२०७८ मंसिर ११ गते / 27th Nov 2021, Saturday
investment investment

विज्ञापन, विद्यार्थी र विद्यालय


कक्षा १० को अन्तिम परीक्षा (एसइइ)को नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरु कक्षा ११ र १२ मा के पढ्ने होला भनेर राम्रो विषय र विद्यालय छान्न व्यस्त छन् । कक्षा ११ र १२ विद्यालय शिक्षाको अन्तिम तह मात्रै होइन, पूर्वविश्वविद्यालय तह पनि हो । विश्वविद्यालय तहमा जानका लागि तयारी कक्षा ११ र १२ बाटै हुनु पर्छ । भविष्यमा के बन्ने भन्ने बाटो कक्षा ११ र १२ मा रोज्ने विषयले निर्धारण गर्ने भएकाले विद्यार्थीहरु राम्रा विद्यालय र विषय छान्न व्यस्त देखिन्छन् । कक्षा ११ र १२ उच्च शिक्षाको द्वार मात्रै होइन, भविष्य निर्माणको द्वार पनि हो । त्यसैले विश्वविद्यालय प्रवेश गर्नुअघि त्यसको सुनौलो द्वार मानिने कक्षा ११ र १२ मा कुन विषय पढ्ने, भविष्यमा के बन्ने भन्ने निर्णय गर्न विद्यार्थीहरु दौडधुपमा रहनु स्वाभाविक हो । कति विद्यार्थी कक्षा ११ र १२ मा भर्नाका लागि प्रवेश परीक्षा दिने तयारीमा समेत जुटेका छन् । एसइइ पछि कक्षा ११ र १२ मा भर्ना हुनका लागि कुन क्षेत्रको विषय रोज्ने भन्नेमा विद्यार्थीको आफ्नो रुचि, एसइइ परीक्षामा ल्याएको ग्रेड, घरको आर्थिक अवस्था र परिस्थितिमा निर्भर हुने गर्दछ । अहिले गरिएको सहि निर्णयले भविष्यको बाटो खुल्दछ ।


आजका विद्यार्थीले जे पढ्छन् भोलि त्यहि बन्छन् । देखासिकीमा छनौट गरिएका विषयले न राम्रो शैक्षिक सफलता दिन्छ न त भविष्यमा त्यो कामै लाग्छ । त्यसैले कक्षा ११ र १२ को विषय र विद्यालय छनोट गर्दा धेरै विचार गर्न आवश्यक हुन्छ । हतार र लहैलहैमा छनोट गरिएको विद्यालय र विषयले भविष्यमा पछुताउनुपर्ने हुन सक्छ । भविष्यमा राम्रो अवसर पाउन विद्यार्थीहरु सोहि अनुसारको विषय छनौट गरी पढ्नुपर्ने हुन्छ । पहिले आफ्नो क्षमता के हो, भविष्यमा के बन्ने हो, पारिवारिक आर्थिक अवस्था के छ, भविष्यमा रोजगारीको अवस्था के छ सबैको निधो गरेर मात्रै विषय र विद्यालय छान्नु उपयुक्त हुन्छ । अधिकांशको विद्यार्थीको चाहना र लक्ष्य विज्ञान विषय पढेर भविष्यमा डाक्टर र इञ्जिनियर बन्ने हुनसक्छ । कतिपयको व्यवस्थापन संकाय पढेर भविष्यमा कुशल व्यवस्थापक बन्ने चाहना राखेका पनि हुनसक्छ । कसैलाई शिक्षा पढेर भविष्यमा शिक्षक बन्ने त कसैको प्राविधिक शिक्षा पढ्ने रुचि हुन सक्छ । रुचि र इच्छाले मात्रै हुँदैन, अभिभावकको आर्थिक अवस्थाको पनि ख्याल गर्नु पर्छ ।


कक्षा ११ मा विद्यालय छान्दा पहिले त्यसको शैक्षिक वातावरण हेर्न जरुरी हुन्छ । शैक्षिक सस्थाको वातावरण सबैभन्दा महत्वपूर्ण कुरा हो । शैक्षिक संस्थामा अध्ययन गर्ने कस्तो वातावरण छ ? शिक्षक कस्ता छन् र शिक्षण विधि कस्तो छ ? यी धेरै महत्वपूर्ण पक्ष हुन् । अभिभावकहरुले पनि आफू वा आफ्ना सन्तानको शिक्षालाई समाजमा फूर्ति देखाउने, पैसाको तुजुक देखाउने कुरामा उपयोग गर्नु हुँदैन । आकर्षक विज्ञापनको लहैलहैमा लागेर वा अग्ला र ठूला घर मात्र हेरेर हतारमा विद्यालय छान्दा फुसर्दमा पछुताउनु पर्ने हुन्छ । ठूला–ठूला विज्ञापन, तडक भडक हेरेरभन्दा पनि त्यहाँको शैक्षिक वातावरण हेरेर नै विद्यालय छान्नु वेश हुन्छ । विज्ञापनका आधारमा मात्रै विद्यालय छान्दा झुक्किएला, विषयअनुसारका विद्यालय, पढाइ अनुसारका पाठशाला ! अनि मात्र वर्तमानको बुलन्द विद्यार्थी र भविष्यका भर बन्न सकिएला ।

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...