२०७७ असोज ३ गते / 19th Sep 2020, Saturday
investment investment

एसइइका लागि विद्यालयबाटै मूल्याङ्कन गरिने कार्यविधि यस्तो छ



राष्ट्रिय परीक्षा बोर्डले २०७६ को स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ तयार पारेको छ ।


माध्यमिक शिक्षा परीक्षा (एसइइ) नगर्ने र विद्यालयकै मूल्याङ्कनका आधारमा अंक पठाउनुपर्ने सरकारको निर्णय भएपछि त्यसलाई स्पष्ट रुपमा कार्यान्वयन गर्नका लागि एक कार्यविधि बनाउन यही ५ असारमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालको संयोजकत्वमा कार्यदल बनाइएको थियो ।
सो कार्यदलले असार ७ गतेभित्र कार्यविधि तयार पार्नेगरी काम थालेको थियो ।


कार्यविधिको खास व्यवस्थामा विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कन विवरणको अभिलेख अनुसार विवरण प्रमाणित गर्न प्रधानाध्यापकको अध्यक्षतामा कक्षा शिक्षक र नियुक्तिका आधारमा माध्यमिक तहका जेष्ठ शिक्षक रहनेगरी मूल्याङ्कन समिति रहने उल्लेख छ ।


२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) नगर्ने र विद्यालयबाटै मूल्याङ्कन गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने मन्त्रिपरिषद्द्वारा गत २८ जेठमा निर्णय गरिएको थियो ।


हेरौं, कार्यविधि जस्ताको तस्तैः

माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७

प्रस्तावना

विश्वभर फैलिएको कोरोना भाइरस ९ऋयखष्म(ज्ञढ० को महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) कक्षा १० को परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधी समेत अनिश्चित रहेको हुँदा विद्यार्थीहरुको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ४ट(१) मा उल्लेखित मध्ये कक्षा १० का विद्यार्थीहरुको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने भनी ऐ.ऐनको दफा २० मा उल्लेखित बाधा अड्काउ हटाउने अधिकार अन्तरगत नेपाल सरकार मन्त्री परिषद्बाट मिति २०७७/०२/२८ मा निर्णय भई आदेश भए बमोजिम राष्ट्रिय परीक्षा बोर्डले देहायको कार्यविधि बनाएको छ ।

परिच्छेद १

प्रारम्भिक
१ संक्षिप्त नाम र प्रारम्भ : (१) यस कार्यविधिको नाम माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७ रहेको छ ।
(२) यो कार्यविधि २०७६ को एस.इ.इ. दिने परीक्षार्थीहरुका लागि लागु हुनेछ ।
(३) यो कार्यविधि बोर्डबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२ परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा
(क) “बोर्ड” भन्नाले शिक्षा ऐन, २०२८ (संशोधन सहति) को दफा ४क बमोजिम गठित राष्ट्रिय परीक्षा बोर्ड सम्झनुपर्छ ।
(ख) “परीक्षा नियन्त्रण कार्यालय” भन्नाले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सम्झनुपर्छ ।
(ग) “शिक्षा विकास तथा समन्वय इकाई” भन्नाले प्रत्येक जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाईलाई सम्झनुपर्छ ।
(घ) “विद्यालय” भन्नाले माध्यमिक तह कक्षा १० सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति÷सञ्चालन अनुमति
प्राप्त गरी सञ्चालनमा रहेको विद्यालय सम्झनुपर्छ ।
(ङ) “विद्यालय व्यवस्थापन समिति” भन्नाले शिक्षा ऐन, २०२८ (संशोधन सहति) को दफा १२ बमोजिमको विद्यालय
व्यवस्थापन समिति सम्झनुपर्छ ।
(च) “प्रधानाध्यापक” भन्नाले सम्बन्धित विद्यालयको प्रधानाध्यापक सम्झनुपर्छ ।
(छ) “मूल्यांकन समिति” भन्नाले यस कार्यविधि बमोजिम सम्बन्धित विद्यालयले गरेको कक्षा १० को विद्यार्थीहरुको अन्तिम
मूल्यांकन प्रमाणित गरी सिफारिस गर्ने प्रयोजनको लागि परिच्छेद २ को दफा ३ बमोजिम गठित समिति सम्झनुपर्छ ।
(ज) “अन्तिम मूल्यांकन” भन्नाले सम्बन्धित विद्यालयबाट यो कार्यविधीको दफा ३ (२) बमोजिम गरिएको विद्यार्थीको
निर्णयात्मक मूल्यांकनलाई सम्झनुपर्छ ।
(झ) “परीक्षा” भन्नाले माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) कक्षा १० को परीक्षा सम्झनुपर्छ ।
(ञ) “विषय शिक्षक” भन्नाले माध्यमिक तहमा सम्बन्धित विषय अध्यापन गराउने शिक्षक सम्झनुपर्छ ।
(ट) “कक्षा शिक्षक” भन्नाले हरेक कक्षामा विद्यार्थीहरुको अभिलेख व्यवस्थापन गर्ने हाजिर गराउने तथा कक्षाको शैक्षिक
प्रशासनिक कार्य गर्न तोकिएको शिक्षकलाई सम्झनुपर्छ ।
(ठ) “विद्यार्थी” भन्नाले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) कक्षा १० मा सहभागी हुन योग्य विद्यार्थीहरु सम्झनुपर्छ ।
(ड) “प्रमाणपत्र” भन्नाले परीक्षा नियन्त्रण कार्यालयबाट उपलब्ध गराईने ग्रेड सिट र प्रमाणपत्र सम्झनुपर्छ ।

