शिक्षामा कलम चलाइरहेका पत्रकारहरुको संस्था पत्रकार समूह दुई दशक पार गरी २१ औं वर्षमा प्रवेश गरेको छ ।
आमसञ्चार माध्यममा शिक्षा क्षेत्र विशेष सामग्रीले प्राथमिकता नपाइरहेका अवस्थामा ‘शिक्षा विट’ स्थापित गरी शैक्षिक मुद्दा उठाउनका लागि पत्रकारहरु मिलेर २०५७ सालमा शिक्षा पत्रकार समूह स्थापना गरेका थिए । समूहको संस्थापकहरुमा राजन शर्मा, हरि थापा, सुदर्शन घिमिरे, माधवी भट्ट, भूपराज खड्का, देवेन्द्र भट्टराई, पदम गौतम, गणेश बस्नेत, जगत नेपाललगायत हुनुहुन्थ्यो । संस्थापक अध्यक्ष राजन शर्मा हुनुहुन्थ्यो । समूहको अहिलेसम्म अध्यक्ष बनिसक्नुभएका पत्रकारहरुमा राजन शर्मा, हरि थापा, सुदर्शन घिमिरे, भूपराज खड्का, नारायण अमृत, प्रकाश सिलवाल, सुदर्शन सिग्देल, दीपक दाहाल, रोश्ना सुब्बा र तुला अधिकारी हुनुहुन्छ ।
शिक्षा पत्रकार समूहको स्थापना गर्नुमा तीन उद्देश्य रहेको संस्थापक अध्यक्ष राजन शर्मा बताउनुहुन्छ । ‘पहिलो उद्देश्य शिक्षाबारे पत्रकारहरुबीच आफैमा बहस गरी एजेण्डा बनाउने थियो । दोस्रो, शिक्षाको विषयलाई मूल प्रवाहीकरण र तेस्रो, शिक्षा पत्रकारले आम जनता, शिक्षक–विद्यार्थी, सरोकारवाला, शिक्षाविद् तथा सरकारबीच सूचना आदानप्रदान र समन्वय गराई पुलको काम गर्ने थियो,’ शर्माले भन्नुभयो ।
समूहले प्रारम्भकालदेखि नै शिक्षाका नीतिगत र समसामयिक विषयमा साप्ताहिक अन्तर्क्रिया गर्दै आएको छ । मूल धारका छापा र विद्युत्तीय सबैखाले आमसञ्चार माध्यममा कार्यरत पत्रकारलाई शिक्षामा लेख्न प्रोत्साहन गर्दै आएको समूहले गहन अध्ययन गरी ‘टेकोले धानेको घर’, ‘शिक्षाका चार मुद्दा’, ‘कसीमा निजी विद्यालय’, ‘विद्यालय शान्तिक्षेत्र’, ‘शिक्षामा कार्टुन: चित्रविचित्र’, ‘विद्यालयमा माध्यम भाषा’लगायतका महत्वपूर्ण पुस्तकहरु प्रकाशन गरिसकेको छ । साथै, विद्यालय बाहिर रहेका बालबालिकालाई भित्र्याउन सरकार र गैरसरकारी संघ–संस्थासितको सहकार्यमा विभिन्न अभियानहरुमा सरिक हुँदै आएको छ ।
समूह २१ औं वर्षमा प्रवेश गरेको अवस्थामा यसको सातै प्रदेशहरुमा समन्वय समिति गठन भइसकेको छ । समूहले हरेक फागुन ५ लाई स्थापना दिवशका रुपमा मनाउँदै आएको छ । यही दिन साधारणसभा गरिँदै आएपनि २०७७ बाट भने भदौबाट गर्न थालिएको छ । शिक्षामा काम गरेका व्यक्तित्वहरुलाई वार्षिकोत्सवका दिन सम्मान गर्ने प्रचलनमा रहेको समूहले यो वर्ष भने कोरोनाा महामारीले अफ्ठ्यारो पारेका कारण सम्मान कार्यक्रम राखेको छैन । समूहले २१ औं वार्षिकोत्सव काभ्रेपलाञ्चोकको धुलिखेलमा सदस्यहरुका साथ मनाउने कार्यक्रम राखेको छ । ‘निश्चय पनि वार्षिकोत्सवमा हुने छलफलबाट हामीले थप उर्जा पाउँनेछौं,’ समूहका अध्यक्ष तुला अधिकारीले भन्नुभयो ।
‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...
Comments