२०७७ असोज ३ गते / 19th Sep 2020, Saturday
investment investment

बालबालिकाको शिक्षामा के–के गर्न सक्छ स्थानीय सरकारले ?

 


(नेपालको संविधान २०७२ र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश २०७४ को व्यवस्था अनुकूल बनाइएको दस्ताबेज)

 


आ–आफ्ना क्षेत्रका राजनीतिक दलका घोषणापत्रहरुको विश्लेषण गरी बालबालिकाको शिक्षाबारे के कस्तो व्यवस्था छ भनी पहिल्याउन सक्छः


- विश्लेषक टोली बनाएर
- आपसी संवाद गरेर
- संवैधानिक प्रावधान र घोषणापत्रमा भएका कुराहरुबीचको अन्तर पहिल्याएर

भौगोलिक विकटतामा पनि अनिवार्य र निःशुल्क शिक्षा लागू गर्न सक्छ


- आवासीय स्कूल बनाएर
- घरमै जाने शिक्षकको जाने व्यवस्था गरेर (मंगोलियाको जस्तो)
- छुट्टिको दिनमा चल्ने स्कूल बनाएर (थाइलैण्डको जस्तो)
- बस्ती स्कूल चलाएर (थाइलैण्ड र लाओको जस्तो)
- औपचारिक र अनौपचारिक स्कूललाई समकक्षी बनाएर


अनिवार्य शिक्षा लागू गर्न सक्छ


- जर्वजस्ती गरेर (बिध भलायचअझभलत) – मनाङ÷नेपाल, अमेरिका, चीन
- अभिभावकलाई सहयोग गरेर – भारतका केही प्रान्त
- विद्यार्थीलाई छात्रवृत्ति दिएर – नेपाल
- शिक्षकलाई जिम्मेवार बनाएर – दक्षिण कोरिया
- स्थानीय सरकारलाई जिम्मेवार बनाएर – फ्रान्स
- विद्यार्थीलाई खाजा दिएर – जापान, डेनमार्क


शिक्षा निःशुल्क बनाउन सक्छ


-प्रगतिशील कर लगाएर – चाड, युगाण्डा
-अभिभावकलाई भाउचर दिएर – ब्राजिल
- अभिभावकलाई पनि रकम तिराएर – चीन
- विपन्न बालबालिकालाई सघाउने परियोजना कार्य संचालन गरेर – अमेरिका
- स्थानीय व्यक्तिको सहकार्यमा सामुदायिक शुल्कको प्रबन्ध गरेर – साँगाचोक, सिन्धुपाल्चोक नेपाल


निजी, सरकारी, गुठी, र धार्मिक स्कूलहरुको नक्सांकन गरी जोनिंग गर्ने, विस्तार गर्ने, मिलान गर्ने, बन्द गर्ने, तथा अन्य काममा प्रयोग गर्ने व्यबस्था मिलाउन सक्छ


-स्कूल संस्थापक, संचालक, शिक्षक, व्यवस्थापन समिति, अभिभावक, र विद्यार्थीको समितिलाई सो कार्यमा लगाएर
- सो समितिको प्रतिवेदनलाई गाउँँ वा नगरपालिकाको विधायिकाबाट आवश्यक फेरबदल गरी पारित गरेर
- आवश्यकता अनुसार निजी, सरकारी, गुठी, र धार्मिक स्कूलहरु मिलान गरेर
-सम्वन्धित जोनका बालबालिकालाई त्यही जोनमा मात्रै पढन पाउने व्यवस्था गरेर
-थोरै बालबालिका भएका क्षेत्रमा विस्तारित स्कूल चलाएर
- नचलेका स्कूलहरुलाई पुस्तकालय, संवाद केन्द्र, तालीम केन्द्र, म्युजियम, प्रौढ मिलन केन्द्र, भजन केन्द्र आदिको रुपमा परिणत गरेर


मातृभाषामा शिक्षा सुनिश्चित गर्न सक्छ


- एकलभाषी समुदायमा त्यही भाषी वा स्थानीय भाषा जान्ने शिक्षक नियुक्ति गरेर ।
- द्धीभाषी समूहमा एक अर्काको भाषा सिक्न विद्यार्थीलाई प्रोत्साहित गरेर; दुवै भाषामा पढ्ने व्यवस्था गरेर ।


