२०७७ मंसिर १९ गते / 4th Dec 2020, Friday
investment investment

हाम्रा शिक्षकः सिकाइ उपलब्धिका लागि कि परीक्षा उपलब्धिका निम्ति ?

हाम्रो वैदिक सनातन मान्यता तथा संस्कारले शिक्षालाई दिक्षा तथा शिक्षा प्रदान गर्ने पात्रलाई गुरु मानेको आधारमा उसको काम के हो ? उसको मर्यादा कस्तो हुनु पर्छ ? भन्ने विषयमा विवेचना हुनु आवश्यक भइसकेको छ । भरखरै प्रकाशित एसइइको नतिजाले यसमा अरु चनाखो हुनुपर्ने देखिएको छ । गत सालको नतिजामा ग्रेड प्वाइण्ट एभरेज चार प्राप्त गर्ने विद्यार्थीको संख्या १०६ रहेकोमा यस वर्ष यो संख्या ह्वात्तै बढेर ९,३१८ पुगेको छ । आँकडागत तथ्यमा यो एकदमै उत्साहबर्द्धक नतिजा हो भने शिक्षकको पेशागत इमान्दारिताका आधारमा यसको वस्तुनिष्ठ लेखाजोखा गर्न एकदमै आवश्यक छ । यस आलेखमा ज्ञान के हो ? ज्ञान प्रदान गर्ने शिक्षकको सदाचारसंहिता तथा आचारसंहिताका बारेमा प्रकाश पारिनेछ । साथै, कानूनी तथा सामाजिक स्वीकारोक्तिका बारेमा पनि चर्चा गरिनेछ ।


षट्दर्शनमा व्याख्या गरिने न्याय दर्शनमा वास्तविक ज्ञानलाई प्रमा भन्ने गरिन्छ भने ज्ञानलाई पुष्टि गर्ने माध्यमलाई प्रमाण भनिन्छ । प्रमाणलाई प्रत्यक्ष, अनुमान, उपमान तथा शब्द गरी चार वर्गमा विभक्त गरिन्छ । इन्द्रीयहरुका माध्यमबाट पुष्टि भएको ज्ञानलाई प्रत्यक्ष प्रमाण (Perception), उपलब्ध तथ्यका आधारमा प्रस्ताव गरिएको नयाँ ज्ञानलाई अनुमान प्रमाण (Inference), पुष्टि भइसकेका प्रमाणसँग तुलना गरेर स्थापना गर्न खोजिएको ज्ञानलाई उपमान प्रमाण (Comparison or analogy) तथा आदरणीय पुरुषहरुका वाणीलाई शब्दप्रमाण (Testimony) भनेर परिभाषा गरिएको छ । यहाँ उल्लेख गरिएको आदरणीय पुरुष सांख्य दर्शनमा उल्लेख गरिएको पुरुष (चेतना) स्वभावैले अघिल्लो हरफमा भनिएको गुरु नै हुने भो । यसरी गुरुका शब्द प्रमाणबाट प्रेषित तथा बाहुली निशानबाट प्रमाणितसमेत भएको विद्यार्थीको प्रवीणताको आधार अङ्कलाई अन्यथा भन्न मिल्ने कि नमिल्ने ?


