२०७८ साउन २२ गते / 6th Aug 2021, Friday
investment investment

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् ।


कार्टुनमार्फत् अभिव्यक्ति स्वतन्त्रतामाथि सत्ता र शक्तिले जहिलेपनि नियन्त्रण गर्न खोज्ने प्रवृत्ति रहेको भन्दै उनीहरुले त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे । सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति नियन्त्रण गर्नेखालको कानून ल्याउने तयारी गरिरहेको सन्दर्भमा नेपाल कार्टुनिष्ट क्लबद्वारा शनिबार राजधानीमा आयोजित ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर्क्रियामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले भन्नुभयो, ‘सत्ता र शक्तिलाई प्रायः कार्टुन मन पर्दैन । सत्ताले चरम दास प्रवृत्तिको रवैया अपनाउँछ, यसको तारोमा कुनैपनि बेला कार्टुन पर्न सक्छ ।’


उहाँले अभिव्यक्तिसँग जोडिएका कार्टुन र पत्रकारिता सबै एकै डुङ्गामा रहेको स्मरण गराउनुभयो । प्रेस मात्र नभई स्वतन्त्र प्रेस चाहिएको उहाँले बताउनुभयो । ‘कार्टुन मात्र पनि होइन, आलोचना गर्नसक्ने कार्टुन चाहिएको हो,’ गाउँलेले भन्नुभयो । यद्यपि, देशको कानूनलाई बुझेर कार्टुन बनाउन उहाँले सुझाउनुभयो । कानूनमा ‘गाली’ र ‘बेइजती’को प्रावधान रहेको र त्यसलाई कार्टुनिष्टहरुले बुझ्नुपर्ने उहाँको जोड थियो । गाउँलेको प्रष्ट्याई थियो, ‘जनतालाई सुसूचित गर्ने तरिकाले कार्टुन बनाएमा र बदनियत छैन भने त्यो गाली बेइजती हुँदैन ।’


कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले विद्रोहबाट शुरु भएको कार्टुनको पहुँच अहिले जनस्तरमा जरा–जरामा पुगेको उदाहरण दिनुभयो । ‘अहिले कार्टुन हेरिने मात्र नभई सुनिन्छ पनि । रेडियोले कार्टुनलाई वर्णन गरेर सुनाइदिन्छ । कायाकैरन सुन्ने दुर्गमका मान्छेले पनि कार्टुनिष्ट चिन्न थालेका छन्,’ क्षितिजले भन्नुभयो ।


उहाँले चुनावमा जुनसुकै दलले पनि अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने बताउने तर सत्तामा पुगेपछि नियन्त्रण गर्ने नियत राख्ने गरेको सुनाउनुभयो ।
सरकारले कार्टुनिष्टको अभिव्यक्ति रोक्न कानून ल्याउन नखोजेको भन्ने गरेपनि त्यसलाई पत्याउन नसकिने क्षितिजले बताउनुभयो । ‘कसैले यो बाघले त बाख्रा खाँदैन भन्यो भने त्यसलाई पत्याए जस्तै हो,’ उहाँले भन्नुभयो, ‘अभिव्यक्ति कुण्ठित गर्ने कानून ल्याउने प्रयत्न भइरहेको छ ।’


अध्यक्ष क्षितिजकै अभिभव्यक्तिसँग क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठको भनाइ पनि मिल्दोे थियो । ‘हात्तीका नाममा कमिलालाई पनि उही व्यवहार गरेझैं एउटै कानूनमार्फत् अभिव्यक्ति नियन्त्रण गर्ने नियत देखिन्छ,’ उहाँले भन्नुभयो । सरकारबाट देखाइने त्रासले ‘सेल्फ सेन्सरसिप’ लाग्ने र अभिव्यक्तिका लागि यो निकै खतरापूर्ण रहेको उहाँको भनाइ थियो । श्रेष्ठले सम्पादकसित बरु बहस र प्रश्न गर्न सकिन्छ तर कार्टुनिष्टले आफूलाई लागेको अभिव्यक्ति कार्टुनमार्फत् प्रकट गर्नु पर्छ भन्नुभयो । ‘आफूले आफैंलाई बन्देज लगाउनु हुन्न । सेल्फ सेन्सरसिपले कार्टुन पत्रकारिताको अभिव्यक्ति स्वतन्त्रता मर्छ,’ उहाँको खबरदारी थियो ।


नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले राज्य संयन्त्रले आलोचना नै सुन्न नचाहिरहेको अवस्था अहिले रहेकाले गणतन्त्रको अनुभूति हुनसकिरहेको छैन भन्नुभयो ।


उहाँले अभिव्यक्ति दबाइन्छ भने त्यसको प्रतिवाद गर्न पनि पत्रकार र कार्टुनिष्टहरुलाई आह्वान गर्नुभयो ।

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...