२०७८ कार्त्तिक ४ गते / 21st Oct 2021, Thursday
investment investment

प्रतिवेदन छाप्ने संस्थालाई कार्बाही गर्ने सरकारी कदमविरुद्ध दुई महासंघको विरोध

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिकका क्रममा त्यसलाई सरकारी निशाना छापसहित छाप्ने दुई संस्थामाथि ‘अनधिकृत’ काम गरेको अभियोग लगाई कडा कार्बाही गर्न खोजिरहेको सरकारको कदमप्रति गैरसरकारी संस्था महासंघ र विद्यालय व्यवस्थापन समिति महासंघले विरोध जनाएका छन् ।


गैरसरकारी संस्था महासंघ नेपालले शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल र ग्लोबल एक्सन नेपाललाई सरकारबाट संस्था खारेजीसम्मको कार्बाही गर्न खोज्नुलाई गम्भीर त्रुटि हुने र त्यसबाट स्वतन्त्रताको हनन् हुनेतर्फ सचेत तुल्याएको छ ।


महासंघले अध्यक्ष जितराम लामा र महासचिव रामप्रसाद सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्ति शुक्रबार जारी गर्दै भनेको छ, ‘प्रतिवेदन सार्वजनिक गरेका कारण र उपर्युक्त त्रुटिका लागि सचेत र सजग गराउन आवश्यक भएतापनि सोही कारण संस्था खारेजीसम्मका कार्बाही अगाडि बढाउन खोज्नु भने सरकारको गम्भीर त्रुटि हुने र विद्यमान ऐनद्वारा प्रत्याभूत स्वतन्त्रताको हनन् हुने कुराप्रति ध्यानाकर्षण गराउन चाहन्छौं ।’ महासंघले प्रतिवेदन सार्वजनिक गरिनुलाई सकारात्मक भनी टिप्पणी गरेको छ । ‘करिव दुई वर्ष अगाडि नै सम्बन्धित आयोगद्वारा प्रधानमन्त्रीसमक्ष बुझाइएको शिक्षा जस्तो आधारभूत सार्वजनिक सेवाको विषयसम्बन्धी प्रतिवेदन हालसम्म पनि सरकारका तर्फबाट सार्वजनिक नगरेको परिप्रेक्ष्यमा सामाजिक संस्थाको पहलमा सार्वजनिक हुनु सकारात्मक कुरा हो,’ महासंघले प्रष्टसाथ भनेको छ, ‘प्रतिवेदन सार्वजनिक गरेका कारण मुलुकको शान्ति सुरक्षामा आँच पुग्ने, कुनै संवेदनशील सूचना प्रकाशित गरेको र अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्धमा आँच आउने स्थिति देखिँदैन । बरु, प्रतिवेदन प्रकाशन गर्ने कार्य सूचनाको हकसँग सम्बन्धित विषय पनि हो ।’


तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका बहुमत सदस्यहरुले सार्वजनिक गरेको प्रतिवेदन नेपाल सरकारको निशाना छाप र शिक्षा मन्त्रालयको नामसहित एनसिई नेपाल र ग्लोबल एक्सन नेपालले छापेको थियो । यस काममा प्रतिलिपि अधिकारको उल्लंघन गरी आयोगको प्रतिवेदन प्रकाशित गरेको कारण देखाउँदै दुबै संस्थाविरुद्ध अभियोग लगाई कार्बाही गर्न कडा कदम चाल्न लागेको भन्ने विषयप्रति सरकारप्रति गैरसरकारी संस्था महासंघ नेपालले विज्ञप्तिमार्फत् विमति जनाएको हो । त्यस्तो प्रतिवेदन सम्बन्धित आयोगका बहुमत सदस्यकै सहभागितामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गर्ने कार्य कुनै गैरकानूनी नभएको तर सरकारको सहभागिता र स्वीकृतिविना निशाना छाप प्रयोग हुनु भने प्राविधिक त्रुटि मात्र भएको महासंघले ठहर गरेको छ ।


महासंघले यो प्राविधिक त्रुटिका लागि आफ्नो कमजोरी स्वीकार गर्न र आगामी दिनमा यस प्रकारका गल्ति नदोहो¥याउने प्रतिबद्धता देखाउन सम्बन्धित संस्थालाई सुझाएको छ । ‘गैसस महासंघ नेपाल आफ्ना सदस्य संस्थाहरुलाई प्रतिलिपि अधिकार र अनधिकृत लोगो प्रयोग गर्ने सवालमा सचेत हुन अनुरोध गर्दछ,’ विज्ञप्तिमा उसले भनेको छ ।


साथै, नेपाल सरकारले यस विषयमा कडा कदम चाल्दा संयमित हुन र सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी समस्याको समाधान गर्नसमेत महासंघले आग्रह गरेको छ ।


यसैगरी, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रतिवेदनलाई प्रकाशन गरी जनसमक्ष ल्याइनु गलत कार्य होइन । मन्त्रालयले सम्बन्ध बिच्छेद गर्ने र कानूनी कार्बाही गर्ने कदमलाई फिर्ता लिन आग्रह गर्दै महासंघले दुबै संस्थाले सार्वजनिक शिक्षामा विगतमा पुर्याएका महत्वपूर्ण योगदानहरु र प्रयासलाई मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएको छ ।


दुबै संस्थाले तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्यहरुको अनुरोधमा सोही आयोगको प्रतिवेदन छापेका थिए । आयोगको प्रतिवेदन २०७५ माघ १ गते प्रधानमन्त्रीसमक्ष बुझाइएपनि त्यसलाई गुपचूप रुपमै राखिएको थियो ।

 

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...