२०७८ मंसिर ११ गते / 27th Nov 2021, Saturday
investment investment

उल्लासमय बनोस् दशैं


नेपालीको महान् चाड दशैं घर–आँगनमै आइपुगेको छ । उत्साह र उमंगले भरिएको दशैं शुरु भएपनि शिक्षाका समस्यारुपी दशाचाहिँ  सकिन बाँकी छ । शिक्षक–कर्मचारीहरुको राजधानी केन्द्रित आन्दोलनले स्थायी निकास पाउन सकेको छैन, केवल सम्झौताको चाङमा अर्काे चाङ थपिएको छ । शिक्षाका कर्मचारीहरुले दशैंको मुखमा समेत तलब–सुविधाबिहीन हुनु परिरहेको छ । भूकम्प प्रभावित विद्यालयका बालबालिका अझै छाप्रामै पठनपाठन गर्न बाध्य छन् । शिक्षा मन्त्रालयले हरित विद्यालय बनाउने योजना अघि सारेको छ तर विद्यालयहरुमा बालबालिका खेल्ने मैदान मासेर सपिङ मललाई जग्गा करार गर्ने प्रतिस्पर्धा छ । सिकाइ उपलब्धि यो वर्ष पनि बढ्न सकेन । शिक्षाका निकायहरु संघीय संरचनाअनुरुप पुनर्संरचना गरिएपनि कर्मचारीहरुको व्यवस्थापन बेवारिस भइरहेको छ । दर्जनौं उपसचिवहरु शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा काम नपाएर हाजिर मात्र गरी घर फर्किन बाध्य छन् । विगत जस्तै २ वर्षभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने सरकारको योजना छ तर अझै झण्डै आधा जिल्ला निरक्षर छन् । स्थानीय तहमा विद्यालय शिक्षाको जिम्मेवारी पुगेपनि व्यवस्थापनमा अन्योल र भद्रगोल बाँकी नै छ ।


विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षकका मागहरु पूरा हुन नसकेको भन्दै एउटै छाता संगठनको रुपमा शिक्षक महासंघको गठन गरिएको थियो । शिक्षक महासंघको गठनताका त्यसमा १८ भन्दा बढी शिक्षक–कर्मचारीका विभिन्न संघ–संगठनहरु आबद्ध/सम्बद्ध थिए । शिक्षकको टुक्रे आन्दोलन सकिएर महासंघमार्फत् एकीकृत साझा मुद्दा अगाडि ल्याइनेमा आशा गरिएको थियो । तर, शिक्षक महासंघले सबै शिक्षक– कर्मचारीहरुलाई समेट्न नसक्दा वा महासंघलाई नटेरी छुट्टै आन्दोलन शुरु भए । राहत शिक्षकहरु छुट्टै आन्दोलनमा छन् । इसिडि शिक्षकहरुको पनि आन्दोलन जारी नै छ । अस्थायी शिक्षकहरुको पनि आफ्नो माग पूरा नभएको दाबी गर्दैछन् । कक्षा ११ र १२ मा पढाउने शिक्षकहरु पनि आन्दोलनमा नै छन् । भर्खरै शिक्षा मन्त्रालयसँगको वार्ता पछि राहत शिक्षक र विद्यालय कर्मचारीको आन्दोलन स्थगित भएको छ । निजी विद्यालयका शिक्षकहरु पनि आन्दोलनकै तयारीमा छन् । शिक्षा मन्त्रालय एक प्रकारले आन्दोलनको चौतर्फी घेरामा छ । शिक्षा मन्त्रालयले तयार पारेका विभिन्न योजना, कार्यक्रम र निर्देशिकाहरु दराजमै थन्किएका छन् । संघीय शिक्षा ऐनको मस्यौदा मस्यौदामै सिमित छ ।


तर, आशाका कुरा पनि छन् । वर्षौंदेखि हुन नसकेको अस्थायी शिक्षकको परीक्षा भएर नतिजाको चरणमा छ । २०५७ सालदेखि हुननसकेको शिक्षक दरबन्दी पुनर्वितरणको काम कार्यदलको प्रतिवेदनसँगै अब कार्यान्वयनको चरणमा छ । भर्ना र साक्षरता अभियानलाई नयाँ ढंगमा विकास गर्ने तयारी भएको छ । शिक्षाका निकायहरु संघीय संरचनामा व्यवस्थापन भएका छन् । शिक्षाका कर्मचारीहरु स्थानीय तहमा पुग्न थालेका छन् । एसइइ, एसएलसीको नतिजा समय अगावै प्रकाशित भएका छन् । खुला विज्ञापनको शिक्षक परीक्षा सम्पन्न भइसकेका छन् । भर्ना अभियानमा ऐतिहासिक सफलता मिलेको छ । कक्षा ५ सम्मका पाठ्यपुस्तक रंगीन बनेका छन् । पाठ्यपुस्तक समयमा नै विद्यार्थीको हातमा पुग्न शुरु भएको छ । विद्यालयस्तरबाटै प्राविधिक शिक्षामा बिस्तार भएको छ । निःशुल्क तथा अनिवार्य शिक्षा ऐन जारी भएको छ । भूकम्प प्रभावित विद्यालयहरुलाई धमाधम पक्की भवन वितरण गर्न शुरु गरिएको छ । यी विभिन्न सकारात्मक सुधारका लक्षणहरुले आशा जगाउने काम गरेका छन् । यी सकारात्मक सुधारकै मेसोमा यसपालिको दशैं सबै शिक्षाकर्मीहरुका लागि उल्लासमय बन्ने कामना गर्न सकिन्छ ।  सकारात्मक सोचाई राखेर अघि बढौं, सबैमा यही शुभकामना !

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...