२०७८ मंसिर ११ गते / 27th Nov 2021, Saturday
investment investment

पश्चगामी हुनबाट जोगियोस् शिक्षक महासंघ

नेपाल शिक्षक महासंघले २३ बुँदे घोषणा जारी गर्दै भर्खरै आफ्नो प्रथम राष्ट्रिय परिषद् सम्पन्न गरेको छ । प्रमुख शिक्षक संगठन घटकबीच विवाद र असहमतिबीच घम्साघम्सी चलेपनि अन्ततः सहमतिमै टुंगिएको महासंघको परिषद्ले गरेको निर्णयहरुले देशको राष्ट्रिय जीवनमा निश्चय पनि दूरगामी प्रभाव पार्छ नै । महासंघले शिक्षकहरुको पेशागत आवाज र हकहितका निम्ति पैरवी गर्नु स्वाभाविकै हो । तर, केही अस्वाभाविक माग गर्नुचाहिँ चिन्ताको विषय भएको छ । जस्तै, शिक्षकको सेवा अवधि ६० बाट बढाएर ६३ वर्षको हुनुपर्ने माग गर्नु त्यो अस्वाभाविक मात्र होइन कि अग्रगामी नभई निकै पश्चगामी लाग्छ । प्रचलित कानूनअनुसार ६० वर्ष भएपछि सरकारी सेवाबाट व्यक्तिले अवकाश पाउँछ । अझ, शिक्षण पेशामा जति उमेर बढ्दै जान्छ, व्यक्ति शिक्षण सिकाइमा थकित बन्दै जान्छ र ऊ अद्यावधिक पनि हुन सक्दैन । अन्तर्राष्ट्रिय असल अभ्यासमा त ४५ कटेका शिक्षकहरु क्रमशः गोल्डेन ह्याण्डसेक हुने प्रचलन छ । यहाँ त जागिरलाई लम्ब्याउने माग शुरु भएको छ जुन पेशागत आवाजका दृष्टिले पनि जायज मान्न सकिँदैन ।


शिक्षक महासंघ झण्डै तीन लाख शिक्षकहरुको प्रतिनिधि संस्था भएको दाबी गरिरहन्छ । यति ठूलो संगठनले यो खालको मागमा जिकिर गर्ने हो भने के गुणस्तरीय पढाइलाई सिकाइमा बदल्न उमेर ढल्किएका हजुरबा/हजुरआमाहरुकै भर पर्नुपर्ने हो ? के त्यो अबका दिनमा सम्भव होला र ? बरु, ४५ वर्षबाटै अद्यावधिक हुन नसक्ने शिक्षकलाई स्वैच्छिक अवकाशका लागि प्रेरणा दिनु त कता–कता महासंघ सेवा अवधि बढा भन्दैछ । ४५ वर्षे अद्यावधिक नियम ल्याउन सक्ने हो भने त युवाले अवसर पाउने थिए । र, नयाँ युगअनुसारको शिक्षण सिकाइमा उनीहरु सक्रिय हुनेथिए । बालबालिकाको सिकाइ र उपलब्धिलाई शिक्षक महासंघले अब पनि केन्द्रमा नराख्ने हो भने शिक्षकहरु केवल आफ्नै पेशाका निम्ति बोलिरहन्छन् भन्ने आरोप सत्यमै बदलिन सक्छ ।


अतः ६३ वर्षे पश्चगामी प्रावधानका लागि महासंघ दौडनु किमार्थ उचित हुन्न । नेपालीको औषत आयुका कारणले मात्र होइन, विश्व मापनमा पनि ६० वर्षे सेवा अवधि एउटा साझा मापदण्ड बन्दै आएको छ । त्यसो त, नेपालीको औषत आयु बढेको परिप्रेक्ष्यमा शिक्षकको सेवा अवधि बढाउनु पर्छ पनि भनिएला, त्यो कदापि तर्क र न्यायसंगत हुँदैन । यसले त बालबालिकाका शैक्षिक भविष्य थप जोखिमपूर्ण हुनेछ । झन् पश्चगामी हुनेछ । त्यसैले, महासंघका शिक्षक नेताहरुले बेलैमा पश्चगामी हुनबाट आफूलाई जोगाउनु जरुरी छ ।

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...