शिक्षण प्रशिक्षणमा छनौट, सिकाई, मुल्याङ्कन, प्रवीणता तथा दिक्षान्त जस्ता तहहरु हुन्छन् । विद्यार्थीको आन्तरिक रुचि तथा क्षमता पहिचानलाई छनौटमा विशेष ध्यान दिइन्छ । त्यसैले छनौटकालागि लिइने योग्यता परीक्षालाई अभिरुचि परीक्षा (Aptitude test) भनिन्छ । यसैका आधारमा विद्यार्थीको अभिरुचि अनुसारको विषयमा भर्ना गरी सिकाइ सुचारु गरिन्छ । सिकाइका क्रममा गरिने सिकाइ उपलब्धिको परीक्षणलाई मूल्याङ्कन भनिन्छ र यसैको तहलाई प्रवीणता (Proficiency) भन्ने गरिन्छ । यी सम्पूर्ण चरणहरु पार गरेपछि दिइने शैक्षिक प्रमाणपत्र नै सम्पूर्ण सिकाइको आधिकारिक शैक्षिक दस्तावेज हो । यो सबै प्रक्रियामा शिक्षक तथा शैक्षिक संस्था सामेल हुन्छन् । शैक्षिक संस्था एक काल्पनिक संरचना भएकाले त्यसको भौतिक प्रतिनिधित्व पनि शिक्षकले गरेको हुन्छ । शिक्षकले मुलुकको विद्यमान कानून तथा पेशागत संहिताको समेत पालना गर्नु पर्छ । यही पेशागत संहिताको पालना समेत गर्नुपर्ने भएकाले स्वायत्तताको कुरा गरिएको हो । शैक्षिक स्वायत्तता व्यवस्थापकीय स्वतन्त्रता तथा स्वायत्तताभन्दा माथिल्लो स्तरको अवधारणा हो । त्यसैले सदाचारसंहिता (Code of Ethics) तथा आचारसंहिताको (Code of Conduct)को पनि यसमा तादात्म्यता हुन्छ ।


सदाचारसंहिता नीतिगत सिद्धान्तहरुको एउटा खाका हो । यसले उचित अनुचित छुट्याउन सहयोग गर्दछ । सम्यक आकांक्षा राखिएको र मूल्य–मान्यता तथा सिद्धान्तमा जोड दिइएको यो एउटा सार्वजनिक दस्तावेज पनि हो । त्यसैगरी, आचारसंहिता व्यवहार तथा आनी–बानीको एउटा खाका हो । यसले के गर्न हुने र के गर्न नहुने भनेर उल्लेख गर्दछ । निर्देशनात्मक आदेश समावेश भएको र नियम तथा सोको पालनामा जोड दिइएको यो एउटा नियमनकारी व्यक्ति केन्द्रित दस्तावेज हो ।


अब शिक्षकलाई शिक्षककै स्थानमा राखेर यो नतिजालाई विवेचना गरौं । शिक्षक समादरणीय पेशाभन्दा पनि सामाजिक पुस्तान्तरणका लागि उच्चतम सामाजिक सेवा पनि भएकाले के यो उपलब्धिलाई कायम राख्न सकिन्छ ? सत्य सन्देशमार्फत् तथ्यका लागि अनवरत प्रयास गर्ने सञ्चार जगत तथा न्यायको प्रत्याभूति दिलाउने न्यायपालिकालाई समेत दिशानिर्देश गर्नुपर्ने शिक्षक चिनेको र नचिनेको विद्यार्थीको मूल्याङ्कनमा कसरी विवेकशून्य हुन सक्छ ? अब अर्को पक्षबाट पनि विवेचना गरौं । 

कुनैपनि विषयको कानूनी तथा सामाजिक दुई किसिमको स्वीकारोक्ति हुन्छ । त्यसमा पनि स्वायत्त संस्थाका लागि दुईवटै उत्तिकै महत्वपूर्ण हुन्छन् । सामाजिक स्वीकारोक्तिका लागि माथि उल्लेख गरिएका सदाचार तथा आचारसंहिता दुबै अत्यन्तै महत्वपूर्ण हुन्छन् । शिक्षण संस्था स्वायत्त भएकाले यिनीहरुका लागि सामाजिक स्वीकारोक्ति अति नै जरुरी हुन्छ । त्यसैले, यहाँ सदाचारसंहिता तथा आचारसंहिता दुबैको उत्तिकै आवश्यकता तथा सान्दर्भिकता हुन्छ । शिक्षण संस्थाका लागि सदाचारसंहिता तथा शिक्षकका निम्ति आचारसंहिताको उपयोगिता रहन्छ । सामान्यतया सदाचारसंहिताले निर्धारण गरेको संस्थागत आधारहरुमा रहेर नै आचारसंहिताको निर्माण गरिन्छ ।


