२०७७ असोज ६ गते / 22nd Sep 2020, Tuesday
investment investment

शैक्षिक शत्र दुईदेखि तीन वर्षसम्म लम्ब्याउन सकिन्छ: डा. अवस्थी

कोरोना कहरका कारण यसपालिको शैक्षिक शत्र खेर जाने हो कि भन्ने सर्वत्र चिन्ता भइरहँदा भाषा आयोगका अध्यक्ष एवं तत्कालीन शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले दुई वा तीन वर्ष थपेर सदुपयोग गर्न सकिने धारणा राख्नुभएको छ ।


कोरोना महामारी र शिक्षाका विषयमा सुशील कोइराला मेमोरियल फाउण्डेसनले आज गरेको ‘अन्वेषण यात्रा’ भर्चुअल छलफलमा डा. अवस्थीले भन्नुभयो, ‘निश्चय पनि कोरोना महामारीको यो अवस्थामा लचक भएर शैक्षिक शत्रका विषयमा सरकारले निर्णय गर्न जरुरी छ । २ वा ३ वर्षको फ्लेक्जिबल शैक्षिक शत्र बनाउन पनि सकिन्छ ।’


उहाँले कोरोना घट्यो कि भन्ने सोच्दा–सोच्दै फेरि ह्वात्तै बढ्ने जोखिम उत्तिकै रहने हुँदा शैक्षिक शत्रका विषयमा लचकदार नीति अपनाउनु नै उत्तम उपाय हो भन्नुभयो । डा. अवस्थिले बालबालिकालाई सिकाइमा क्रियासिल बनाइराख्न मुद्रित सामग्री, रेडियो, टेलिभिजन र अनलाइन सबै माध्यम जुनबाट सम्भव छ सोही अपनाउन सुझाब दिनुभयो । उहाँले परीक्षा नै सबै हो भन्ने बुझाइबाट मुक्त हुनुपर्ने बताउनुभयो ।


संघीयतामा संघको भूमिका सजिलोमा मात्र काम गर्ने तर संकटमा के गर्ने भन्ने कुनै योजना नबनाएकाले शिक्षामा समस्या बढी देखिएको उहाँको धारणा छ । प्रदेशको भूमिका त शून्य नै भएको डा. अवस्थीले औंल्याउनुभयो ।

डा. अवस्थीले शिक्षामा राहत नभएकाले कमसेकम दिवा खाजा, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलगायतमा छुट्याइएको करिव १२ अर्ब रुपैयाँ यसमा विनियोजन गर्न सकिने उपाय दिनुभयो । ‘गरीब परिवारका बालबालिकालाई रेडियो उपलब्ध गराउन पनि सकिन्छ,’ उहाँले भन्नुभयो । छरिएर रहेका हरेक बालबालिकालाई सम्पर्क केन्द्र स्थापना गरेर पहुँच जोड्नुपर्ने र यसका निम्ति स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्ने डा. अवस्थीले सुझाउनुभयो । 


सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्यसचिव अतुल कोइरालाले यस्तो महामारी संकटमा पहिलो प्राथमिकता बाँच्न, खाना र शिक्षामा हुनुपर्ने बताउनुभयो । उहाँले कर्पाेरेट क्षेत्र जस्तै बैंकहरुले सामाजिक उत्तरदायित्वका रुपमा के–के र कहाँ–कहाँ सहयोग गर्ने भन्ने विषय स्पष्ट हुनुपर्छ भन्नुभयो । 


पत्रकार तथा त्रिभुवन विश्वविद्यालयमा आमसञ्चार विषय शिक्षण गर्नुहुने जगत नेपालले भर्चुअल सिकाइका लागि उच्च शिक्षामै पनि समस्या रहेको सुनाउनुभयो । विश्वविद्यालयले इन्टरनेटका लागि उपलब्ध गराएको डाटा सहज भएपनि विद्यार्थी देशका विभिन्न भागमा छरिएर रहेकाले सबैजना उपस्थित हुन नसकेको उहाँको भनाइ छ ।


शिक्षा पत्रकार सुदर्शन सिग्देलले शैक्षिक शत्र खेर नगएको बुझ्न वैकल्पिक सिकाइमा पाठ जोडेर अन्त्यमा परीक्षा लिने व्यवस्था गर्नुपर्ने हो कि अरु नै उपायले हुने हो भनी प्रश्न राख्नुभयो ।


कार्यक्रम सञ्चालन गर्नुभएका शिक्षा पत्रकार समूहका अध्यक्ष तुला अधिकारीले तत्कालीन शिक्षा विभागका पूर्व महानिर्देशक रहेको र लामो समय शिक्षाक्षेत्रमा सेवा गर्दाको अनुवभका आधारमा अहिलेको गाँठो फुकाउन डा. अवस्थीबाट सुझाब आओस् भन्नुभयो ।

प्रमुख समाचार

अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस  अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस 

शिक्षा पत्रकार समूहको २१ औं साधारणसभा सम्पन्न शिक्षा पत्रकार समूहले हरेक फागुन ५ गते ‘शिक्षा पत्रकारिता दिवस’ मनाउने भएको छ । समूहको आज सो ...

बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा

संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई ...

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...