२०७८ मंसिर ११ गते / 27th Nov 2021, Saturday
investment investment

कोरोनाको कहर

कोरोना भाइरस (कोभिड–१९) को महामारीले यतिबेला विश्वका सबै मानव जीवनलाई जोखिममा पारिरहेको छ । कोरोनाको संक्रमणमा परिने त्रासदीमा विश्व गुज्रिरहेका बेला नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले सचेत गराइसकेको छ । भलै नेपालमा यसबाट संक्रमित व्यक्तिहरु रहेको पुष्टि भइसकेको छैन । यस्तो जोखिका बेला हाम्रा विद्यालय तथा उच्च शिक्षालयहरु सञ्चालन भइरहेका छन् तर निर्धक्क भने छैनन् । एउटा व्यक्तिबाट अर्काेमा संक्रमित हुने यो महामारी केहीगरी लाखौं बालबालिका पढ्ने हाम्रा विद्यालयहरुमा संक्रमण भयो भने कति भयावह होला ? आँकलनभन्दा टाढाको अवस्था ब्यहोर्नुपर्ने दिन आउन सक्छ ।


कोरोना भाइरस कसरी कुन अवस्थामा सर्न सक्छ भनेर अहिले राष्ट्रिय आमासञ्चारका माध्यमदेखि सामाजिक सञ्जालसम्म सचेत गराइएका छन् । यद्यपि, यतिले पुग्ने देखिँदैन । देशभर इन्टरनेटको पहुँच छैन । त्यसो त, राष्ट्रिय मिडियाहरुको पहुँच पुग्न नसकेका ठाउँमा पनि विद्यालय छन् । सरकारले नै भिडहरुमा नजान, कार्यक्रम नगर्न अनुरोध गरिसकेको स्थिति हो । तर, हजारौं जम्मा हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) यही चैत ६ बाट शुरु हुँदैछ । विद्यालयहरुमा धमाधम अरु कक्षाका परीक्षा पनि चलिरहेका छन् । यो अवस्थामा संक्रमण बाजा बजाउँदै हुने पनि होइन । यूरोप तथा पूर्वी एशियामा सबै विद्यालयहरु बन्द गरिएको अवस्था छ । यद्यपि, हामीकहाँ यो सावधानी अपनाइएको छैन । यसैले ठूलै क्षति पर्खिएको पो हो कि भन्ने भान परिरहेको छ ।


अब गुनासो गरेर मात्र हुँदैन । यस्तो जोखिममा सबैभन्दा पहिलो प्राथमिकता हो जोगिनु । यसमा जति सरकार चनाखो हुनुपर्ने हुन्छ, त्यत्ति नै सचेत अभिभावक, विद्यार्थी स्वयं र विद्यालय सञ्चालक पनि हुनै पर्छ । विद्यालयमा सामान्य जाँच गर्ने व्यवस्था गरिएको देखिन्न । मास्कसम्म लगाइएको पनि पाइँदैन्न । यो डरलाग्दो हेलचेक्राइ हो । परीक्षा र पढाइ दोस्रो प्राथमिकता हुन् । आवश्यक पर्दा विद्यालयहरु एकैपटक बन्द गर्न/गराउन सरकार तयार हुनु पर्छ । विद्यालय सञ्चालक र अभिभावकले पनि यसमा साथ दिनु पर्छ । त्यसो त, संघीय संसदमा समेत सांसदहरुले विद्यालय बन्द गराउन सार्वजनिक महत्वको विषयका रुपमा माग गरेका छन् । बेलैमा सचेत हौऔं ! महामारी आउनुभन्दा अघि नै यसबाट बच्न सबैले हातेमालो गरौं । निर्णय अप्रिय नै हुनसक्ला, ज्यानलाई जोखिमबाट बचाउन त्यो महत्वपूर्ण हुन सक्छ ।

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...