अन्य देशहरुमा जस्तै नेपालमा पनि शिक्षक, इञ्जिनियर, चिकित्सक, वकील तथा केही अन्य पेशाकर्मीहरुलाई ट्रेड युनियनभन्दा भिन्नै हेर्ने गरिएको छ । यी पेशामा जुनसुकै उच्च तहको पेशामर्मी तथा सरकारी कर्मचारी पनि सहभागी हुन पाउने कानूनी सुविधा रहेको छ । यिनीहरुको वृत्ति विकासका बारेमा व्यवस्थापकीय चासो राख्ने संस्थाहरुले सदाचारसंहिता निर्माण गरी सोही मुताविकको आचारसंहिता तयार गरेर पालना गर्न/गराउन प्रशासन तथा सरकारलाई समेत सहयोग गर्दै आइरहेका छन् । अहिलेका सन्दर्भमा शिक्षक तथा शैक्षिक संस्थामा मात्र केन्द्रित रहेर विवेचना गरिन्छ ।


हाम्रो शैक्षिक प्रणालीमा आन्तरिक तथा बाह्य गरी दुई थरि मूल्याङ्कन प्रणाली रहेका छन् । सैद्धान्तिक, प्रयोगात्मक तथा कार्यगत तीन थरिका मुल्याङ्कनहरु प्रचलनमा रहेका छन् । सबै प्रकारका मूल्याङ्कनमा एउटै शिक्षक सहभागी भएको पाइन्छ । तर, उत्तीर्ण दर तथा प्राप्ताङ्कको अङ्क भने आन्तरिक मूल्याङ्कनको तुलनामा बाह्य मूल्याङ्कनमा एकदमै न्यून रहेको पाइन्छ । आन्तरिक मूल्याङ्कनमा शतप्रतिशत अङ्क तथा शतप्रतिशत उत्तीर्ण भएको पाइन्छ भने बाह्यमा एकदमै फरक । अर्कोतिर यसरी शतप्रतिशत अङ्क प्रदान गर्ने व्यक्ति आफैंले मूल्याङ्कन गरेको विद्यार्थी गुणस्तरहीन भएको भनी सगर्व सार्वजनिक अभिव्यक्ति दिन पनि पछि नपरेका प्रशस्त उदाहरणहरु भेटिन्छन् । यस्तो प्रकारको परिस्थिति नियमित आकस्मिकता त होइन ? सोध–खोजको विषय भएको छ ।


सदाचारसंहिता तथा आचारसंहिताको नैतिक तथा पेशागत बन्धनमा बाँधिएको शिक्षकबाट गरिएको पठनपाठन तथा मूल्याङ्कनमा २०७२ सालमा २ जना, २०७३ सालमा ४ जना (एक शय प्रतिशत वृद्धि), २०७४ सालमा ७४ जना (बाह्र सय पचास प्रतिशत वृद्धि), २०७५ सालमा १०६ (त्रिचालीस प्रतिशत वृद्धि) र २०७६ सालमा ९,३१८ (आठ हजार छ सय नब्बे प्रतिशत वृद्धि) विद्यार्थीहरुले एक सय प्रतिशत अङ्क प्राप्त गर्नु खुशीकै विषय हो । पठनपाठन तथा सिकाइ उपलब्धिमा पनि सोही अनुरुपकै प्रगति भएको हो भने त यो नेपालको राजनीतिक नेतृत्व, शैक्षिक प्रशासन, शैक्षिक व्यवस्थापन तथा शिक्षकका लागि गौरवको विषय हो । शिक्षकलाई राज्यले भौतिक सुविधा जे जस्तो दिएको भएपनि मान–मर्यादामा कुनै कमी गरेको देखिएको छैन । यस्तो अवस्थामा शिक्षकहरुले उपलब्ध स्रोत–साधनको उपयोगबाट यो नतिजा प्राप्त गर्न सक्नु आफैंमा सराहनीय त छ नै, प्रेरणादायी पनि छ । शिक्षकलाई गुरुको स्थानमा राखेर हेर्दा प्राप्त उपलब्धि वन्दनीय मात्र होइन, अनुकरणीय नै छ ।


