भक्तपुर । कक्षा ११ को परीक्षा असार १ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले नयाँ मिति तय गरेको हो ।
स्थानीय निर्वाचनका पटक पटक सर्दै आएको परीक्षा अन्ततः असार १ देखि शुरु हुने भएको हो ।
बीचमा पर्ने दुईवटा शनिवार समेत परीक्षा सञ्चालन गर्ने गरी बोर्डले नयाँ परीक्षातालिकाको टुंगो लगाएको हो । बोर्डका अनुसार असार ३ र १० गते शनिबार भए पनि परीक्षा सञ्चालन हुनेछ ।
यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो ।
तर, जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले उक्त मिति परिवर्तन गरेर असार ८ गते तय गरिएको थियो । कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् ।
‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...
Comments