२०७८ साउन २२ गते / 6th Aug 2021, Friday
investment investment

शिक्षा सचिवको सरुवा, मैनालीको ठाउँमा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् ।


सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । मैनालीलाई भने सरकारले उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ । थपलियाले पाँच महिना पुगेकै दिन यही ६ फागुनबाट सरुवाको रमाना लिनुभएको हो । उहाँले गत असोज ६ गतेबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा काम थाल्नुभएको थियो । त्यसअघि मैनाली महालेखा नियन्त्रक कार्यालयमा हुनुहुन्थ्यो ।


स्रोतका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारुप लागू गराउने क्रममा कक्षा ११ को पाठ्यक्रम कार्यान्वयन र शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री असन्तुष्ट रहेकाले सचिव मैनाली सरुवामा परेको बुझिन्छ ।


पाँच महिनामै सरुवा गरिएकोमा सचिव मैनालीले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ । ‘मलाई अहिले मात्र होइन, बेला–बेला यस्तो भएकै छ । यो नियती हो भन्ठान्छु,’ मैनालीले आजको शिक्षासितको कुराकानीमा भन्नुभयो । सचिवलाई छिटो–छिटो सरुवा गर्दा प्रणाली निर्माणमा अस्थिरता आउने र स्थायी प्रशासनमा स्थायित्व नहुने उहाँको मत छ । ‘जमेको दही हल्लिएको जस्तो हुन्छ । घाटामा प्रणाली, देश र जनता पर्छन्,’ मैनालीको भनाइ थियो ।


पाँच महिनाको अवधिमा संघीय शिक्षा ऐन निर्माण गर्ने सवालमा काम गर्दै गरेको, विश्वविद्यालयसहितका शिक्षाक्षेत्रका ६० अर्ब बेरुजुमध्ये महिनाको कम्तिमा एक अर्ब रुपैयाँ घटाउने योजनामा आफू लागेको मैनालीले जानकारी दिनुभयो । ‘११ वटै विश्वविद्यालयका भिसीहरुसित छलफल गरिरहेका थियौं । महालेखा नियन्त्रक कार्यालयमा रहेको अनुभवलाई प्रयोग गर्न खोजेको थिएँ तर सरुवामा परिहालियो...’ उहाँले सुनाउनुभयो ।

मैनालीको कार्यकाल जम्मा ४ महिना मात्र बाँकी रहेको छ । 

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...