२०७७ असार २२ गते / 6th Jul 2020, Monday
investment investment

एकीकृत पाठ्यक्रम प्रारुप यही सालबाट लागू हुँदै

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले विद्यालय शिक्षाको एकीकृत राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ लाई २०७६ बाटै कक्षा १ मा परीक्षण गरी लागू गर्ने भएको छ ।


केन्द्रका अनुसार यही २०७६ सालमा कक्षा १ का लागि एकीकृत पाठ्यक्रम प्रारुप परीक्षण गरिनेछ भने कक्षा २–३ मा २०७७ सालमा लागू गर्ने कार्यक्रम छ । त्यस्तै, कक्षा ६ का लागि २०७७ सालमै परीक्षणका साथ लागू गरिनेछ । कक्षा ११ र १२ मा भने यही २०७६ सालबाट लागू गर्ने कार्यक्रम छ । २०७७ सालभरिमा नयाँ पाठ्यक्रम नेपालका सबै विद्यालयमा पुगिसक्ने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।


एकीकृत पाठ्यक्रमका लागि चार तहमा विषयगत क्षेत्रहरु निर्धारण गरिएका छन् । चार विषयगत क्षेत्रमा नेपाली, अंग्रेजी, गणित र विज्ञान रहेका छन् । विज्ञानभित्र सामाजिक, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक अभिव्यक्तिशील कला समावेश छन् ।


विद्यालय शिक्षाको संरचनागत परिवर्तन भइसकेको छ । प्रारम्भिक बाल विकास (इसीडी) देखि १२ कक्षासम्म विद्यालय शिक्षाको एकलपथीय पाठ्यक्रम लागू गर्ने निर्णय सरकारले गरिसकेको अवस्थामा एकीकृत पाठ्यक्रम बनेको हो । यो अनुसार आधारभूत शिक्षा १ देखि ८ कक्षासम्मको हुने र माध्यमिक शिक्षा ९ देखि १२ कक्षासम्म सञ्चालनमा रहेको छ ।

प्रमुख समाचार

‘व्यावसायिक शिक्षा विकास गर्ने भए हाम्रै कौशलको खोई त प्याटेन्ट राइट्स ?’ ‘व्यावसायिक शिक्षा विकास गर्ने भए हाम्रै कौशलको खोई त प्याटेन्ट राइट्स ?’

व्यावासयिक शिक्षामा पहुँच बढाउन परम्परागत सीप–कौशललाई आधुनिकीकरण र बजारीकरण गर्नुपर्ने सुझाब हाम्रै मौलिक परम्परागत सीपलाई आधुनिकीकरण गर्दै व्यव ...

चैतको साटो वैशाखको मिनाहा गर्दै जेठ यताको  शुल्क लिने प्याब्सन/एन प्याब्सनको प्रस्ताव चैतको साटो वैशाखको मिनाहा गर्दै जेठ यताको शुल्क लिने प्याब्सन/एन प्याब्सनको प्रस्ताव

निजी विद्यालयहरुका संगठन प्याब्सन/एन प्याब्सनले चैतको सट्टा वैशाखको शुल्क मिनाहा गर्ने र जेठ यताको पढाइबाहेक अतिरिक्त शुल्क नलिने आफूहरुको प्रस्त ...

एसइइका लागि विद्यालयबाटै मूल्याङ्कन गरिने कार्यविधि यस्तो छ एसइइका लागि विद्यालयबाटै मूल्याङ्कन गरिने कार्यविधि यस्तो छ

राष्ट्रिय परीक्षा बोर्डले २०७६ को स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७ ...