२०७७ असोज ६ गते / 22nd Sep 2020, Tuesday
investment investment

लकडाउन खुल्यो, भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुला

विद्यालय सञ्चालनको अनुमति भने अर्काे सूचना नभएसम्मका लागि  दिइएको छैन

सरकारले १२० दिन लामो लकडाउन अन्त्य गर्ने निर्णय गर्दै विद्यालयमा आगामी भदौ १ गतेबाट विद्यार्थी भर्ना गर्न दिने भएको छ ।


मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गरेको निर्णय नं ३ को घ मा ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ लाई उल्लेख गरेको हो । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्नेगरी भदौ १ गतेबाट सञ्चालन गर्नेगरी विद्यार्थी भर्नाको अनुमति दिएको हो ।


विद्यार्थी भर्ना गर्न दिने भएपनि विद्यालय सञ्चालन भने अर्काे सूचना नभएसम्मका लागि सञ्चालन गर्ने अनुमति दिइएको छैन ।


कोभिड–१९ को जोखिमका कारण गत चैत ११ बाट सरकारले लकडाउन गर्दै आएको थियो । यस क्रममा विद्यालय तह र विश्वविद्यालयका करिव ९० लाख विद्यार्थीले पढ्न पाएका छैनन् । यस्तै, विद्यालय शिक्षाको नयाँ शैक्षिक शत्र बिथोलिएको अवस्था छ भने एसइइ, कक्षा ११ र १२ तथा प्राविधिक एवं उच्चशिक्षाका परीक्षाहरु स्थगनमा छन् ।

 

प्रमुख समाचार

अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस  अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस 

शिक्षा पत्रकार समूहको २१ औं साधारणसभा सम्पन्न शिक्षा पत्रकार समूहले हरेक फागुन ५ गते ‘शिक्षा पत्रकारिता दिवस’ मनाउने भएको छ । समूहको आज सो ...

बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा

संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई ...

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...