अब शिक्षकलाई शिक्षककै स्थानमा राखेर यो नतिजालाई विवेचना गरौं । शिक्षक समादरणीय पेशाभन्दा पनि सामाजिक पुस्तान्तरणका लागि उच्चतम सामाजिक सेवा पनि भएकाले के यो उपलब्धिलाई कायम राख्न सकिन्छ ? सत्य सन्देशमार्फत् तथ्यका लागि अनवरत प्रयास गर्ने सञ्चार जगत तथा न्यायको प्रत्याभूति दिलाउने न्यायपालिकालाई समेत दिशानिर्देश गर्नुपर्ने शिक्षक चिनेको र नचिनेको विद्यार्थीको मूल्याङ्कनमा कसरी विवेकशून्य हुन सक्छ ? अब अर्को पक्षबाट पनि विवेचना गरौं । के विद्यालय व्यवस्थापन समिति हाम्रा शिक्षकहरुलाई स्वतन्त्र रुपमा विवेक प्रयोग गर्नमा सहयोगी छैनन् ? यदि यस्तो अवस्था छ भने शिक्षकले कसरी पठनपाठनलाई अगाडि बढाउन सक्लान् ? फेरि सत्य सन्देश प्रसारण गर्ने जिम्मेवारी पाएको शिक्षकले सानातिना दबाबहरुको प्रतिकार गरेका घटनाहरु पनि त सार्वजनिक भएका छैनन् ? अर्कोतर्फ विद्यार्थीहरुले आफ्नो सिकाइ उपलब्धिको स्तर कायम राख्न सकेमा त अत्युत्तम नै भो । त्यसो हुन नसकेमा उनीहरुको मानसिकतामा पर्ने असर र त्यसबाट उत्पन्न हुन जाने प्रत्युत्पादक असरबाट व्यक्ति, परिवार, समाज र राष्ट्रलाई पर्ने दूरगामी असरको मापन कसले र कसरी गर्ने ?


हाम्रो मूल्याङ्कन पद्धति कति प्रभावकारी छ ? त्यो विषय यो आलेखमा चर्चा गरिएन । सीमित समयमा लिखित परीक्षाका माध्यमबाट गरिने मूल्याङ्कन कति यथार्थपरक र वस्तुपरक हुन सक्छ ? तर, वस्तुपरक मूल्याङ्कन नभएमा माथि भनिएका अलावा विद्यार्थी र तिनका अभिभावकमा समेत असर पर्न जाने हुन्छ । बौद्धिक, सामाजिक, आर्थिक तथा मानसिक रुपमा पर्ने प्रभावका अतिरिक्त शिक्षकको आत्मसम्मान तथा उसको प्राज्ञिक स्वायत्ततामा पर्ने प्रभावको आँकलन कसरी गर्ने ? शिक्षकमाथिको परम्परागत विश्वाशको वातावरणलाई कसरी जोगाउने ? हाम्रै वैदिक दर्शनले प्रादुर्भाव गरेको शब्द प्रमाणको सिद्धान्तलाई कसरी जोगाउने ? शिक्षकको वाक्य नै ज्ञान अथवा प्रमाण हो भन्ने हाम्रो न्यायको अवधारणालाई कसरी विवेचना गर्ने ? शिक्षकलाई जागिरे मान्ने कि समाज रुपान्तरण तथा पुस्तान्तरणका संवाहक ? विद्यार्थीहरुको पठनपाठन तथा नियमित मूल्याङ्कनमा समेत संलग्न शिक्षक विद्यार्थी वर्गको अल्पकालीन परीक्षा उपलब्धिका लागि कि दीर्घकालीन सिकाइ उपलब्धिका निम्ति ?

प्रमुख समाचार

दशैं सकिनासाथ मेलम्चीका सबै विद्यालय खुले दशैं सकिनासाथ मेलम्चीका सबै विद्यालय खुले

दशैं सकिनासाथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका अधिकांश विद्यालयहरु खुलेका छन् । नगर शिक्षा समितिको यही ८ कात्तिकमा बसेको बैठकले गरेको निर्णयअनुसार ...

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...