२०७७ असोज ६ गते / 22nd Sep 2020, Tuesday
investment investment

२०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै


२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउँदो साता हुने भएको छ ।


राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले यो जानकारी दिनुभएको हो ।


शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘एसइइको आन्तरिक मूल्याङ्कनः अनुभव र नतिजा’ विषयक शिक्षा संवादमा खकुरेलले भन्नुभयो, ‘७७ वटै जिल्लाको नतिजा रुजु हुँदैछ । एक हप्ताभित्रै नतिजा आउँछ ।’


गत चैत ६ बाट हुनुपर्ने एसइइ परीक्षा कोरोना महामारीका कारण सरकारले अघिल्लो दिन ५ गते नै स्थगन गरेको थियो । मन्त्रिपरिषद्ले नै गत जेठ अन्तिम साता निर्णय गर्दै विद्यालयबाटै गरिने आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाएर नतिजा प्रकाशन गरिने निर्णय गरेको थियो । सोही अनुसार एक कार्यविधि बनाई परीक्षा बोर्डले नतिजा प्रकाशनको तयारी गरिरहेको छ ।


परीक्षा नियन्त्रक खकुरेलले ७७ वटै जिल्लाबाट विद्यालयले पठाएको हार्डकपि र सफ्ट कपि ल्याइसकेको र त्यो एक अर्कामा भिडाएर जाँच्ने काम भइरहेको जानकारी दिनुभयो ।


यो पटक परीक्षार्थीको परीक्षा विगतमा झैं स्थगन गर्ने व्यवस्था छ कि छैन भन्ने प्रश्नमा प्राविधिक कारणबाट छुट वा त्रुटि भएमा ३५ दिनभित्र विद्यालयले प्रमाणित गरेर पठाउने व्यवस्था रहेको खकुरेलले प्रष्ट पार्नुुभयो । तर पुनर्याेग, पुनः परीक्षण र पुनः ग्रेड वृद्धिको मौका भने यसपालि नहुने उहाँले प्रष्ट पार्नुभयो ।


राष्ट्रिय परीक्षा बोर्ड(कक्षा १०)का अनुसार आन्तरिक मूल्याङ्कन गरेर नतिजा पठाउने माध्यमिक विद्यालय १० हजार ४१९ वटा रहेका छन् ।

प्रमुख समाचार

अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस  अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस 

शिक्षा पत्रकार समूहको २१ औं साधारणसभा सम्पन्न शिक्षा पत्रकार समूहले हरेक फागुन ५ गते ‘शिक्षा पत्रकारिता दिवस’ मनाउने भएको छ । समूहको आज सो ...

बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा

संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई ...

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...