२०७७ असोज ६ गते / 22nd Sep 2020, Tuesday
investment investment

पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक

पाठ्यक्रम विकास केन्द्रले कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि ‘पाठ्यवस्तु समायोजन ढाँचा २०७७’ सार्वजनिक गरेको छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलमार्फत् पाठ्यवस्तु समायोजन ढाँचा आज मंगलबार भर्चुअल पत्रकार सम्मेलन गर्दै केन्द्रले ढाँचा बनेको जानकारी गराएको हो । कार्यक्रममा ढाँचाको पूर्णांश भने बाँडिएन । ढाँचाको मुख्य अंशहरु समेटी शिक्षामन्त्रीको वक्तव्यमार्फत् सार्वजनिक गरिएको हो । शिक्षा मन्त्रालयले यही १९ भदौमा जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार गरिने शिक्षण तथा मूल्याङ्कन विधिका निम्ति सघाऊ पुर्याउन पाठ्यवस्तु समायोजन ढाँचा ल्याइएको हो ।

मन्त्री पोखरेलले आउँदो वैशाख अघि नै शैक्षिक शत्र पूरा गरिने बताउनुभयो । उहाँले यही समयमा पाठ्यभार सकिनेगरी पाठ्यवस्तु समायोजन ढाँचा ल्याइएको हो भन्नुभयो । 


‘विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुनेगरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र पाठ्यक्रमका पाठ्यवस्तुु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्याङ्कनका उपाय सुझाउने उद्देश्यले पाठ्वस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको छ,’ मन्त्रीको वक्तव्यमा भनिएको छ । यसलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्नसमेत मौजुदा पाठ्यक्रमका पाठ्यवस्तुुलाई समायोजन गर्नुपर्ने आवश्यकता रहेको मन्त्रीको वक्तव्यमा उल्लेख छ ।


नेपालको भूभाग र सीमानासम्बन्धी स्वाध्याय सामग्री


यसैबीच, मन्त्री पोखरेलले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित ‘नेपालको भूभाग र सीमानासम्बन्धी स्वाध्याय सामग्री’ पनि सार्वजनिक गर्नुभएको छ ।
हालै सरकारले जारी गरेको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतलाई यस स्वाध्याय पुस्तकमा समेटिएको बताइएको छ । देशका सीमा स्तम्भ र पछिल्लो नक्साबारे यस सामग्रीमा जानकारी दिइएको छ ।

पाठ्यवस्तुु समायोजनका लागि एकीकरण, समूहीकरण, प्राथमिकीकरण सिद्धान्तलाई अवलम्बन गरिएको बताइएको छ । यी सिद्धान्तका आधारमा तहगत र विषयगत रूपमा प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्न सक्नेछन् । पाठ्यवस्तुु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तुु छुट्याउने आधारसहित नमूना ढाँचा यसमा प्रस्तुत गरिएको छ । यसका आधारमा विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्याङ्कन योजना बनाउन सक्नेगरी प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ ।


विद्यार्थीको सिकाइको मूल्याङ्कन प्रमाणका आधारमा गर्नुपर्नेमा ढाँचामा जोड दिइएको छ । ‘विद्यार्थीको मूल्याङ्कन गर्दा के आधारमा गरियो र कुन मापदण्डमा अङ्कन र श्रेणीकरण र स्तरोन्नति गरियो भन्ने कुरामा शिक्षक सुनिश्चित हुनु पर्छ अनि अभिभावक, विद्यार्थी र सम्बद्ध सरोकारवालालाई पनि सोको जानकारी गराउनुपर्छ,’ मन्त्री पोखरेलले वक्तव्यमा भन्नुभएको छ, ‘मूल्याङ्कनलाई वस्तुनिष्ठ, प्रामाणिक र गुणस्तरीय बनाउने जिम्मेवारी स्वयम् शिक्षकको हो । सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन, प्रयोगात्मक मूल्याङ्कन र प्रमाणीकरण मूल्याङ्कनबाट विद्यार्थीको कक्षोन्नति गर्न सकिन्छ ।’

पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिकका क्रममा पत्रकार सम्मेलनमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहाल र मन्त्रालयका प्रवक्ता दीपक शर्मा मन्त्रीका साथमा हुनुहुन्थ्यो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा जारी वक्तव्य

कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागिपाठ्यवस्तुु समायोजन ढाँचा, २०७७
पत्रकार मित्रहरू !
कोभिड १९ को सङ्व्रmमणका कारण विद्यालयमा प्रत्यक्ष साक्षात्कार कक्षा हुन नसकी सिकाइ प्रणाली अवरुद्ध रहेकोे अवस्थामा सिकाइ प्रणालीलाई सुचारु राख्न, विद्यार्थीको शैक्षिक वर्षको क्षति हुन नदिन र वैकल्पिक उपायको अवलम्बन गर्न विद्यार्थीमा पाठ्यक्रमले तोकेका न्यूनतम सिकाइ उपलब्धिहरू हासिल हुने गरी आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सिर्जना गर्नु आवश्यक देखिएको छ । यस अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई तत्कालका लागी सिकाइ सहजीकरणको मूल प्रणालीका रूपमा लागु गरी नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्थामा समेत यस प्रणालीलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्नसमेत मौजुदा पाठ्यव्रmमका पाठ्यवस्तुुलाई समायोजन गर्नुपर्ने आवश्यकता देखिएको छ । यही आवश्यकता पूर्तिका लागि विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र पाठ्यक्रमका पाठ्यवस्तुु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्याङ्कनका उपाय सुझाउने उद्देश्यले पाठ्वस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको छ ।


