शिक्षाको राष्ट्रिय, वैयक्तिक र सामाजिक उद्देश्य हुन्छन् । शिक्षाले व्यक्तिको आवश्यकता, सामाजिक चाहना र राष्ट्रको अपेक्षा पूरा गर्नु पर्दछ । महान् दार्शनिकद्वय प्लेटो तथा अरस्तुका अनुसार शिक्षाको उद्देश्य नागरिक जीवनका लागि आवश्यक ज्ञान आर्जन गर्नु हो, जसले आदर्श राज्य निर्माण गर्न सघाउँछ । नागरिक जीवनका लागि ज्ञान, सीप र स्वभाव चाहिन्छ । सामाजिक जीवनमा नैतिक आचरण र सामुदायिक भावना विकास गर्न सक्नु पर्छ । आधुनिक राज्य प्रणालीमा पनि शिक्षाका आधारभूत उद्देश्य परिवर्तन भएका छैनन्, परिमार्जित भएका छन् ।
शिक्षाले व्यक्तिको मानसिक क्षितिज उघ्रिन्छ, सबै प्रकारको चेतनाको स्तरलाई फराकिलो पार्दछ ताकि व्यक्ति जागरुक, सिर्जनशील र विवेकशील बन्न सकोस् । शिक्षाले व्यक्तिलाई बोझिलो बनाउन हुँदैन । ज्ञान, सीप र असल चरित्र निर्माण गर्ने शिक्षा नै वास्तविक शिक्षा हो । राज्य प्रणालीको स्तर, मुलुकको समृद्धि, सामुदायिकता र सभ्यता सबै शिक्षाका परिणाम हुन् । त्यसैले, असल आचरणसहितको सीपयुक्त नागरिक उत्पादन गर्नु राज्यको प्राथमिक दायित्व हो । व्यक्तिमा अन्तर्निहित सम्भावनालाई उजागर गरी सीपयुक्त बनाउन राज्य र विश्वसंस्थाहरु क्रियाशील रहन्छन् । समाजको स्वरुप पनि शिक्षाले नै निर्धारण गर्दछ । विश्व एक्काइसौं शताब्दीमा प्रवेश गर्नै लाग्दा आउँदो शताब्दीको स्वरुप कस्तो हुने भन्ने अनुमान र अध्ययनमा फ्रेडरिको मायोर, कोफी अन्नानहरु बेस्सरी लागि परेका थिए । स्वतन्त्र विचारक र सार्वजनिक बौद्धिकहरु पनि शताब्दीका लागि कस्तो शिक्षा भन्ने विषयमा चिन्तनशील थिए । विचार, चिन्तन र चिन्ताका परिणाम नै शिक्षा क्षेत्रमा पुनर्बोध सम्भव हुँदै आएको छ । तर, ज्ञान र प्रविधिको निरन्तर बिष्फोट भइरहेको विश्वसमाजमा सिर्जित ज्ञान तथा प्रविधिको उपयोगमा अनुकूलित हुँदै थप नवप्रवर्तनमा क्रियाशील हुने शिक्षा चाहिन्छ । अन्यथा, शिक्षा र समाजको सम्बन्ध सन्तुलित हुँदैन ।
एक्काइसौं अद्र्धसदीतिर पुग्दा के कस्तो शिक्षा चाहिएला भने युभल हरारी जस्ता दार्शनिकहरु अनुमान लगाइरहेका छन् । सर्वव्यापी शिक्षा, जीवनोपयोगी सीप र सिर्जनशीलता साझा निष्कर्ष हो । शिक्षाको उज्यालो घाम र सीप विकास गर्ने अवसर सबैलाई उपलबध गराई सबै प्रकारका अभाव, असमानता र विपन्न्ता निर्मूल पार्न सकिन्छ भन्ने मान्यतामा राज्यहरु निर्दिष्ट छन् । तर, अल्पविकसित मुलुकहरु आधारभूत शिक्षा साक्षरता, माध्यमिक शिक्षा सीप र उच्च शिक्षा प्रतिस्पर्धामुखी बनाउनेतर्फ खासै उपलब्धि दिन पछि परे । परिणामतः अभाव, विन्नता, बञ्चिती र बेरोजगारीको समस्यामा मुलुकहरु रहिरहे । शिक्षा र श्रमबीच सम्बन्ध टुट्यो, शिक्षितहरु त झनै काममा हुनुपर्ने हो तर शिक्षित व्यक्ति श्रममा होइन टेवुलमा, कुराकानीमा र अक्षरमा जाने प्रवृत्ति स्थापित भयो । यसले कामकाजी मानिस मात्र नबनाएको होइन, सिर्जना र सकारात्मकता पनि निर्माण गरेन र नागरिकहरुमा उपभोगको संस्कार देखिन थाल्यो । त्यसैले, अल्पविकसित मुलुकहरु अविकासको चंगुलमा फसे, समग्र विकासमा पछि परे ।