परिच्छेद २
मूल्यांकन समिति सम्बन्धी व्यवस्था
३ मूल्यांकन समितिको गठन : (१) विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकन विवरणको अभिलेख अनुसार विवरण प्रमाणित
गर्न देहाय बमोजिमको मूल्यांकन समिति रहनेछ :
(क) सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष
(ख) सम्बन्धित कक्षा शिक्षक सदस्य
(ग) सम्बन्धित माध्यमिक तहका शिक्षकहरु मध्ये नियुक्तिका आधारमा

सबैभन्दा जेष्ठ, शिक्षक प्रतिनिधि सदस्य
(२) मूल्यांकन समितिले विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकन विवरण कायम गर्ने प्रकृया :
(क) सैद्धान्तिक मूल्यांकन : माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरु मध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने । यसरी गरिने परिवर्तनका लागि अनुसूची १ मा सुत्र सहितको उदाहरण दिइएको छ ।

(ख) प्रयोगात्मक मूल्यांकन : विद्यार्थीहरुको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्नेछ ।

 मूल्यांकन समितिको काम, कर्तव्य र अधिकार : (१) मूल्यांकन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) विद्यालयमा सञ्चालित कार्यक्रम अनुसार (साधारण/संस्कृत/प्राविधिक) विद्यार्थीहरुको संख्या यकिन गरी विषयगत रुपमा सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको प्राप्तांक विवरण तयार गर्नुपर्नेछ ।

(ख) परीक्षा आवेदन फारम भरेका, परीक्षा दस्तुर बुझाएका र पाठ्यक्रमले तोके बमोजिम न्यूनतम पचहत्तर प्रतिशत हाजिरी भएका विद्यार्थीहरुको मात्र मूल्यांकन वापतको अंक पठाउनुपर्नेछ ।

(ग) अनुसूची २ को (क), (ख) र (ग) मा उल्लेखित समष्टिगत प्राप्ताङ्क विवरण भर्दा साधारण तर्फका विद्यार्थीहरुको लागि (क), संस्कृत तथा वेद विद्याश्रम तर्फका विद्यार्थीहरुको लागि (ख) र प्राविधिक धार तर्फका विद्यार्थीहरुको लागि (ग) बमोजिम छुट्टा छुट्टै विवरण भर्नुपर्नेछ ।

(घ) नियमित, आंशिक र ग्रेडबृद्धि परीक्षामा सहभागी हुन परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको अलग अलग समष्टिगत प्राप्तांक विवरण तयार गर्नुपर्नेछ ।

(ङ) अनुसूची २ बमोजिमको फारममा प्राप्तांक चढाउँदा विद्यार्थीहरुको सिम्बोल नम्बरको बढ्दो क्रममा चढाउनुपर्नेछ ।

