गइसक्नु भएछ,’ प्रत्युत्तर आयो । यी तीनजनाको नाम विद्यालयमा हुने हरेक बैठकमा छुट्ने गर्दैन । विद्यालयको हरेक निर्णय र काममा उहाँहरु चासो राख्नुहुन्छ अनि सहभागी बन्नुहुन्छ । विद्यार्थी टन्न छन् र विद्यालय सधैं आउँछन् पनि । तर, आमा अभिभावकहरु विद्यालय आएर बालबालिकाको हाजिरी एकपल्ट नपल्टाई चित्तै बुझ ...
मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयकी सुजिता लम्साललाई ह्याण्डराइटिङ अर्थात् ‘हस्त लेखन’मा निकै रमाइलो लाग्छ । उहाँ कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई आफ्नो जस्तो अक्षर अरुले पनि लेखुन् भन्ने लाग्छ । कक्षागत होस् वा प्रतिस्पर्धात्मक, ह्याण्डराइटिङ गर्न सुजिता तयार भइहाल्नुहुन्छ । ‘ह्याण्डराइटिङले लेखनमा सुधार त हुन्छ नै, शिक्षकको प्रिय पनि हुन पाइँदो रहेछ,’ सुजिताको अनुभव छ । अक्षरलाई राम्रो कसरी बनाउन सकिन्छ भनेर सधैं उहाँ तल्लिन देखिनुहुन्छ । सुजिताका अक्षर चट्ट ...
पुसको ठिही र छोटो दिन । घाम ढल्कँदै थियो । चम्किलो किरण फिकामा मलिन हुँदै गर्दा मनहरि नदीको किनार नजिक एकसरो निलो पोशाकमा बालबालिका पलेँटीबद्ध थिए । तिनका मुहारमा चाहिँ आशा र खुशीका किरण झल्किरहेथ्यो । मकवानपुर जिल्लाको दुर्गम क्षेत्रमध्ये राक्सीराङ गाउँपालिका चैनपुरमा रहेको एउटा विद्यालयमा हेलम्बु एजुकेसन एण्ड लाइभ्लीहुड पार्टनरसिप (हेल्प) संस्थाका स्वयंसेवीहरु रातो झोला लिएर जब पुगे, वातावरण एकाएक गडगडाहट तालीमा गुञ्जायमान भयो । त्यो रातो झोला ‘बाँडिदिऊ न त’ भन्दिए जस्तो केवल औपचार ...
-इसिडिका बालबालिका मन्दिरमा, राम्रा कोठामा चाहिँ ठूला कक्षाका विद्यार्थी -मदरसाको चिसो भूईँमा पलेँटी मार्नुपर्ने कस्तो बाध्यता ? धनुषाको सबैला ठिल्लास्थित सरस्वती माविमा वरपरका स्कूलका तुलनामा भौतिक अवस्था राम्रो देखिन्छ । विद्यालयमा रहेका भवनहरुमा जम्मा ३५ कोठा छन् तर कक्षा अभावमा प्रारम्भिक बालकक्षा (इसिडि)का बालबालिकालाई स्कूल प्राङ्गणभित्रै रहेको सरस्वती मन्दिरमा पढाइने गरिएको रहेछ । मध्य जाडो पुस लाग्नै आटेको छ तर इसिडिका ३ देखि ५ वर्षका ३९ जना बालबालिका लुगलुग कामेर मन्दिरको खुला पर ...
अञ्जन यादवलार्ई टोल–टोल पुग्न निकै हतारो हुने गर्छ । उहाँको हातमा एउटा डायरी कहिल्यै छुट्दैन । त्यसभित्र बालबालिकालाई सिकाउन टिपिएका टिपोट छन् । उहाँ बालबालिकालाई ‘घर भेट’ गर्न टोलमै पुग्नुहुन्छ अनि उनीहरुलाई स्कूलले दिएको गृहकार्यमा परेका अफ्ठ्यारोमा सघाउनुहुन्छ । ‘विद्यालयले गृहकार्य दिएको छ/छैन त्यो हेर्छु,’ अञ्जनले आफ्नो कामको फेहरिस्त लगाउनुभयो । धनुषाको चारनाथ गणेशमान नगरपालिकास्थित महरा टोलमा अञ्जन एक वर्ष यता यसरी नै सक्रिय हुनुहुन्छ । यो दलित बस्ती हो । &ls ...
