२०७८ असोज ५ गते / 21st Sep 2021, Tuesday
investment investment

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले पत्ता लगाएकाले अब पाठहरु परिवर्तन गर्नुपर्ने जिकिर गर्नुभएको छ ।


‘न्यूटनले गुरुत्वाकर्षण पत्ता लगाएको भनेर पाठमा लेखिएका छन् । तर, त्योभन्दा पाँच सय वर्षअघि नै हाम्रा पूर्वीय गणितज्ञ भाष्काराचार्यले गुरुत्वसम्बन्धी पत्ता लगाएका थिए,’ शनिबार विराटनगरमा आयोजित जनसभामा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यसैले, न्यूटनले भन्दा अघि नै गुरुत्वाकर्षण पत्ता लगाएकाबारे अब पाठहरु फेरिनु पर्छ ।’


भाष्काराचार्य (सन् १११४–८५) भारतका र सर आइज्याक न्यूटन (सन् १६४३–१७२७) बेलायतका थिए ।

 

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...