(च) मूल्यांकन समितिले अनुसूची २ मा माग भएका सबै विवरणहरु अनिवार्य रुपमा भर्नुपर्नेछ । त्यसरी भर्दा सैद्धान्तिक र प्रयोगात्मक विषयमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक छुट्टा छुट्टै उल्लेख गरी तीन प्रति समष्टिगत विवरण तयार गर्नुपर्नेछ ।

(छ) मूल्यांकन समितिले तयार गरेको प्राप्तांक विवरण परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराए बमोजिमको विद्युतीय प्रणाली (अनलाइन/अफलाइन) मा प्रविष्टी  ९भ्लतचथ० गर्नुपर्नेछ । त्यसरी विद्युतीय प्रणालीमा प्रविष्टी (Entry) गरिएको विवरण प्रमाणित गर्नुपर्दा उपदफा (च) बमोजिम पेश भएको प्राप्तांक विवरणलाई आधार मानिनेछ ।

(ज) उपदफा (च) बमोजिमको विवरण तयार भएपछि मूल्यांकन समितिका सबै सदस्यहरुले हस्ताक्षर गरी विद्यालयको छाप समेत लगाई तीन प्रति शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनुपर्नेछ । सो मध्ये एक प्रति इकाईबाट प्रमाणित गराई प्रधानाध्यापकले विद्यालयमा अभिलेखको रुपमा राख्नुपर्नेछ ।

(झ) ग्रेडबृद्धि परीक्षार्थीको रुपमा परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको हकमा निज माध्यमिक शिक्षा परीक्षामा नियमित परीक्षार्थीको रुपमा सहभागी हुँदाको बर्षको प्राप्तांकलाई दफा ३(२) मा उल्लेखित प्रकृया बमोजिम परीक्षा आवेदन फाराम भरेका विषयहरुको मात्र सैद्धान्तिक तथा प्रयोगात्मक प्राप्तांक भरी पठाउनुपर्नेछ ।

(ञ) खुला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिमको प्रकृया अबलम्बन गर्नुपर्नेछ ।
(ट) मूल्यांकन समितिले इकाईमा पेश गर्ने विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न पाइने छैन ।

(ठ) परीक्षा नियन्त्रण कार्यालयमा पेश गरिएको परीक्षा आवेदन फारम अनुसारको सिम्बोल नम्बर, नाम, थर र जन्ममिति रुजु गरी यकिन गर्नुपर्नेछ । यदि फरक पर्न गएको अवस्थामा सो व्यहोरा उल्लेख गरी परीक्षा नियन्त्रण कार्यालयमा पत्राचार गर्नुपर्नेछ ।

(ड) बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले मूल्यांकन विवरण गोप्य राख्नुपर्नेछ ।

(ढ) मूल्यांकन समितिले पठाएको विवरण झुठा ठहरेमा वा गलत विवरण पेश गरेको पाइएमा सोको कानून बमोजिम जवाफदेही मूल्यांकन समिति स्वयम् हुनेछ ।

५ शिक्षा विकास तथा समन्वय इकाईको काम, कर्तव्य र अधिकार : (१) शिक्षा विकास तथा समन्वय इकाईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) जिल्ला भित्रका माध्यमिक तह कक्षा १० सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति/सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा रहेका विद्यालयहरुको मूल्यांकन समितिबाट प्राप्त तीन प्रति मूल्यांकन विवरण बुझिलिने ।

(ख) उपदफा (क) बमोजिम प्राप्त विवरण तोकिएको अनुसूची बमोजिम भए नभएको यकिन गर्ने ।

(ग) उपदफा (ख) बमोजिम विवरण यकिन गर्दा कुनै विवरण भर्न छुट भएको देखिएमा सम्बन्धित विद्यालयलाई भर्न लगाउने ।

(घ) विद्यालयले विद्यार्थी संख्याअनुसार लाग्ने परीक्षा आवेदन वापतको शुल्क राजश्व खातामा दाखिला गरे नगरेको यकिन गर्ने ।

(ङ) विद्यालयको मूल्यांकन समितिबाट प्रमाणित गरि पेश गरेको विवरणसँग विद्युतीय प्रणालीबाट प्राप्त हुन आएको विवरण रुजु गरी परीक्षा नियन्त्रण कार्यालयले तोकेको सफ्टवेयर अपलोड गर्ने ।