नेपालमा शिक्षा विकासको दृष्टिकोण औपचारिक रहँदै आएको छ । शैक्षिक अनुष्ठानहरु नागरिक सीप र स्वभाव परिवर्तनका स्थल बन्न सकेका छैनन्, न त पाठ्यक्रम, पाठ्य वातावरण र शिक्षण विधि नै त्यस अनुरुपको छ । राष्ट्रिय शिक्षा पद्धतिका नाममा २०२८ मा जीवनोपयोगी र व्यवहारिक शिक्षा दिने कार्यक्रम कार्यान्वयन गरिएको थियो । तर, रणनीतिगत सतहीपनका कारण यो परियोजनामा सीमित भयो, पद्धति बन्न सकेन । एक दशकपछि सूचनामुखी औपचारिक शिक्षा पद्धतिमा मुलुक पछिल्तिर मात्र फर्केन, यसअघि स्थापित शैक्षिक मूल्य पनि विनाश भयो, नयाँ प्रणाली स्थापित भएन । त्यसपछि शैक्षिक अभिमुखीकरण उल्टो दिशातर्फ गयो, लगातार ‘टेबुल मानिस’ बनाउने काम हुँदै आएको छ ।
नेपालमा शिक्षा विकासको दृष्टिकोण औपचारिक रहँदै आएको छ । शैक्षिक अनुष्ठानहरु नागरिक सीप र स्वभाव परिवर्तनका स्थल बन्न सकेका छैनन्, न त पाठ्यक्रम, पाठ्य वातावरण र शिक्षण विधि नै त्यस अनुरुपको छ । राष्ट्रिय शिक्षा पद्धतिका नाममा २०२८ मा जीवनोपयोगी र व्यवहारिक शिक्षा दिने कार्यक्रम कार्यान्वयन गरिएको थियो । तर, रणनीतिगत सतहीपनका कारण यो परियोजनामा सीमित भयो, पद्धति बन्न सकेन । एक दशकपछि सूचनामुखी औपचारिक शिक्षा पद्धतिमा मुलुक पछिल्तिर मात्र फर्केन, यसअघि स्थापित शैक्षिक मूल्य पनि विनाश भयो, नयाँ प्रणाली स्थापित भएन । त्यसपछि शैक्षिक अभिमुखीकरण उल्टो दिशातर्फ गयो, लगातार ‘टेबुल मानिस’ बनाउने काम हुँदै आएको छ ।
चालिसको दशकपछि उदारीकरणका नाममा निजी विद्यालयहरु खुले, शैक्षिक विभेदीकरणको संस्थागत भयो, हुने र नहुनेको शिक्षा छुट्टै भयो, शिक्षालयहरु व्यापारिक कम्पनी भए । शुल्क संरचनामा पनि एकरुपता भएन । विकेन्द्रीकरणका नाममा सार्वजनिक शिक्षाको सामुदायीकरण भयो, शिक्षकहरु राजनीतिकृत भए । शिक्षक र शिक्षार्थी दुबैमा अनुशासनहीनता बढ्न गयो । निजी विद्यालयहरु नियमन श्रृङ्खलामा समेटिएनन् । चार विषय विधामा प्राविधिक शिक्षा एवम् व्यावसायिक तालीमका लागि ट्रेडस्कूल खोलिएका छन् । तर, अभिमुखीकरण र प्रशिक्षण सीपको कमजोरीका कारण यसले पनि स्वरोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य अपेक्षाअनुरुप पूरा गरेन । डकारलगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा गरिएको प्रतिबद्धताले शिक्षा क्षेत्रमा लगानी भने बढ्न गयो । आवश्यकताभन्दा सामाजिक–राजनीतिक उपभोगका लागि पनि विद्यालय सञ्चालनमा छन् । यी कारणले शिक्षाको व्यवहारिक उद्देश्य सीपयुक्त अनुशासित जनशक्ति उत्पादन गर्न शिक्षा प्रणाली असफल देखियो । शिक्षाले रोजगारी बनाएन, जागिर खोज्ने शिक्षा हाम्रो वास्तविकता बन्यो । शिक्षाले श्रमप्रति सम्मान गरेन, ज्ञान एवम् जानकारीलाई प्रधानता दियो । सकारात्मक संस्कृतिलाई पनि आत्मसाथ गरेन, सामाजिक विश्रृङ्खलताले बढवा पायो । सिर्जना र नवप्रर्तनतर्फ प्रवृत्त भएन, उपभोगवादी संस्कृति देखियो । शिक्षित व्यक्तिहरुमा आफ्नो ज्ञान र सीपप्रति विश्वास र स्वयं उत्साह पनि देखिएन । परिणाम न सीप, न संस्कार न सशक्तिकरण र समानताको अवस्था देखिन पुग्यो ।
बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनादेखिका आँकडा हेर्ने हो भने शिक्षा लगायत सामाजिक क्षेत्रमा मुलुकले केही प्रगति गरेको सूचकाङ्कहरु हामीसँग छन् । प्राथमिक तहको खुद विद्यार्थी भर्ना दर (१ देखि ५ वर्ष) ९६.५ प्रतिशत, विद्यालय छाड्ने दर ३.६ प्रतिशत, विद्यालयमा रहने अवधि १२.२ वर्ष र छात्र–छात्रा अनुपात १००.१ पुगेको छ । केही वर्षपछि मुलुक नै पूर्णसाक्षर हुने अभियानमा छ । यो राम्रो कुरा हो । तर, यतिले मात्र पुग्दैन । शिक्षा पद्धतिले जीवन पद्धति सुधार गर्न सक्नु पर्छ, जागिर खोज्ने शिक्षा होइन, जागिर बनाउने शिक्षा हुनु पर्दछ । शिक्षा प्रणालीले प्रत्येक व्यक्तिको सुरक्षित भविष्यको ग्यारेन्टी गर्नु पर्दछ । परापेक्षी होइन, स्वाधिन र सशक्त नागरिक भावनाबोध हुने ज्ञान, सीप र स्वभाव दिनु पर्दछ । किनकि, शिक्षा सबै प्रकारको पछैटेपन, भेदभाव र अभाव अन्त्य गर्ने एकैशक्ति हो । जवसम्म शिक्षालाई व्यक्तिको सर्वाङ्गिण विकासको माध्यम बनाउन सकिदैन, यसले सामाजिक समस्या हल गर्ने होइन, समस्याको सिर्जना मात्र गर्छ । समाजले खोजेको शिक्षा बास्तविक मानव विकासको आधार बन्न सक्ने शिक्षा हो, न कि अक्षरमार्फत ज्ञान र जानकारी मात्र लिने शिक्षा । जीवन पर्यन्त सीप र चेतना दिने शिक्षा नै एक्काइसौ सताव्दीको माग हो । दिगो विकास लक्ष्यले पनि यसै कुरालाई जोड दिएको छ ।
कोभिड–१९ ले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्र सामाजिक क्षेत्र, त्यसमा पनि स्वास्थ्य र शिक्षा हो । कोभिडकै कारण करिव ८७ लाख विद्यार्थीहरु विद्यालय कोठाभन्दा बाहिर पुगे । शैक्षिक शत्र नै हराउँला कि भन्ने चिन्ता र थुप्रै मनोत्रास पनि नरहेको होइन । तर, नेपाल सरकारको हालैको निर्णयले शिक्षा मन्त्रालयलाई शैक्षिक शत्र व्यवस्थापन गर्न र विद्यार्थी स्थानान्तरण गर्न निर्देशन दिएको छ । यसबाट कक्षा दश (एसइइ)को परीक्षा सञ्चालन, व्यवस्थापन र शैक्षिक शत्रसम्बन्धी अन्यौल अन्त्य भएको छ ।
तर, कोभिडको मनोत्रास अझै सकिएको छैन । अभिभावकहरु आफ्ना बालबालिकाको भविष्यप्रति चिन्तित छन् । कतिपय स्थानमा वैकल्पिक सिकाइ र पठनविधि अपनाइएको छ । सामाजिक, भौगोलिक, आर्थिक, प्रविधि पहुँच, शारीरिकलगायतका विविधिताले वैकल्पिक सिकाइ र परीक्षण विधि स्थापित गर्ने चुनौती बाँकी छ । तहगत सरकार र शैक्षिक अनुष्ठानहरुबीच जोखिम संवेदनशीलताका आधारमा विभिन्न विधिमा शैक्षिक गतिविधि सुचारु गर्ने साझा बुझाइ कायम गरी औपचारिक शिक्षण र वैकल्पिक शिक्षण विधिलाई एकअर्काको परिपूरण गर्नुपर्ने आवश्यकता पनि छ । यसले नयाँ समान्यीकरणको अवस्थामा समाज नपुगेसम्मको एउटा रणनीतिक खोज चाहेको छ ।