पाठ्यवस्तुु समायोजनका लागि एकीकरण, समूहीकरण, प्राथमिकीकरण सिद्धान्तलाई अवलम्बन गरिएको छ । यी सिद्धान्तका आधारमा तहगत र विषयगत रूपमा प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तुु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तुु छुट्याउने आधारसहित नमुना ढाँचा प्रस्तुत गरिएको छ । यसका आधारमा विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्याङ्कन योजना बनाउन सक्ने गरी विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ ।


संक्रमणकालमा शिक्षकले पाठ्यपुस्तकका पाठ पढाएर सक्ने विषयमा आधारित नभई पाठ्यव्रmममा आधारित सिकाइ उपलब्धिलाई आधार मानी सिकाइलाई प्राथमिकतामा राखेर पाठ्यव्रmमले तोकेका वैकल्पिक विधिको प्रयोगका लागि शिक्षक निर्देशिका, तालिम प्याकेजको अध्ययन, अनुभवी शिक्षक प्रशिक्षकसँग छलफल, स्थानीय विज्ञ व्यक्तिसँगको परामर्श र अध्ययन गरी महामारीका अवस्थामा विद्यार्थीको सिकाइलाई प्रभावकारी रूपमा निरन्तरता दिने विधिको चयन गरी प्रयोग गर्नुपर्छ । घरमै बसेर गरिने सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल लगायतका विभिन्न वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्न शिक्षकले पुनरावलोकन मोड्युल, आधारभूत मोड्युल र सुदृढ मोड्युल तयार गरी पाठ्यव्रmमका विषयवस्तुलाई शिक्षकले नै समायोजन गरी सहजिकरण गर्नु पर्ने हुन्छ ।


विद्यार्थीको सिकाइको मूल्याङ्कन प्रमाणका आधार (Evidence Based) मा गर्नुपर्छ । विद्यार्थीको मूल्याङ्कन गर्दा के आधारमा गरियो र कुन मापदण्डमा अङ्कन र श्रेणीकरण र स्तरोन्नति गरियो भन्ने कुरामा शिक्षक सुनिश्चित हुनुपर्छ अनि अभिभावक, विद्यार्थी र सम्बद्ध सरोकारवालालाई पनि सोको जानकारी गराउनुपर्छ । मूल्याङ्कनलाई वस्तुनिष्ठ, प्रामाणिक र गुणस्तरीय बनाउने जिम्मेवारी स्वयम् शिक्षकको हो । सिकाइ सहजीकरणका व्रmममा गरिने मूल्याङ्कन, प्रयोगात्मक मूल्याङ्कन र प्रमाणीकरण मूल्याङ्कनबाट विद्यार्थीको कक्षोन्नति गर्न सकिन्छ ।


शिक्षकले आन्तरिक र आवधिक मूल्याङ्कन गर्दा विद्यार्थीको लिखित कार्य, मौखिक कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अन्तर्वार्ता आदि जुनसुकै प्रक्रिया अपनाएको भए पनि ती विद्यार्थीको सहभागितामा गरिएको हुनुपर्ने छ । विद्यार्थीको मूल्याङ्कन र श्रेणीकरणका लागि प्रयोग गरिएका सबै साधन सुरक्षित राख्नुपर्ने छ । मूल्याङ्कन प्रक्रियाका लागि पाठ्यवस्तु समायोजन ढाँचामा स्पष्ट निर्देशन गरिएको छ ।


यसमा पाठ्यवस्तु कार्यान्वयन र सिकाइका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, विषय शिक्षक, अभिभावक र विद्यार्थीहरुको भूमिका निर्धारण गर्नुका साथै अनुगमन संयन्त्र समेतको व्यवस्था गरिएको छ ।


अन्त्यमा यो पाठ्यक्रम ढाँचालाई अनुसरण गरी स्थानीय परिवेशअनुकूल सिकाइलाई निरन्तरता दिई बालबालिकाको पढन पाउने हकलाई सुनिश्चित गर्दै शैक्षिक क्षति हुनबाट जोगाउन म समस्त सरोकारवालाहरुमा विनम्रतापूर्वक अनुरोध गर्दछु ।

 

प्रमुख समाचार

अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस  अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस 

शिक्षा पत्रकार समूहको २१ औं साधारणसभा सम्पन्न शिक्षा पत्रकार समूहले हरेक फागुन ५ गते ‘शिक्षा पत्रकारिता दिवस’ मनाउने भएको छ । समूहको आज सो ...

बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा

संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई ...

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...