रीताकुमारी यादव मावि वर्मझियामा बालकक्षाकी सहयोगी कार्यकर्ता हुनुहुन्छ । उहाँ ‘पप्पी ह्विल’ बनाउँदै हुनुहुन्थ्यो । तर, आफ्नो विद्यालयमा होइन, नजिकैको सरस्वती माविमा उहाँको व्यस्तता थियो । पप्पी ह्विल गोलाकार कागजको थियो । जसको बीच भागमा अंग्रेजी वर्ण ‘एटी’ लेखिएको थियो भने बायाँपट्टि ‘ई’ र माथिल्लो छेऊमा ‘सी’ । त्यो ह्विल घुमाउँदै यादवले प्रष्ट्याउनुभयो, ‘यसबाट विभिन्न शब्द बन्छन् । हेर्नाेस् त, यो घुमाउँदा सी ए टी अर्थात् क्याट बन्यो ।&rsquo ...
भक्तपुर जिल्लाको नगरकोटस्थित चुनादेवी मावि अहिले निकै चर्चित छ । कारण यसको पढाइ, आन्तरिक व्यवस्थापन र दीर्घकालीन योजना नै हो । २०४५ सालमा स्थापित यो विद्यालय सदरमुकामदेखि नगरकोट जाने बाटोको १६.४ किमि दूरीमा रहेको छ । विद्यालय नजिकैको काभ्रेपलाञ्चोक जिल्लाको मण्डन–देउपुर गाउँपालिकाबाट विद्यार्थी उल्लेखनीय संख्यामा आउने गरेका छन् । नाल्दुम, ठकुरी गाउँ र चाँगुनारयण नगरपालिका–६ देखिका विद्यार्थी पनि यहाँ पढ्न आइपुग्छन् । पछिल्लो तथ्याङ्क अनुसार विद्यालयमा जम्मा ३४९ जना विद्यार्थी अध्ययनर ...
सिरहा–उहाँ नियमित विद्यालय आउनुहुन्छ । आफ्नो कक्षामा गएर नियमित कक्षा लिनुहुन्छ । महोत्तरी घर भएपनि उहाँले १५ वर्षदेखि भाडाको घरमा बसेर सिरहामा पढाउँदै आउनुभएको छ । तर, एक वर्षदेखि तलब सुविधा भने पाउनुभएको छैन । जिल्ला शिक्षा कार्यालयले उहाँको नाममा एक वर्षदेखि तलब निकासा गरेको छैन । उहाँले २०७३ मंसिर २० देखि आजसम्म तलब–भत्ता नपाउनुभएको हो । यो समस्या सिरहा प्रावि तिरुवाका शिक्षक अशोककुमार सिंहको हो । २०५८ मा सिरहाकै राहुपुर निमाविमा अस्थायी नियुक्ति लिएर पढाउँदै आउनुभएका सिंहक ...
नगरकोट जाने बाटो । बीच जंगलमै छ स्कूल । चारैतिर उकालो–ओरालो । बा२क ५०४० को नम्बरको पहेलो बस सरर आउँछ । चिटिक्क पोशाकमा सजिएका हसिला विद्यार्थी ओर्लन्छन् अनि कक्षा कोठा छिर्छन् । यसरी नै दैनिक ६५ जना विद्यार्थी विद्यालय र घर ओहोरदोहोर गरिरहन्छन् । यो दृश्य भक्तपुरको नगरकोटस्थित चुनादेवी माविको हो । यो सामुदायिक विद्यालयले विद्यार्थी ओहोरदोहोर गर्न बसको व्यवस्था गरेपछि यहाँको बहार नै बेग्लै भएको छ । भक्तपुरको सदरमुकामबाट विद्यालयसम्मको दूरी १६.४ किमि छ । भक्तपुर जिल्ला भइकन पनि काभ्रेपलाञ्चो ...