(च) उपदफा (क), (ख), (ग), (घ) र (ङ) बमोजिमको प्रकृया पुरा भएपछि मूल्यांकन समितिले पेश गरेको मूल्यांकन विवरणमा इकाई प्रमुखले प्रमाणित गरी, पहिलो प्रति परीक्षा नियन्त्रण कार्यालयमा पठाउने, दोस्रो प्रति इकाईमा राख्ने र तेस्रो प्रति सम्बन्धित विद्यालयमा फिर्ता पठाउने ।

(छ) शिक्षा विकास तथा समन्वय इकाईले मूल्यांकन समितिबाट प्राप्त प्राप्तांक विवरणहरुको सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयमा पठाउँदा विद्यालयको कोड अनुसार क्रमशः मिलाई जिल्ला भित्रका सबै विद्यालयहरुको विवरण तोकिएको समय भित्र एकमुष्ट रुपमा पठाउनुपर्नेछ ।

(ज) मूल्यांकन समितिले इकाईमा पेश गरेको विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न पाइने छैन ।

(झ) कुनै विद्यालय विद्यार्थी मूल्यांकनको प्राप्तांक अनलाइन/अफलाइनमा प्रविष्टी गर्न असमर्थ भएमा उक्त प्राप्तांक प्रविष्टी गर्न सहजिकरण गर्ने ।

(ञ) बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले पठाएको मूल्यांकन विवरण गोप्य राख्नुपर्नेछ ।

६ परीक्षा नियन्त्रण कार्यालयको काम, कर्तव्य र अधिकार : (१) परीक्षा नियन्त्रण कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) दफा ५ को उपदफा १ (छ) बमोजिम शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त प्रमाणित सक्कल विवरणसँग विद्युतीय माध्यमबाट पठाईएको विद्यालयगत विवरण रुजु गर्ने ।

(ख) उपदफा (क) बमोजिम यकिन भएको विवरण र परीक्षा नियन्त्रण कार्यालयमा रहेको परीक्षा आवेदन अभिलेखसँग मिले नमिलेको रुजु गर्ने ।

(ग) उपदफा (क) र (ख) बमोजिमको कार्य सम्पन्न भएपछि अनुसूची अनुसारको प्रमाणित विवरण बमोजिम सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डको पूर्णांक र प्राप्तांक रुजु गरी यकिन गर्ने ।

(घ) विद्यार्थीले प्राप्त गरेको प्राप्तांकलाई अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ (संशोधन सहित) बमोजिम रुपान्तरण गर्ने ।

(ङ) उपदफा (घ) बमोजिम रुपान्तरित विवरणलाई रुजु गर्ने ।

(च) उपदफा (ङ) बमोजिम रुजु भएको अन्तिम विवरण नतिजा प्रकाशनको लागि बोर्ड समक्ष सिफारिस गर्ने ।

(छ) बोर्डबाट नतिजा प्रकाशन भएपश्चात अभिलेख अद्यावधिक गरी ग्रेडशिट र प्रमाणपत्र उपलब्ध गराउने ।

परिच्छेद ३

विविध
७. बोर्डले प्रकाशन गरेको सूचना बमोजिमको समयावधि भित्र मूल्यांकन समिति र शिक्षा विकास तथा समन्वय इकाइले तोकिएको कार्य सम्पन्न गर्नुपर्नेछ ।

८. यो कार्यविधि बमोजिम कार्य सम्पादन गर्न स्थानीय तहको शिक्षा शाखाले आवश्यकता अनुसार सहजिकरण गर्न सक्नेछ ।

९. नतिजा प्रकाशनमा प्राविधिक कारणबाट कुनै त्रुटी भएमा वा नतिजा स्थगित भएमा वा नतिजा छुट भएमा सम्बन्धित  विद्यालयको सिफारिस सहित नतिजा प्रकाशन भएको मितिले पैँतिस दिन भित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन दिनुपर्नेछ । त्यसरी प्राप्त निवेदन संकलन गरी इकाईहरुले परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्नेछ र परीक्षा नियन्त्रण कार्यालयले अभिलेख अनुसार आवश्यक कारवाही गर्नुपर्नेछ ।

१० नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडबृद्धि परीक्षा सञ्चालन सम्बन्धी कार्य यस बर्ष हुने छैन ।

११ यस कार्यविधिको कार्यान्वयनमा कुनै बाधा अड्काउ आइपरेमा बोर्डले बाधा अड्काउ फुकाउन सक्नेछ ।

१२ यो कार्यविधि संशोधन गर्ने, खारेज गर्ने अधिकार बोर्डसँग रहनेछ ।

अनुसूची १
माध्यमिक शिक्षा पाठ्यक्रम, कक्षा ९–१०, २०७१, भाग १ मा भएको विद्यार्थी मूल्यांकन सम्बन्धी व्यवस्था

 निर्णयात्मक मूल्यांकन : माध्यमिक तहमा निम्नानुसार निर्णयात्मक मूल्यांकन गर्नुपर्नेछ ।
(अ) पहिलो त्रैमासिक परीक्षा : पहिलो त्रैमासिक अवधी भरमा पठन पाठन भएका विषय वस्तुबाट कूल पूर्णांकको १० प्रतिशत (सैद्धान्तिक र प्रयोगात्मक) अंकभारको परीक्षा सञ्चालन गर्नुपर्नेछ ।

(आ) दोस्रो त्रैमासिक परीक्षा : पहिलो र दोस्रो त्रैमासिक अवधी भरमा पठन पाठन भएका विषय वस्तुबाट कूल पूर्णांकको ३० प्रतिशत
(सैद्धान्तिक र प्रयोगात्मक) अंकभारको परीक्षा सञ्चालन गर्नुपर्नेछ ।

(इ) अन्तिम परीक्षा : शैक्षिक सत्रको अन्तसम्ममा पठन पाठनका लागि निर्धारित सम्पूर्ण विषय वस्तुबाट ६० प्रतिशत (सैद्धान्तिक र प्रयोगात्मक) अंकभारको परीक्षा सञ्चालनका लागि तिनै परीक्षाको कूल प्राप्तांक जोडेर विद्यार्थीको विषयगत ग्रेड निर्धारण गर्नुपर्नेछ ।

(ई) प्राविधिक तथा व्यवसायिक धारतर्फका विधागत विषयहरुमा सैद्धान्तिक तर्फ ४० प्रतशत र प्रयोगात्मक तर्फ ६० प्रतिशतमा मूल्यांकन हुनेछ ।

(उ) प्राविधिक तथा व्यावसायिक धारतर्फका विद्यार्थीका लागि ३० कार्यदिने (२४० घण्टा) कार्यगत तालिम (On the job training-OJT) कार्यगत तालिम सञ्चालन कार्यविधि २०७१ बमोजिम गर्नुपर्नेछ ।

कार्यविधिको दफा ३ (२) (क) बमोजिम विद्यार्थीको अन्तिम प्राप्तांक तय गर्ने तरिका (क) प्रयोगात्मक परीक्षा नहुने विषयहरुको लागि (अ) यदि कुनै विद्यालयले यस कार्यविधिको दफा ३ (२) (क) बमोजिमको प्रयोगात्मक परीक्षा नहुने विषय (जस्तै : गणित) विषयको अन्तिम परीक्षा ३० पूर्णांकमा लिएको रहेछ र उक्त परीक्षामा कुनै एक विद्यार्थीले २६ अंक प्राप्त गरेको रहेछ भने उसको अन्तिम मूल्यांकनको प्राप्तांक निम्न अनुसार गणना गर्ने :

 

प्रमुख समाचार

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...

पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक

पाठ्यक्रम विकास केन्द्रले कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि ‘पाठ्यवस्तु समायोजन ढाँचा २०७७’ सार्वजनिक गरेको छ । शिक्षा, विज्ञा ...

निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु

शिक्षाविज्ञको प्रश्न–संविधानमा निःशुल्क लेख्ने, सरकारचाहिँ शुल्क उठा भनेर निर्देशिका बनाउने ? पूर्व शिक्षामन्त्रीहरु र शिक्षाविद्हरुले वैकल्पिक ...