२०७८ साउन २२ गते / 6th Aug 2021, Friday
investment investment

सय वर्षे काजी नेपाल हजुरबाको गुनासो–पाठशाला किन मासेको ?

  • शिक्षा संवाददाता/सिन्धुकोट (सिन्धुपाल्चोक)
  • २०७६ मंसिर २ गते
  • 2608
  • फिचर

उहाँ देशकै जेष्ठ नागरिकमध्ये एक हुनुहुन्छ । गत कात्तिक ९ गतेबाट ठ्याक्कै उनान्सय पुगेर सय टेक्नुभयो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोट निवासी ओगनाथ नेपाल ‘काजी नेपाल’का नामले गाउँमा चिनिनुहुन्छ ।


शताब्दी टेकिएको यो उमेरमा उहाँ निकै नै खुशी देखिनुहुन्छ । नित्य नुहाउँनुहुन्छ, खाना अरूचि पटक्कै छैन । निद्रा मजाले लाग्छ भन्नुहुन्छ । कान थोरै सुनेपनि आँखाले राम्ररी ठम्याउँछ । तर पनि एउटा चिन्ता र रोष उहाँ प्रकट गरिरहनुहुन्छ । त्यो के भने वि.सं. २००६ सालमा खोलिएको गाउँको भाषा पाठशालालाई विद्यालयमा रुपान्तरण गर्नु । गाउँको माझ घर्तिको चौरमा रहेको त्यो पाठशालालाई पछि तल टारमा ‘स्कूल’का रूपमा सारियो । भाषा पाठशाला छँदा संस्कृतका कौमुदी पढाइन्थे । चण्डि, रुद्रि र वेदका ऋचा घन्काइन्थे । उतिबेलाका पुस्तामध्ये धेरैले पाठशालाबाट दिक्षित हुने मौका पाएका थिए । गाउँका वयोवृद्ध हजुरबा काजी नेपाल भन्नुहुन्छ, ‘तर तल सारिएपछि पाठशालाको अस्तित्व नै मेटाइदिए । हाम्रो आशा’नि मारिदिए । आखिर पाठशाला नमासिकनै पनि स्कूल चल्न सक्थ्यो होला नि !’ त्यसो त, पाठशाला स्थापना गर्दा आफू र गाउँका साथीहरुले कम्ताको दुःख नखेपेको उहाँको भनाइ छ । उहाँका सम्झनाका ढोकाहरू एकपछि अर्को खुल्न थाल्छन्, ‘घर्तिको चौरमा रहेको पाठशाला छाउन ऐंसेलुखर्कदेखि तीनपल्टसम्म ढुङ्गा बोकेको काँध र ढाड यही हो ।’


उहाँले हुलाकमा हल्कारा भएर सेवा गर्नुभएको थियो । उसबेला अहिलेको जस्तो पढ्ने जमाना भइदिएको भए आफू पनि माथिल्लै ओहोदामा पुग्न सकिन्थ्यो होला भन्नुहुन्छ । तर, पटक्कै बेखुशी छैन उहाँमा सय वर्षे जिन्दगीप्रति । नेपाल रमाइलो स्मरण सुनाउन थाल्नुहुन्छ । भन्नुहुन्छ, ‘बाबु ! गाउँको तिरो उठाउँदा टक्सार बोक्ने छुट्टै भरिया हुन्थे । मैले भरियालाई बोकाएर हल्काराको काम गर्या थिएँ ।’


काजी नेपाल हजुरबा एकैसाथ १०–१२ वटा गाईवस्तुका बथान चराउनेमा चर्चित हुनुहुन्थ्यो । ’बाबु ! एउटा गोरू भिरबाट खसेर ठहरै भयो । मलाई साह्रै पीर पर्यो, त्यसपछि गोठालो लाग्नै छोडिदिएँ ।’


यति भनेपछि उहाँले कुराको बिट मार्नुभयो, ‘अहिलेका पुस्ताले पढोस् । ज्ञानगुनका कुरा गरोस् । मेरो आशिष छ–भगवान् नारायणले रक्षा गरुन् !’

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...