२०७८ कार्त्तिक ४ गते / 21st Oct 2021, Thursday
investment investment

शिक्षकको मासिक तलब यही वैशाखबाटै


काठमाडौं– चौमासिक रुपमा तलब पाइरहेका शिक्षकले यसै महिनादेखि अब मासिक रुपमै तलब पाउने भएका छन् । शिक्षा विभागले यही वैशाखदेखि शिक्षकलाई मासिक रुपमै तलब भुक्तानी गर्ने तयारी गरेको छ ।


शिक्षा मन्त्रालयले गत माघ ३ मै निर्णय गर्दै शिक्षकलाई मासिक रुपमै तलब भुक्तानीको व्यवस्था गर्न शिक्षा विभागलाई निर्देशन दिएको भएपनि कार्यान्वयन हुनसकेको थिएन । शिक्षा नियमावली २०५९ को नियम १०१ (१) मा शिक्षकले हरेक महिना तलब र भत्ता पाउने प्रावधान छ । तर, शिक्षा नियमावाली विपरित जिल्ला शिक्षा कार्यालयहरुले शिक्षकलाई चौमासिक रुपमा तलब दिँदै आएका छन् । शिक्षा कार्यालयले चौमासिकरुपमा निकासा गरेपछि विद्यालयहरुले पनि त्यही अनुसार हालसम्म तलब भुक्तानी गर्दै आएका थिए ।


गत साता शिक्षा विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विभागका आर्थिक प्रशासन शाखा प्रमुख भगवान उप्रेतीले आगामी बैशाखदेखि शिक्षकलाई मासिक रुपमै तलब भुक्तानी गरिने बताउनुभयो । त्यसका लागि आवश्यक सबै तयारी पूरा भएको समेत उहाँले जानकारी दिनुभयो ।


‘हामी चारै महिनाको तलब एकैपटक जिशिकामार्फत् विद्यालयमा पठाउँछौं । विद्यालयले महिनापिच्छे शिक्षकलाई तलब खुवाउँछ,’ उहाँले भन्नुभयो, ’हामी शुरुमै चौमासिक निकासा गर्छौं शिक्षकले मासिक बुझ्छन् ।’


पहिले शिक्षकहरुले असार १५ तिर माग फारम बुझाउने र सोही अनुसार बजेट निकासा गर्दा ढिलाइ हुँदै आएको उप्रेतीले जानकारी दिनुभयो । ‘हामी वैशाख १५ भित्रै शिक्षकलाई माग फारम भराउँछौं, त्यसको एक हप्तामा जिशिकामा चौमासिक बजेट पठाउँछौं, त्यसको एक हप्ताभित्र जिशिकाले चौमासिक रुपमै विद्यालयमा बजेट पठाउँछ र विद्यालयहरुले मासिक रुपमै शिक्षकलाई तलब निकासा गर्छ,’ उपनिर्देशक उप्रेतीले भन्नुभयो ।


अन्य निजामती कर्मचारीको मासिक तलब भुक्तानी हुने गरेपनि शिक्षकले तलब बुझ्न ४ महिनासम्म कुर्नुपर्दा शिक्षकहरुले कठिनाई झेल्दै आएका थिए । नेपाल शिक्षक महासंघले पनि लामो समयदेखि शिक्षा मन्त्रालय र विभागसँग शिक्षकलाई मासिक रुपमा तलब भुक्तानी गर्न दबाब दिँदै आएको थियो । तलब खुवानउने नयाँ व्यवस्थाबाट शिक्षकहरुको व्यवहारिक समस्या समाधान हुने र उनीहरु कामप्रति थप उत्प्रेरित हुने विभागका महानिर्देशक बाबुराम पौडेलले दाबी गर्नुभयो । ‘आखिर दिनैपर्ने पैसा हो । समयमै दिँदा सदुपयोग पनि हुने र अन्य कर्मचारीसरह एकरूपता पनि देखिने भएकोले निकासाको ढाँचा परिवर्तन गरिएको हो,’ पौडेलले भन्नुभयो ।


हाल सरकारबाट तलब बुझ्ने शिक्षकहरुको संख्या १ लाख ५२ हजार ६ सय ९ रहेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्वीकृत दरबन्दीमध्ये प्राथमिक तहमा ८० हजार जना, निम्न माध्यमिक तहमा १६ हजार २ सय ४ जना, माध्यमिक तहमा १२ हजार ७ सय १८ जना र उच्च माध्यमिक तहमा २ हजार रहेका छन् । त्यस्तै, राहत अनुदानतर्फ तलब बुझ्ने शिक्षकको संख्या राहत अनुदानतर्फ प्राविमा २२ हजार २ सय ११ जना, निमाविमा ९ हजार ६ सय ६० जना, माविमा ५ हजार ६ सय ४० जना र उमाविमा ४ हजार जना छन् ।

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...