बिस्तारै कोभिड–१९ को महामारीबाट विश्व नयाँ सामान्यीकरणतर्फ जाँदैछ । सामान्यीकरणमा गएपनि यसले केही विशिष्ट प्रभाव र सन्देश छाडेर जाँदैछ । हरेक विपत्तिको पहिलो मार गरीब र विपन्नमाथि पर्दछ, कोभिडले पनि त्यहीँ देखाइयो । सामान्य गरिबीमा रहेकाहरु चरम गरिबीतिर धकेलिँदैछन्, न्यून आय वर्गीय परिवारमा गरिबीको सबै स्वरुप देखिँदैछ । किनकि, आपूर्ति श्रृङ्खला टुटेको छ, रोजगारी खोसिएको छ, उत्पादनहरु महङ्गा भएका छन्, गतिशीलता एकदमै सीमित छ । आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने अभियानमा यो गम्भीर चुनौती हो । अनेकौं यस्ता चुनौती भविष्यमा पनि नआउँलान् भन्न सकिन्न । यसर्थ, शिक्षा प्रणालीलाई आमूल परिवर्तन गर्ने यो उपयुक्त समय पनि हो । शिक्षा व्यक्ति आफैंलाई बोझिलो हुनु हुँदैन । जीवनोपयोगी शिक्षामार्फत् नागरिक सशक्तिकरण गर्न शिक्षाका संरचनामा आमूल परिवर्तनको आवश्यकता छ । विज्ञका सुझाबहरु फेरि ज्ञानमुखी र अव्यवहारिक हुनसक्छन्, जस्तो विगतदेखि नै देखिँदै आएको छ । सिंगापुरका नेता ली क्यान यूले देश निर्माणको समयमा थोरै सिकाउने, धेरै जान्ने शिक्षामा जोड दिएथे, त्यो व्यावसायमूलक सीप दिने शिक्षा थियो । यसले के पुष्टि गर्दछ भने असल आचरण दिने र सीपयुक्त शिक्षामार्फत् नागरिकलाई सशक्तिकृत गरेपछि धेरै प्रकारका दैनन्दिनी आवश्यकता उसले आफैं पूरा गर्दछ र राष्ट्र निर्माणको बाटो स्वचालित हुन्छ ।
शिक्षाको उल्लिखित उद्देश्य पूरा भएपछि सामाजिक गतिशीलतासँग अनुकूलित हुने क्षमता विकास हुने मार्ग प्रशस्त हुन्छ, व्यक्ति प्रतिस्पर्धी अनि नवप्रवर्तित हुँदै जान्छ । समाजलाई गतिशील बनाउनु र गतिशील समाजसँग अनुकूलित हुँदै जानु शिक्षाको नियम हो, विकासको सिद्धान्त पनि हो । ज्ञान र प्रविधिको विष्फोट भइरहेको एक्काइसौं शताब्दीमा त्यसैसँग अनुकूलित हुँदै जाने स्वचालित प्रणाली विकास गर्न नसकिएमा आजको पुस्ता मात्र होइन, आउने पुस्ता पनि गतावधिक र अस्वाभाविक बन्नेछ । यसखाले चुनौतीले रोजगारी, उपयोग, गतिशीलता, सामाजिक सम्बन्ध, व्यवहार, उत्पादन र आपूर्ति प्रणालीलगायत जीनको सबै पहलूलाई एकसाथ प्रभाव पार्ने निश्चित छ । भविष्य यस्तै हुन्छ भनेर भन्न सकिँदैन तर यस्तो प्रवृत्तिबाट गतिशील छ र चुनौती यसखाले आउँदैछन् भन्न भने सकिन्छ । शिक्षाले स्वाभाविक रुपमा सबैखाले चुनौती सम्बोधन गर्ने सीप, सामथ्र्य र उत्साह सिर्जना गर्नु पर्दछ । अन्यथा, त्यो शिक्षा प्रणाली नै गतावधिक बन्ने छ ।
(नीति व्यवस्थापन, विकास र आर्थिक विधामा सुपरिचित मैनाली नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव हुनुहुन्छ ।)
‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...
Comments