-बहुभाषी समुदायमा – एक अर्काको भाषा सिक्न प्रोत्साहित गरेर – मातृभाषाबाट क्रमशः स्थानान्तरण गरेर (क्यानडा) – भाषिक कुनामा संवाद गराएर – लिप्यान्तर गरेर, बाँके, नेपालगंजको मुस्लिम समुदायको तालिमी रहेनुमा र जदीद उर्दू तालिम जस्ता पुस्तक प्रकाशित गरेर, – त्रिभाषी नीति लागू गरेर (स्थानीय, प्रान्तीय र राष्ट्रिय भाषाको नीति (भारत) – राष्ट्रिय भाषामै सिक्नुपर्छ भन्ने नियम लगाएर (थाइलैण्ड, चीन) – बहुभाषी बालबालिकालाई उनीहरुको भाषाबाट क्रमशः मूलधारको भाषामा ल्याउने प्रबन्ध गरेर (आप्रवासी अमेरिकन)


गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सक्छ


- शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, गाउं वा नगरपलिकाको प्रतिनिधि भेलाले गुणस्तरको स्थानीय परिभाषा बनाउन सक्छ
- पारिभाषित गुणस्तर कायम गर्न शिक्षक स्वयंलाई जिम्मेवार बनाएर (स्केण्डेनेभियन देश र न्यूजिल्याण्ड)
- शिक्षक, अभिभावक र विद्यार्थी तथा प्रशासक मिलेर अनुसन्धान एवं परियोजना बनाई लागू गरेर (अमेरिका)
- गाउँ/नगरपालिकातहमा शिक्षकहरुलाई सञ्जालित गरी उनीहरुकै नेतृत्वमा गुणस्तरको खाका कोर्ने, अनुगमन गर्ने, अर्को गाउँ/नगरपालिकासँग प्रतिस्पर्धा गर्ने, शिक्षक विद्यार्थी अनुपात मिलाउने, शिक्षक सरुवा गर्ने, सम्मान गर्ने, घटुवा गर्ने, दरवन्दी मिलाउने, स्कूल मिलान गर्ने, अस्थायी स्कूल खोल्ने र स्कूल जोनिङ गर्ने कार्यलाई व्यवस्थित गराएर


-शिक्षक महासंघ र यसका संरचनालाई परिचालन गरेर
- विद्यार्थीमार्फत् शिक्षकलाई नियन्त्रण र नियमन गरेर (बाग्लुङ, नेपाल)
-अभिभावकमार्फत शिक्षकलाई नियमन र नियन्त्रण गरेर (ताप्लेजुङ, नेपाल)
- गाउँ/नगरपालिकामार्फत शिक्षकलाई नियन्त्रण र नियमन गरेर
- गाउं वा नगरपालिकाभरी एउटै शिक्षक विद्यार्थी अनुपात सुनिश्चित गरेर


शिक्षक एवं कर्मचारीलाई तिनको कामका आधारमा वर्गीकरण गर्नसक्छ


-सम्मानित एवं पुरस्कृत गरेर
- विशेष तालीम दिएर
- नसियत दिनका लागि शिफारिस गरेर
- जगेडामा राख्नका लागि शिफारिस गरेर
- ्सरुवा वा निस्कासनको लागि शिफारिस गरेर 

पढाइलाई व्यवाहारिक बनाउन सक्छ
 -गाउँ/नगरपालिकाको तहमै सबै शिक्षकहरुलाई अभिमुखीकरण गरेर
- अभिमुखीकरण अनुसार काम भएनभएको अनुगमन गर्ने अभिभावकसहितको समिति बनाएर
- व्यावहारिक पढाइ गरिरहेका शिक्षकहरुको अनुभव साटफेर गरे गराएर
- विद्यार्थीलाई परियोजना कार्यमा लगाएर
- स्थानीय किसान, मजदूर, जागीरदार, उद्यमी, परंपरागत सीपका धनी दलित तथा जनजाति, उद्यमी, गृहस्थी आदिका अनुभवलाई दिनहुँ कक्षाकोठामा लान तिनलाई अतिथि शिक्षक बनाएर

- पढाइलाई कसरी व्यावहारिक बनाउन सकिन्छ भन्ने कुरामा स्थानीय संवाद संचालन गरी तदनुरुप काम गरेर