नवलपुर जिल्लामा उहाँलाई नचिन्ने सायदै होलान् । अझ डण्डा क्षेत्रमा त उहाँ अभिभावककै रुपमा सम्मानित हुनुहुन्छ । सबैले उहाँलाई ‘तुलसी सर’ भन्छन् । जुन तुलसी सर डण्डा क्षेत्रमा शिक्षाको ज्योति बनेर उदाउनुभयो र जीवनभर बलिरहनु भएको छ । आफ्नो जीवन नै शिक्षाका लागि समर्पित गर्ने थोरै मान्छेमा पर्नुहुन्छ उहाँ । साविक नवलपरासीको परासी बजारबाट २०२६ सालमा शिक्षण गर्न भनेर डण्डा ल्याइनुभएका उहाँ आजसम्म यतै रमाउनुभयो । पूरा जीवन नै डण्डाको शिक्षा विकासमा खचर्नुभएका उहाँ घर फर्केर जानु नै भएन । गा ...
रातो चिटिक्क परेको पुस्तकालय । त्यसमा रङ्गीचङ्गी पुस्तकैपुस्तक । स्वाभाविक हो, पाठकहरु पढ्न पुस्तकालय धाउनुपर्छ । सामान्यतः यो अहिलेसम्मकै मान्यता र चलन हो । तर, यो भने बिल्कुल फरक छ । गजब कुरा त के छ भने यो पुस्तकालयचाहिँ पाठककहाँ धाउँछ । अर्थात्, ‘बुक बस ।’ एउटा यस्तो चिटिक्क परेको बस, त्यसभित्र छिर्दा गाडी चढेको अनुभव हुँदैन । फगत किताब छन् । सजाइएका किताब, देख्दै पढौं–पढौं लाग्ने । किताब पनि बालबालिकाका लागि साह्रै रुचिलाग्दा छन् । ज्ञानबर्द्धक, खोजबर्द्धक त हुने नै भ ...
समुन्द्र जस्तो गहिरो तीक्ष्ण नजर, चम्किलो अनुहार, मृदुभाषी व्यवहार र जीवनको अन्तिम अवस्थासम्म पनि युवा जोश देखिन्थ्यो । शरीर कमजोर भएपनि उहाँको हिम्मत र सोंच बलियो लाग्थ्योे । पश्चिम नेपालको बाग्लुङ जिल्लाको अझ दक्षिणी भेगमा त उहाँलाई विकास र शिक्षाको जग नै मान्नेहरु धेरै छन् । उहाँले आफ्नो जीवन नै शिक्षा र स्थानीय विकासमा खर्च गरेर पनि भरी रहिरहनुभयो । उहाँले जीवनभर समुदायको आस्था, विश्वास, अभिभावकत्व, विकास र चेतनाको बत्ति कहिल्यै निभ्न दिनुभएन । त्यसैको कारण त्यो भेग अहिले शिक्षाको आलोकमा उज् ...
शम्भु यादव/लहानसामुदायिक विद्यालयमा शिक्षक भर्नाका लागि सरकारले शिक्षक सेवा आयोगबाट परीक्षा लिन्छ । त्यसमा योग्यता नपुगेकाहरु बाहिरिन्छन् । योग्यहरु छनौट भएर शिक्षक बन्छन् । त्यस्ता शिक्षकहरुले राम्रैसँग पढाउँछन् भन्ने विश्वास हुन्छ । तर, अहिले पनि विद्यालयहरुमा पुराना शिक्षकहरु छन् । यस्ता पुराना शिक्षकहरु कोही प्राविका छन् त कोही निमावि तथा माविका । सिरहामा प्राविमा शिक्षक धेरै छन् । निमावि र मावि विद्यार्थीको अनुपातमा शिक्षक अभाव छ । पुराना शिक्षक निमावि पढाउनै सक्दैनन् भन्ने एउटा तथ्य भेटिएक ...
‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...