२०७७ असोज ३ गते / 19th Sep 2020, Saturday
investment investment

विज्ञताको ‘अदृश्य दृश्यहरु’ सार्वजनिक


काठमाडौं– बाल साहित्यकार विज्ञता कार्कीको ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रह सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही २६ साउनमा प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य समारोहबीच पुस्तक सार्वजनिक गर्नुभएको हो ।


एम्बिसन एकेडेमी पुरानो बानेश्वरमा कक्षा ११ मा अध्ययनरत कार्कीले १७ वर्षकै उमेरमा निबन्ध संग्रह सार्वजनिक गर्नुभएको हो । साहित्यिक परिवार नेपालकी संस्थापक अध्यक्षसमेत रहनुभएकी कार्कीको यसअघि चित्रभित्र लुकेका शब्द (२०६९), यात्री सिंह (यात्रा उपन्यास २०७०), विज्ञताज् स्टोरिज् (२०७४) कृति एवं दुई दर्जन बढी पुस्तकमा आवरण चित्र प्रकाशित छन् ।


पुस्तक सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले विज्ञताले कम उमेरमै विलक्षण प्रतिभा प्रस्तुत गरेर नामलाई न्याय गरेकी बताउनुभयो । पुस्तक पढ्दा त्यसभित्र निकै गहकिला विचार र भावना पाएका भन्दै मन्त्री ज्ञवालीले विज्ञतालाई आगामी दिनमा अझै प्रगति गर्न शुभकामना दिनुभयो ।


अर्को प्रसंगमा मन्त्री ज्ञवालीले हामी आफ्ना सन्तान कसरी हुर्काइरहेका छौं त्यसमा गम्भीर हुनुपर्ने भन्दै राम्रो कलेजमा पढाएर मात्रै नहुने उनीहरुले कस्तो व्यवहार र शिक्षा सिकिरहेका छन् त्यसमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । होस्टेलमा प्रहरीले छापा मार्दा तास र गाजा भेटिएको प्रसङ्ग उप्काउँदै उहाँले सन्तानको व्यक्तित्व र नैतिक शिक्षा विकासमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।


साहित्कार अच्युत प्याकुरेलले छोरी विज्ञताको कृति हेरेपछि अब उनलाई बाल साहित्यकार भन्न नमिल्ने उनी प्रौढ साहित्यकार बनिसकेको धारणा व्यक्त गर्नुभयो । पन्ध्र वर्षकी हुँदा पन्ध्र विधाका पन्ध्र थान पुस्तक सिर्जना गर्ने विज्ञताका बुवाआमालाई धन्यवाद छ,’ प्याकुरेलले भन्नुभयो ।


रत्नराज्य क्याम्पस प्रदर्शनी मार्गकका सहायक क्याम्पस प्रमुख हरिप्रसाद सिलवालले विज्ञताले कम उमेरमै आफ्नो विज्ञता प्रस्तुत गर्दै बाल कलाकारबाट क्रमशः प्रौढ साहित्यकारको रुपमा आफूलाई स्थापित गर्दै लगेकी बताउनुभयो ।


समाजमा केही दृश्यहरु समाजले देखेर पनि नदेखे जस्तो गर्ने गरेकाले त्यसैले पुस्तकको नाम नै ‘अदृश्य दृश्यहरु’ राखिएको विज्ञताले बताउनुभयो । ‘मैले बाल कथा, बालकविता लेखेपनि आजसम्मको सबै अनुभव समेटेर निबन्ध संग्रह ल्याएको छु,’ उहाँले भन्नुभयो, ‘समाजले देखेर पनि नदेखे जस्तो गरेका निम्न वर्गका समस्या र आँशु संग्रहमा समेटिएका छन् ।’


दलहरुले समाजवादी नारा घन्काएपनि उनीहरुको जीवन र व्यवहार समाजवादी नभएको भन्दै बोली र गराइमा समानता ल्याउन कृतिमार्फत् आग्रह गरिएको समेत विज्ञताले बताउनुभयो ।


अंग्रेजी र नेपाली दुवैभाषामा रहेको निबन्ध संग्रहमा उहाँका अभिमान÷आचरण, क्रसससस, विघटनकारी विचलन, आँखाका सम्पर्कहरु, फ्रेनिमी, चियोचर्चा, खुशी, हतारको लतार, आत्मीय दिक्दारी, आक्रमक र रक्षात्मक, अव्यवस्थित सम्बन्धहरु, लगाब, स्टारडम, त्रिपक्षीय तनाब, असामाजिक समाजसेवी, अनाश्यक निर्णय किन ?, लत गरी १८ निबन्धहरु संग्रहित छ ।


कार्यक्रममा तरेली सम्मान, मर्सि सिर्जना र बाश्री पुरस्कार समेत वितरण गरिएको थियो । बाश्री पुरस्कार स्व. दाहाल यज्ञनिधि, मर्सि पुरस्कार रोजी डंगोललाई तरेली सम्मान अच्युत प्याकुरेललाई प्रदान गरिएको थियो ।

प्रमुख समाचार

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...

पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक

पाठ्यक्रम विकास केन्द्रले कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि ‘पाठ्यवस्तु समायोजन ढाँचा २०७७’ सार्वजनिक गरेको छ । शिक्षा, विज्ञा ...

निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु

शिक्षाविज्ञको प्रश्न–संविधानमा निःशुल्क लेख्ने, सरकारचाहिँ शुल्क उठा भनेर निर्देशिका बनाउने ? पूर्व शिक्षामन्त्रीहरु र शिक्षाविद्हरुले वैकल्पिक ...