पढाइलाई वैज्ञानिक बनाउन सक्छ


- विद्यार्थीलाई प्रत्येक असरको कारण खोजाएर
- कारण र असरको सहसम्बन्ध देखाएर
- मिथकमा विज्ञान खोजाएर
- अदिभौतिक, आदिदैविक एवं अध्यात्मिक कुराबीचको सहसम्बन्धबारे भए गरेका अध्ययन अनुसन्धानहरुको निचोड सुनाएर
- अध्यात्म र विज्ञानबीचको अन्तरसम्बन्धबारे भए गरेका अध्ययनहरुको जानकारी दिएर
- विद्यार्थीका अनुभूतिबाट किताबमा लाने तरिकालाई संस्थागत गरेर । गर्न लगाएर
- नरम र कडा विज्ञानको समानता र भेदबारेको जानकारी आदानप्रदान गरेर
- सामाजिक विज्ञान नरम विज्ञान हो र अन्य विज्ञान कडा विज्ञान हो भन्ने सोचको विकास गरेर
- भात पकाउँदा विज्ञानका कुन कुन सिद्धान्त लागू भएका छन् भनी विज्ञान खोजाएर
- भूत, प्रेत, बोक्सी, धामी झाक्री, मन्त्र आदिमा के विज्ञान छ भनी पत्ता लगाउँन अभिप्रेरित गरेर

पढाइलाई उत्पादनमुखी बनाउन सक्छ


 -शिक्षकले विद्यार्थीलाई उत्पादनमा लगाएका हाम्रै देशका अनुभवहरुको जानकारी दिएर
 -हामी खान्छौं के ? यो खाद्य पदार्थलाई अझ मीठो, पोषिलो बनाउन के गर्न सक्छौं ? भन्ने ढँगको संवादी शिक्षण शैली अपनाएर
 -उत्पादक र विद्यार्थीबीच भेटघाट गराएर
- गुगलमा खोज गरी उत्पादन र शिक्षा जोड्ने कडी पहिल्याउँन लगाएर
 -प्रत्येक पाठलाई उत्पादनसँग कसरी जोड्न सकिन्छ भनी विद्याथी÷शिक्षकसँग छलफल गरेर
 -फेसबुक, भाइवर, यूट्यब, स्काइप, क्लोज सर्किट टेलिभिजन, सीडी, डिभिडी, रेडियो आदिको प्रयोगगरी सबैलाई सीप सिक्ने अवसर सुनिश्चित गरेर

जन्मदर्ता गर्न सक्छ


- अभिभावकले वडामा गई दर्ता गरेर
- वडाका अधिकारीले घरघरमा गएर दर्ता गर्ने व्यवस्था गरेर
- शिक्षकले नै दर्ता गर्ने प्रबन्ध गरेर


पोषिलो खाना सुनिश्चित गर्न सक्छ


- उपलब्ध खाद्य पदार्थलाई पोषिलो खाना बनाउने तरिका सिकाएर (शिक्षकमार्फत् स्थानीय सरकारको स्वास्थ्य अधिकारीमार्फत्, अभिभावक शिक्षा सञ्चालकमार्फत्)
- अपुग खाद्यपदार्थ किन्ने स्थानीय पसलको प्रबन्ध गरेर


बालश्रमको अन्त्य गर्न सक्छ


- बालश्रम, बालकामदार र वालकाममा सिकाइ हुने कुराको विभेदबारे जनतालाई सुसूचित गरेर
- अनिवार्य र निःशुल्क शिक्षा लागू गरेर
- काममै सिक्ने शैलीबारे अभिभावकलाई सचेत गराएर
- निकृष्ट बालश्रममा लगाउने वा लाग्न पठाउने अभिभावकलाई हतोत्साहित गरेर
- बाध्यतावस् बालश्रमिक बन्न पठाउने अभिभावकलाई सघाएर


(डा. कोइरालाले मुलुकका विभिन्न स्थानमा गई छलफल गरेर तयार पार्नुभएको सुझाब प्रतिवेदनबाट उपर्युक्त शिक्षासम्बन्धी बँुदा मात्रै यहाँ प्रस्तुत गरिएको हो । –सं.)

प्रमुख समाचार

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...

पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक

पाठ्यक्रम विकास केन्द्रले कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि ‘पाठ्यवस्तु समायोजन ढाँचा २०७७’ सार्वजनिक गरेको छ । शिक्षा, विज्ञा ...

निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु

शिक्षाविज्ञको प्रश्न–संविधानमा निःशुल्क लेख्ने, सरकारचाहिँ शुल्क उठा भनेर निर्देशिका बनाउने ? पूर्व शिक्षामन्त्रीहरु र शिक्षाविद्हरुले वैकल्पिक ...