२०७७ साउन २७ गते / 11th Aug 2020, Tuesday
investment investment

प्याब्सन/एन प्याब्सनले शुल्क तिर्न गरेको अपील सिकाइ निर्देशिकाविपरितः शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरुको संगठनहरु प्याब्सन तथा एन प्याब्सनले अभिभावकलाई शुल्क तिर्न गरेको ताकेताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो कार्य सिकाइ सहजीकरण कार्यान्वयन निर्देशिका २०७७ विपरित भएको प्रष्ट्याएको छ ।


प्याब्सन/एन प्याब्सनले यही ७ असारमा संयुक्त अपील जारी गर्दै अभिभावकहरुलाई पुरानो वक्यौता र नयाँ शैक्षिक शत्रको शुल्क तिर्न ताकेता गरेका थिए । त्यसको भोलिपल्ट सोमबार प्रत्युत्तर दिँदै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्याब्सन तथा नेशनल प्याब्सनबाट २०७७ असार ७ गते जारी संयुक्त अपीलमा उल्लेखित विषयवस्तुहरुमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । अहिलेको विषम परिस्थितिमा निजी लगानीका विद्यालयहरुले भोग्नुपरेका समस्याहरुको विधिसम्मत निरुपणका लागि मन्त्रालयले सबै सरोकारवालाहरुसँग आवश्यक परामर्श तथा छलफल गर्दैछ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसारको सेवा र कार्यबाहेकका विद्यालय सम्बद्ध गतिविधिहरु स्थगित रहेको अवस्थामा नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको उल्लेखित आदेश तथा निर्णय एवं वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ विपरित हुने क्रियाकलापहरु सञ्चालन नगर्नु/नगराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइएको छ ।’


मन्त्रालयले गत वैशाख २२ गते विज्ञप्ति जारी गर्दै आवसीय होस्टल खर्चबाहेक नयाँ भर्ना, अनलाइन वा कुनै पनि पढाइ शीर्षकमा अर्काे सूचना नआउञ्जेल शुल्क नलिन निर्देशन दिएको थियो । तर, प्याब्सन/एन प्याब्सनले सो निर्देशनविपरित ७ असारमा संयुक्त विज्ञप्ति जारी गर्दै अभिभावकहरुलाई शुल्क तिर्न अपील गरेका थिए ।

प्रमुख समाचार

 लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन

‘सूर्य गुराँसे रङ्गमा पोतिएर आफ्ना कोमल स्पर्शहरु छर्न आतुर थियो र पहाडका अन्तराकुन्तराबाट चिहाइरहेको थियो । चराचुरुङ्गीहरु चाचा र चुचु गर्दै रम ...

‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’ ‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारी भइरहँदा स्थानीय तहको भूमिकालाई वेवास्ता गरिएको भन्दै जनप ...

२०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै २०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउँदो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले य ...