२०७८ मंसिर ११ गते / 27th Nov 2021, Saturday
investment investment

शैक्षिक क्रियाकलाप खुल्ला गर्नु आवश्यक

असार १ गतेदेखि विद्यालय प्रशासन खोेल्ने सरकारी निर्णय/निर्देशनसँगै कतिपय स्थानीय निकायले कडा सूचना जारी गरेर शिक्षकहरूलाई विद्यालयमा अनिवार्य हाजिर हुन अर्काे सूचना जारी गरे । त्यसपछि आफ्नो घरमा लकडाउन खेपिरहेका टाढा–टाढाका शिक्षकहरू यातायात सिफारिश–पास, गाडी रिजर्भ तथा अनेक दुःखकष्ट झेलेर विद्यालय पुगेका छन् । तर विद्यालयमा पठनपाठन गर्ने औपचारिक अनुमति नहुँदा एकातिर विद्यालयहरू सुनसान छन् भने अर्कातिर स्कूल जानु नपरेपछि घरमै रहेका आफ्ना बाबुनानीहरूलाई सम्हाल्न गाह्रो परेको गुनासो अधिकांश अभिभावकहरूको छ । हुन पनि, खाली दिमागमा शैतानले घर बनाउँछ भन्छन् । त्यसैले अधिकांश शहरिया फुर्सदिला बालबालिका तथा युवा पुस्ता यतिखेर पूरै बरालसिङ भएका छन् ।

बिहान उठेदेखि बेलुका नसुतेसम्म मोबाइल र ल्यापटप र आइप्याडमा एकोहोरिँदा कतिपयको आँखा बिग्रने सम्भावना देखिँदै छन् । खुला ठाउँ, खेतीपाती, लेकबेंसी, पशुपालनका कारण पहाडतिर भने यो अवस्था कमै छ । बालसुलभ बानीका कारण, खानमा रोड्याइँ गर्ने, खेल्ने र साथीहरूसँग अनावश्यक खेलकुदमा बरालिनेहरू पनि धेरै छन् । मादक पदार्थ सेवनमा लाग्ने तथा डिप्रेसनको रोगी बन्नेहरू पनि भइसके । शैक्षिक क्रियाकलाप नभएका कारण यो पुस्तै बिग्रिरहेको अवस्था छ । यसरी अभिभावकको नियन्त्रणबाहिर जाँदै गरेका बालबालिकालाई सुधारेर संयममा राख्न पछि निकै गाह्रो पर्न सक्छ ।


कोरोना पूरै नियन्त्रण हुन कति समय लाग्ने हो, थाहा छैन । यो अवस्थामा–एउटा शहर, एउटा जिल्ला, एउटा गाउँमा एकजना र दुईजना संक्रमित हुँदैमा सबैतिर शैक्षिक क्रियाकलाप बन्द गर्न मिल्दैन । अब पनि, क्वारिन्टिन नभएका र सुरक्षित विद्यालयहरूमा पठनपाठन नथाल्नु भनेको सरकारी शैक्षिक उदासीनता र शिक्षकहरूको अल्छ्याइँ ठहरिन्छ । 

लकडाउनका बेलामा पनि अत्यावश्यक काम चलेकै छ । अत्यावश्यक कामभित्र शैक्षिक क्रियाकलापलाई पनि समावेश गरिनु पर्छ । विद्यालय खोल्नुभन्दा पहिला सार्वजनिक यातायात खोल्नुपर्ने तर्क पनि छ । यो ठीक हो । तर, लामो दूरीका लागि दुई स्थानीय तहले सहजीकरण गरिरहेकै छन् । छोटो दूरीका लागि साइकल हुन सक्छ । हिँडेर पनि दुःख गर्न सकिन्छ । सबै ठीकठाक होला भनेर सुख भोग्ने आशामा बस्दाबस्दै अवस्था खराब हुँदैछ ।


कोरोना पूरै नियन्त्रण हुन कति समय लाग्ने हो, थाहा छैन । यो अवस्थामा–एउटा शहर, एउटा जिल्ला, एउटा गाउँमा एकजना र दुईजना संक्रमित हुँदैमा सबैतिर शैक्षिक क्रियाकलाप बन्द गर्न मिल्दैन । अब पनि, क्वारिन्टिन नभएका र सुरक्षित विद्यालयहरूमा पठनपाठन नथाल्नु भनेको सरकारी शैक्षिक उदासीनता र शिक्षकहरूको अल्छ्याइँ ठहरिन्छ ।


प्रायः शहरी क्षेत्रका विद्यालयमा अनलाइन कक्षा सञ्चालित छ । कतिपय विद्यालयमा शिफ्ट सिस्टम चलाइएको पनि देखिन्छ । पहाडी क्षेत्रका, थोरै शिक्षकका कारण शिफ्ट सिस्टम चलाउन नसकिने विद्यालयमा जोरबिजोर रोल नं का आधारमा विद्यार्थीलाई बोलाउँदा पनि हुन्छ । अझ, आधारभूत तह मात्र सञ्चालित स्थानीय शिक्षक र स्थानीय विद्यार्थी मात्र भएका गाउँले विद्यालयहरू त पूर्ववत् ढङ्गले सञ्चालन गर्दा केही पनि फरक पर्दै पर्दैन । लौन ! यसतर्फ सरकारको ध्यान जाओस् !


(लेखक, ओखलढुङ्गाको खानीभञ्ज्याङस्थित सरस्वती माविका शिक्षक हुनुहुन्छ ।)

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...